आज राती उदाउदै शुक्र , सुतककाल पछि यस्ता कर्म गर्न सकिने
आज रातीबाट उदाउदै छन् ४८ दिसम्म अस्त भएको शुक्र ग्रह । गत मंसिर २७ गते शनिवार दिउसो १२ बजेर २५ मिनेटमा पुर्वदिशामा अस्ताएको शुक्रग्रह आज माघ महिनाको १५ गते राती १ बजेर २९ मिनेटमा पश्चिम दिशामा उदय हुदैछन् । शुक्र उदाइसकेपछि पनि तीन दिनसम्म शुतक काल रहने हुनाले माघ १८ गते सम्म भने काम्य कर्महरु गर्न नमिल्ने शास्त्रीय मान्यता रहेको छ ।
कसरी हुन्छ शुक्र अस्त ?
् वैदिक सनातन धर्म अनुसार प्रत्येक वर्ष शुक्र अस्त र बृहस्पति अस्त हुने गर्दछ ।
शुक्र ग्रह पूर्वमा अस्त भई पश्चिम दिशामा उदय हुने गर्दछ । शुक्र अस्त भएको वेला सूर्य र शुक्र एउटै राशिमा रहेका हुन्छन् वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई शुक्र अस्त भन्ने गरिन्छ । । रेवतीदेखि मृगशिरा नक्षत्रसम्म चन्द्रमा रहेको वेला पनि शुक्र अस्त हुने गर्दछ । यस्तो शुक्र अस्त को भने कुनै दोष लाग्दैन भनी शास्त्रमा बताइएको पाइन्छ । शुक्र अस्तको वेला गर्न नहुने कार्यहरु
यस्ता ग्रह अस्त भएको वेलामा शुक्र निर्वल हुने हुँदा काम्य कर्महरु जस्तै विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नु हुँदैन भनी शास्त्रले निर्देश गरेको छ । शुक्र अस्त भएको वेला कुवा सम्म पनि खन्न मिल्दैन । यसको साथसाथै वगैँचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, वधूप्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान (केशान्तककर्म), नवान्न भक्षण, प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका बाकका संस्कार, देवताको प्रतिष्ठा, दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह,मुण्डन, पहिलो पटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य हुन्छन् भनी मुहूर्त्तचिन्तामणिमा उल्लेख छ ।
निवार्चन पनि मुलककै शुभ कर्ममा पर्ने भएकोले यो वेला निवार्चन गर्न नमिल्ने ज्योतिषाचार्य कण्डेलले बताउनु भयो ।
यो बेला कस्ता कार्य गर्नु हुन्छ त ?
विशेषतः शुक्र ,वृहस्पती ग्रह अस्त प्रकृतिको नियमित चक्र हो । यस्तो बेला बेलामा भइरहन्छ ।यो वेलामा आफ्ना नित्य कर्म गर्न भने कुनै बाधा व्यवधान रहँदैन । यसैगरी नित्य कर्म अन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिंदै आएका व्रत उपासना पनि रोकिदैनन् ।
नैमित्तिक कर्म अन्तर्गत आइपर्ने नामाकरण, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोग शान्ति आदि कर्म गर्न सकिन्छ । शान्ति कर्मका निीम्त पनि छुट दिएको पाइन्छ ।
यसैगरी महिना तोकेर भनिएका कर्म गर्न पछि छुट दिइएको छ । यसैगरी शुक्र अस्तमा सीमन्तोन्नयन, जातकर्म, अन्न प्राशन कार्य पनि गर्नुहुन्छ दोष लाग्दैन भनी बताइएको छ ।
वैदिक सनातन सस्कृतिमा ज्योतीषशास्त्रको प्रमुख भुमिका रहेको हुन्छ । जुन ज्योतिष शास्त्रले व्याक्तिको मात्र नभई राष्ट्को बारेमा पनि उतीकै महत्व बोकेको पाईन्छ । राष्टहितका लागि हुने गरेका हरेक सुभकर्महरु पनि ज्योतिषीय गणनाका आधारमा गर्ने हो भने त्यसको परिणामा सकारात्मक आउने ज्योतिषाचार्यहरु को मत रहेको छ । घर ,समाज अन्तत मुलुकका सञ्चालकहरुले पनि सदियौ देखि मान्दै आइएका शास्त्रीय मान्यताहरुमा आधारित मान्यता मान्नु पर्ने विभिन्न घटनाक्रमले पनि देखाउछ पनि । वैदिक सनातन सभ्यता यस्ता मुल्य मान्यताहरु धेरै रहेका छन् , वैज्ञानिक आधारमा पनि यस्ता मान्यतहरु फगत मान्यता नभई प्रमाणका रुपमा पुस्तान्तरण हुदै आएका छन् ।









प्रतिकृया दिनुहोस