देवघाटधाममा कथा वाचन गर्दे देवी प्रतिभा

देवघाटधाम । प्रसिद्ध देवघाटधाममा सोमबार माघ १९ देखी शूरु भएको शतचण्डी महायज्ञ एवं देवघाट माघ–महोत्सव विश्वविख्यात महिला  भागवत  कथा बाचक देवी प्रतिभाले वाचन गरिरहनुभएको छ । कथा वाचनकै लागि देवी प्रतिभा दोश्रो पटक देवघाटधाम  आउनु भएको हो । उहाँ गत वर्ष देवघाटधाम मा नै  महा–महोत्सवमा कथा वाचन गर्न पहिलोपटक देवघाट आउनु भएको थियो । उहाँले यही  माघ २७ गतेसम्म कथा वाचन गर्नेुहुने भएको छ । 
देवघाट गाउँपालिका–५ टाउनचोकमा रहेको दुर्गा पान्चायन मन्दिर (राम राम मन्दीर) को आयोजना तथा भागवत बाचक आचार्य शीतल कृष्णको संकल्पमा उक्त देवघाट माघ–महोत्सव तथा शतचण्डी महायज्ञ गरिएको हो । उक्त धार्मिक महोत्सव माघ २९ गतेसम्म चल्नेछ । 
सो धार्मिक महोत्सवको सोमबार विशेष समारोहका बिच समुदघाटन गरिएको छ । उद्घाटन कार्यक्रममा गलेश्वर आश्रमका पिठाधिश एवं अनन्तश्री विभुषित महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराज, लोकप्रिय भागवत बाचक इश्वरकृष्ण महाराज , महायज्ञ संकल्पकर्ता  आचार्य शीतल कृष्णमहाराज, महोत्सवका संयोजक तथा दुर्गा पान्चायन मन्दिरका अध्यक्ष गोपिचन्द्र
भुषाल सगै धार्मिक अभियन्ताहरुले सूयुक्त रुपमा सो महायज्ञको समुद्धघाटन गर्नुभएको थियो । 
देवघाटमाधाम तनहुँ तर्फ रहेको ४० वर्ष अघि निर्माण गरिएको  दुर्गा पान्चायन मन्दिरको जिर्णाेद्वारा तथा आश्रम निर्माण गर्ने उद्देश्यले धार्मिक महोत्सव गर्न लागिएको महायज्ञका संकल्पकर्ता एवं भागवत बाचक आचार्य शीतलकृष्ण  जानकारी गराउनु भयो । दुर्गा पान्चायन मन्दिरको रुपमा चिनिने राम राम मन्दीरमा ४० वर्ष देखी अखण्ड रुपमा बलीरहेको अग्नीधुनीमा महायज्ञको अवसरमा आफ्नै घरबाट लगेको चरु हवन गर्न पाइने व्यवस्था गरिएको छ । । महायज्ञको क्रममा तनहुँ तर्फ मन्दिर रहेको स्थानमा १११ चण्डीपाठन तथा अग्नीधुनीमा चरु हवनको कार्यक्रम हुने र चितवन तर्फ नारायणी किनारमा निर्माण गरिएको विशाल पाण्डालमा नियमित कथा वाचन, भजन र नृत्यका कार्यक्रम तथा साँझमा गन्डकी आरती हुनेछ । 
देवघाटधामको प्रमुख मकर स्नान मेलालाई नै केन्द्रित गरि आयोजना गरिएको  माघ–महोत्सवमा देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरुको आउने क्रम दिनप्रतिदिन बढिरहेको महोत्सवका प्रचार प्रसार संयोजक कपिलदेव भुषालले बताउनु भयो । उहाँका अनुसार देवघाटमा आउुहुने श्रद्धालुहरुलाई मकर स्नान का साथै प्रवचन श्रवणमा पनि सहजता होस् भनेर वस्ने खाने लगायतको व्यवस्था पनि गरिएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

पूर्वी चितवनमा भजन तथा शंख वादन प्रतियोगीता हुदै

नेपालीहरुको पहिचान र गौरवको संस्कृति  लोक भजनको  संरक्षण गर्न राष्ट्रिय भजन तथा शखं वादन  प्रतियो...