सञ्चारकर्मी भण्डारीको तीज गीत सार्वजनिक

सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीतको एल्बम ‘अहिलेको तीजैमा, आँखा गयो नयाँ चिजैमा’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतको म्युजिक भिडियोमा सञ्चारकर्मीले भण्डारी अभिनयमा समेत भूमिका निर्वाह गरेकी छिन् । विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको उक्त गीत किरण क्रियशनले बजारमा ल्याएको हो ।

रामकुमार केसीको छायाङ्कन र राज महर्जनको कोरियोग्राफी रहेको उक्त गीतको म्यूजिक भिडियो सम्पादन तथा निर्देशन भने टेकेन्द्र शाहले गरेका हुन् । भण्डारी झण्डै डेढ दशकदेखि नेपाली टेलिभिजन पत्रकारितामा सक्रिय हुनुहुन्छ ।सञ्चारकर्मी भण्डारीले गत साल पनि तीज गीतको म्युजीक भिडीयो सार्वजनीक भएको थियो । सो म्युजीक भिडीयोमा उनको नै अभिनय रहेको थियो । तीज नेपाली महिलाहरुको महान् पर्व हो । यहि पर्वको अवसरमा महिलाहरुले जनैपुर्णिमा पछि तीज गीत गाउने प्रचलन रहेको थियो ,  केहि वर्ष देखि तीज गीत काएल्बम, म्युजीक भिडीयो प्रचलन बढेको पाइन्छ तीज नेपाली महिलाहरुको महान् पर्व हो । यहि पर्वको अवसरमा महिलाहरुले जनैपुर्णिमा पछि तीज गीत गाउने प्रचलन रहेको थियो ,  केहि वर्ष देखि तीज गीत काएल्बम, म्युजीक भिडीयो प्रचलन बढेको पाइन्छ  रासस

 

प्रतिकृया दिनुहोस