देवघाट धाममा यसवर्ष पनि बोल ओम मेला

नेपालको प्रशिद्ध धार्मीक क्षेत्र देवघाट धाममा यसवर्ष पनि बोल ओम मेला लगाईएको छ । देवघाटावनको संरक्षण प्रतिष्ठान चितवनको आयोजनामा बिगत चार वर्ष देखि लगाउदै आएको बोल ओम महोत्सवको मंगलबार उद्धघाटन गरिएको छ । कार्यक्रममा पर्यटन मन्त्री रबिन्द्र अधिकारीले सो महोत्सवको उद्घाटन गर्नु भएको थियो । देवघाट क्षेत्र धार्मीक पर्यटनको सम्भावनाको क्षेत्र भएकोले यसको बिकास अपरिहार्य भएको बताउनु भयो । दुई प्रदेशसंग जोडीएको क्षेत्र भएकोले  केन्द्र सरकारले नै सहयोग गर्न पहल गर्ने बताउनु भयो । सकरात्मक सोच सबैले लिन सके बिकास निर्माण अभियान सmल हुने विास लिनु भएको छ । देवघाट जस्ता धामहरुले मानिसको वाह्य भए हटाउन सकिने भन्दै वाह्य भएबाट मानिसले प्रगती गर्न नसकिकने बिचार राख्नु भयो । कार्यक्रममा चितवन क्षेत्र नम्बर २ का सांसद कृष्ण भक्त पोख्रेल, प्रदेश सांसद बिजय शुवेदी, गीता वाग्ले, रीना गुरु, चैतन्य कृष्ण, पुर्व प्रहरी उपरिक्षक शम्भु उप्रेती देबघाट क्षेत्रबिकास समितिका अध्यक्ष टंकनाथ पौडेल लगाएतले बोल्नु भएको थियो । प्रतिष्ठानका अध्यक्ष देविराम घिमिरको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा सचिव बिष्णु पैडेलले कार्य प्रगती प्रतिबेदन पस्तुत गर्नु भएको थियो । मंगलबार श्रावण १ गते देखि शुरु भएको महोत्सवमा बिभिन्न कार्यक्रमहरु गरिने महासचिव मदन राज मीश्रले जानकारी दिनु भये । श्रावण २ देखि १२ गते सम्म शिव पुराण पण्डित बुद्धि सागर भण्डारीको प्रमुख वाचकत्वमा हुने भएको छ भने १३ गते देखि सर्वेश्वर सुवेदीको प्रमुख वाचकत्वमा लिंग पुराण लगाउने उपाध्यक्ष रीतु गीरीले जानकारी िदिनु भयो । उहाँका अनुसार २० गते देखि २९ गते सम्म श्रीमद भागवद् महायज्ञ पण्डित वालकृष्ण अर्यालको प्रमुख वाचकत्वमा हुने भएको हो । पतिष्ठानले ३० फिट अग्लो अष्ठधातुको शिवमुर्ती बनाउने लक्ष राखेको छ । जस अनुरुप २०७३ साल श्रावण १९ गते शिवमुर्ती निर्माण स्थलको शिलान्यास भईसकेको छ । देवघाट धामको चितवन तर्फ निर्मण गर्न लागीएको सो शिवमुर्तीको चारै तिर ७४, ७४फिटको पार्क निर्माण गरिने छ । साथै मुर्तीको ठीक तल शिवको जट्टा बाट बगेको जल ४ कुण्डमा संकन गरी उक्त जललाई ११ वडा बहुमुखी धाराबाट झारी स्नान ब्यवस्था गरिने छ । कार्यक्रममा आजीवन सदस्यहरु लाई प्रमुख अतिथि मन्त्री अधिकारीले ब्याच लगाईदिनु भएको थियो । 

प्रतिकृया दिनुहोस