म हिन्दु हुँ, हिन्दु हुँ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दु भएको हुँदा अन्य धर्मको पनि रक्षा गर्ने बताएका छन् ।
काठमाडौंमा भएको इतरसमूहकोराष्ट्रिय सम्मेलनमा  उनले भने, “साथीले लेखेर दिनुभएको छ । सनातन हिन्दुका बारेमा केही बोलिदिनुपर्‍यो भन्नुभएको छ । म हिन्दु हुँ । ब्रतबन्ध पनि हिन्दु संस्कार अनुसार भएको हो । बहिनीको बिहे पनि हिन्दु संस्कार अनुसार भएको हो, मैले बिहे पनि गुहेश्वरीमा हिन्दु धर्मअनुसार गरेको हुँ । नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने हुँ । म हिन्दु हुँ, हिन्दु, पशुपति जान्छु, पूजा गर्छु । म हिन्दु हुँ । बुद्धका प्रति माया छ । संसारले मानेको छ । वैज्ञानिक धर्म पनि भनेको छ ।”

देउवाले नेपाल धर्म निरपेक्ष मुलुक होस् भन्ने आफ्नो चाहना भए पनि जनताले जे भन्यो त्यही हुने बताए । नेता कार्यकर्ताले हिन्दु धर्मका बारेमा केही बोलिदिन आग्रह गरेकोले यति कुरा भनेको देउवाले प्रस्ट पारे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देउवा कांग्रेस हिन्दु राष्ट्रका पक्षमा उभियो

काठमाडौँ– केही दिनअघि हङकङबाट फर्केका नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूह हिन्दुरा...