छैठौ दिनसम्ममा १ करोड ५२ लाख भन्दा बढी आर्थिक संकलन

भरतपुर महानगरपालिका–४ मा  अनुपम गोपाल गुरुकुलम् निर्माणका लागि सञ्चालित धनधान्याचल महायज्ञको छैठौं दिनसम्ममा १ करोड  ५३  लाख ३२ हजार ३ सय  भन्दा  बढी आर्थिक संकलन भएको छ ।

आज (शुक्रबार) ७ लाख २७ हजार आर्थिक संकलन भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष  जीवलाल गौतम ले जानकारी दिए । उनले बुधबार सम्म करिब १ करोड ४५ लाख ३२ हजार ३ सय ८८ रुपैंया आर्थिक संकलन भएको बताए ।

युवा पण्डित दिनबन्धु पाखरेलले कथा वाचन गरिरहेको महायज्ञमा हरेक दिन हजारौं भक्तजनकको भीड लाग्ने गरेको छ। गोपाल गुरुकुलम् कल्याण संस्था, अनाथ आश्रम, गौशाला, पाठशाला निर्माण गर्ने उदेश्यका साथ महायज्ञ संचालन गरिएको हो ।

महायज्ञमा हबन ७ वजेबाट ९ वजेसम्म पूजा एवं पाठ पारायण, त्यसैगरी ११ बजेबाट ४ वजेसम्म श्रीमद्भागवत कथा वाचन तथा धनधन्यांचल महापुराण वाचन हुनेछ भने प्रत्यक दिन बेलुका भजन किर्तन, झाँकी र दीप प्रज्वलन एवं राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजन किर्तन हुने गरेको छ ।

महायज्ञ अवधिभरी तुलादान, चौरासी पूजा, तथा परिक्रमा लक्ष्यवत्र्ति तथा महायज्ञमा रास्ट्र शान्तिको लागि हवन ग्रहशान्ति, पितृ मोक्ष संकल्प लगायतका कार्यहरु हुने गरेको संयोजक कासिराम गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस