वागीश्वरीधाम नरहरिनाथ आश्रममा पोखरेलको नेतृत्व

वागीश्वरी, चितवन ,२४ श्रावण । भरतपुर १ देवद्धार देवघाटधामा रहेको श्री बागीश्वरी आध्यात्मिक परिषद् योगीनरहरीनाथ आश्रमको अध्यक्षमा सामाजिक तथा धार्मिक व्याक्तित्व 
्अशोक पोखरेल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । परिषद्को हिजो शुक्रवार सम्पन्न ३० औ साधरणसभा तथा ८ औ अधिवेशनबाट उहाँ अध्यक्षमा चयन हुनुभएको हो । यसैगरि  प्रथम  उपाध्याक्षमा रामप्रसाद वस्ती ,  द्वितिय उपाध्याक्षमा शुकमायां भुजेल,महासचिवमा दुर्गाप्रसाद भण्डारी,सचिवमा  कृष्णबहादुर के.सी सहसचिवमा मित्रराज केसी,कोषाध्याक्षमा  रिना कोइराला, सह कोषाध्यक्षमा दुर्गादेवी अधिकारी र सदस्यहरुमा प्रेमकुमारी तामाङ, वद्री तिमिल्सिना, , दयामुर्ति पोखरेल, षडानन्द लामिछाने, महेन्द्र कार्की, कैलाश कोइराला, ज्ञानेन्द्रमान शाक्य, ऋषिकेश अर्याल,विनुपौडेल रायमाझी, सिर्जना अर्याल, गिता श्रेष्ठ पदमकुमार श्रेष्ठ, राजेन्द्र कुमार पिया र रुपा पिया निविरोध चयन हुनुभएको छ । 
अधिवेशनको उद्धाटन सत्र भरतपुर महानगरपालिका प्रमुख   रेनु दहालको  प्रमुख आतिथ्यतामा एवं  आश्रमका   अध्यक्ष शैलेन्द्र कुमार पिया अध्यक्षता सम्पन्न भएको थियो । उद्धाघटन समारोहमा वागमति प्रदेशका पूर्वमन्त्री  कृष्ण प्रसाद सिलवाल ,पूर्व मन्त्री केशव कुमार श्रेष्ठ , प्रमुख संरक्षक योगी श्रीषनाथ, संरक्षक  योगी वलभद्रनाथ लगायत महानुभावहरुले सुभकामना मन्त्वय दिनुभएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी दाहालले महानगरले पर्यटन प्रवद्धनमा लागि परेको बताउदुहुदै धार्मिक पर्यटन प्रवद्धनका लागि वागीश्वरी धामको संरक्षण जरुरी रहेको बताउनुभयो । सो अवसरमा उहाँले आश्रमको संरक्षण का लागि महानगरले सहयोग गरिरहेको र गर्ने भनाई राख्नुभयो । 
 उद्धाटन समारोहमा  गैडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी  राष्ट्रगुरु योगी नरहरिनाथको  सामाजिक रुपान्तरण योगदान रहेको  स्मरण गर्नुहुनै  यस्ता धार्मिक र आध्यात्मिक व्याक्तित्वको तपस्थलीमा  क्षेत्रमा राजनिति नगर्न सझाउनु भयो । नेपाली कांग्रेसका युवा नेता , धार्मिक व्याक्तित्व कैलाश कोइरालाले  पञ्चभाषा विश्वविद्यालयको स्थापनाले मात्र राष्ट्रगुरु प्रति सच्चा सम्मान हुने  सुझाव दिनुभयो सो अवसरमा उहाँले तथा राष्ट्रगुरु योगी नरहरिनाथ र विशेश्वर प्रसाद कोइरालालका विचमा फुट ल्याउने  व्यक्ति तथा विचार नेपाल राष्ट्रका लागि घाटक हुने   विचार व्यक्त गर्नु गर्नुभयो ।
 नेकपा माओवादी चितवनका नेता  सामाजिक तथा धार्मिक व्याक्तित्व  वद्रि प्रसाद तिमिसिनाले शुभ कामना मन्त्वय दिनुहुदै  आश्रममा संरक्षित  गौ, सञ्चालीत गुरुकुल , प्राकृतिक उपचार केन्द्र,लगायतको बारेमा ध्यान दिनुपर्ने भनाई राख्नुभयो । सो अवसरमा उहाँले  राष्ट्रगुरु योगी नरहरिनाथलाई जीवन्त राख्न  उहाँका अभियानको निरन्तरता  ,  पुस्तकहरुको अध्ययन एवम यस्ता महत्वपुर्ण स्थलहरुको संरक्षण लाग्नपर्ने बताउनु भयो । कार्यक्रममा भरतपुर २ का वडा अध्यक्ष मनोज रानाभाट,  आश्रमका संरक्षकहरु   योगी सल्याननाथ, योगी नागकन्या, संरक्षक  शान्तप्रसाद पोखरेल, वृहत आध्यात्मिक परिषद्का उपाध्यक्ष योगी व्याघ्रवेदनाथ , आश्रमका प्रतिनिधी योगी  निरञ्जननाथ लगायत चितवन तथा नवलपुरका धार्मिका तथा सामाजिक व्याक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण आश्रमका सदस्य समेत रहनुभएको शिद्धीदात्री दुर्गा मन्दिर पितौजी नवलपुरका मठाधिश योगी खेचरनाथले गर्नुभएको थियो । आश्रमका कानुनी सल्लाहकार समेत रहनुभएका अधिवेशनका प्रमुख  निर्वाचन अधिकृत  वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठले आश्रमका निर्वतमान अध्यक्ष शैलन्द्र कुमार पियालाई संरक्षक मण्डलहरुबाट स्थाई संरक्षकमा हिजो नै मनोनीत गरिएको जानकारी गराउनुभयो । वह्मलिन गुरु राष्ट्रगुरु योगी नरहरिनाथले स्थानीय जातका गौहरुको संरक्षण ,गुरुकुल शिक्षाको  निरन्तरता लगायत प्राकृतिक जीवन शैली अपनाउने अभियान जनजनमा पुर्याउन यस आश्रमको स्थापना गर्नुभएको थियो । यस आश्रममा हाल गौ संरक्षण केन्द्र , समावेशी गुरुकुल , प्राकृतिक उपचार केन्द्र ,धार्मिक वन लगायतकका प्रकल्पहरु रहेका छन् । 


प्रतिकृया दिनुहोस