पाथीभरा क्षेत्रमा हिमपात पदमार्गमा बिछ्याइयो फाइबर ट्रस

फुङ्लिङ । प्रसिद्ध पाथिभरा धार्मिक क्षेत्रमा हिमपात भएपछि पदमार्गमा फाइवर ट्रस लगाइएको छ । ट्रस लगाइए सगै पदमार्गमा हिड्न सहज भएको छ ।   धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको   हो । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो ।
हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो ।




प्रतिकृया दिनुहोस

साताको लोकपृय

मस्तिष्कलाई असर गर्ने खराब निद्रा वारे जानौ

कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइम...