भरतपुर । नारायणगढका होटल व्यवसायी गोविन्दप्रसाद तिवारीले आत्मकथा ‘सङ्घर्ष र सफलता’ नामक कृति प्रकाशनमा ल्याएका छन् । भेटघाट रेस्टुरेन्टले प्रकाशन गरेको आत्मकथाको शनिबार नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले लोकार्पण गरेका हुन् ।
कृति लोकार्पणपछि डा. कोइरालाले गोविन्दप्रसाद तिवारीको जीवनी अध्ययन गर्दा सङ्घर्षले मानिसलाई सफलताको शिखरमा पु¥याउँछ भन्ने प्रस्ट भएको बताए । ‘मानिसको जीवन भनेकै सङ्घर्ष हो, सफलता त त्यसपछिका कुरा हुन्’, उनले भने, ‘जुन कुरा गोविन्दजीको जीवनीले देखाएको छ ।’
सङ्घर्ष गर्ने मान्छे कुनै पनि हालतमा अवसर खोज्दै देशबाहिर जान पर्दैन भन्ने उदाहरण प्रस्तुत गरेको उनले बताए । सङ्घर्षैसङ्घर्षबाट समाजका लागिसमेत महŒवपूर्ण योगदान दिनसक्ने क्षमता बनाएको उनले बताए । ‘गोविन्दजीको योगदान समाज रुपान्तरणमा पनि उत्तिकै छ, व्यावसायिक सफलतामा मात्रै होइन’, उनले भने, ‘मैले संसद्मा प्रवेश गर्नका लागि पनि गोविन्दजीबाटै आर्थिक सहयोग पाएको थिएँ ।’
कृतिमाथि समीक्षा गर्दै नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले नेपालमा तास (खानेकुरा) बेचेरै आफ्ना सन्ततिलाई असल नागरिक बनाउन सफल भएको कुरा कृतिबाट प्रस्ट हुने बताए । तिवारी अभावमा पनि सङ्घर्ष गर्न सिक्नुपर्छ भन्ने भावनाका साथ स्वदेशमै नङ्ग्रा खियाएर सफलताको सिँढीमा उक्लिन सफल व्यक्तित्वको छवि बनाउन सफल भएको उनको भनाइ छ ।
तिवारीले तास बेचेरै छोराछोरीलाई इच्छा लागेजति अध्ययन गराएर समाजमा सन्तानकै नामबाट आफूलाई परिचित गराउन सफल भएको पोखरेलले बताए । ‘उहाँको परिचय आफैँमा बलियो छ । तर, पछिल्लो समय छोराछोरीको नामबाट पनि उहाँको परिचय थप फराकिलो भएको छ’, उनले भने ।
कृतिमाथि बोल्दै तिवारीका भान्जा शम्भुराम पाण्डेले कठिन परिस्थितिमा पनि कठोर सङ्घर्ष गरेर सत्कर्ममा लाग्दाको प्रतिफल मीठो भएको उदाहरण प्रस्तुत गरे । बाल्यकालदेखिको सङ्घर्षलाई आधार मानेर जीवनको महŒवपूर्ण समयमा थप सङ्घर्ष गर्दा सफलताको शिखरमा पुग्न सकिँदो रहेछ भन्ने उदाहरण समाजसामु छर्लङ्ग भएको उनले बताए । पाण्डेले कास्कीदेखि चितवन आउँदासम्मको पारिवारिक अवस्थाका बारेमा समेत बोलेका थिए । भेटघाट रेष्टुरेन्टले प्रकाशन गरेको पुस्तकको सम्पादन पत्रकारद्वय वीरेन्द्रमाणि पौडेल र सूर्यप्रकाश कँडेलले गरेका हुन् । दुई वटा खण्डमा विभाजन गरेर तयार पारिएको तिवारीको पुस्तक सङ्घर्ष र सफलताको मूल्य ५०१ रुपैयाँ राखिएको छ ।
प्रतिकृया दिनुहोस