विक्रम संवतको नयाँ वर्ष र यसको महत्त्व
विक्रम संवतको नयाँ वर्ष २०८३ को सन्दर्भमा उल्लास उमंग आमसर्वसाधारणमा जुन मात्रामा हुनुपर्ने हो त्यति नदेखिए पनि नेपालको पुरानो राजधानी भक्तपुरमा भने बिस्केट जात्रा (देवी र भैरवको रथयात्रा) को महान् उत्सव मनाइयो । चन्द्र र सूर्य अंकित राष्ट्रध्वजा रहेको सनातन राष्ट्र नेपालको अस्तित्व सत्य त्रेता द्वापर र कलि चारै युगमा रहेको कुरा हिमवत खण्डमा उल्लेख गरिएको छ । यसकारण चन्द्र र सूर्यको गतिमा आधारित भएर पञ्चांग गणना हुने विज्ञानसम्मत वर्ष गणना प्रणाली रहेको विक्रम संवत् हाम्रो मौलिक नेपाली संवत्को बारेमा केही चर्चा गर्नु समयसान्दर्भिक रहन्छ ।
विक्रम संवत्को वर्ष पृथ्वी, चन्द्र र सूर्यको गतिको गणना अनुसार तयार हुन्छ । यसमा ३६५ सौर्य दिन र बाह्र महिना हुन्छन् । पृथ्वीले सूर्यलाई एकपटक परिक्रमा गर्ने ३६० डिग्रीको एक वृत्तलाई एक वर्ष मानिन्छ । करिब ३० डिग्री पार गरेपछि सूर्य एक राशिबाट अर्को राशिमा संक्रमण हुँदा अर्को महिना सुरु हुन्छ । जस्तो मीन राशिको रेखा पार भएपछि सूर्य मेष राशिको विषुवत् रेखामा प्रवेश गर्दा वैशाख १ गते हुन्छ । एक राशिको एक अंश गएकोलाई १ गते भनिन्छ । २ अंश गएकोलाई २ गते भनिन्छ । सूर्य र पृथ्वीको गति र बाटोको आधारमा महिनाका दिनहरू घटीबढी हुनसक्छ । कुनै महिना २९ दिनको र कुनै महिना ३२ दिनको पनि हुनसक्छ ।
विक्रम संवतका महिनाको नाम नक्षत्रसँग सम्बन्धित छन् । ती नक्षत्रले चान्द्रमान अनुसारको पूर्णिमा तिथिलाई भेट्नुपर्छ । जस्तो वैशाख महिनाको नाम विशाखा नक्षत्रसँग सम्बन्धित छ । पूर्णिमा तिथिसँग विशाखा नक्षत्र परेको महिना वैशाख हुन्छ । पूर्णिमा तिथि जेष्ठा नक्षत्रमा परेको महिना जेठ हुन्छ । पूर्णिमा तिथि चित्रा नक्षत्रमा परेको महिना चैत महिना हुन्छ । विक्रम संवत् नेपालको सरकारी मान्यताप्राप्त सरकारी कामकाजमा प्रयोग भएको राष्ट्रिय संवत् हो । नेपालमा मात्रै होइन यो संवत् भारतीय उपमहाद्वीपमा प्राचीन कालदेखि प्रयोग हुँदै आएको छ ।
नेपाली जाति बसोवास भएका विभिन्न देशमा, भारतका उत्तर, मध्य र पश्चिम भागमा साथै हिन्दू बाहुल्य भएका राज्यमा सांस्कृतिक धार्मिक प्रयोजनमा विक्रम संवतको प्रयोग गरिएको पाइन्छ । अझैसम्म पनि भारतको बनारसबाट विक्रम संवतको पात्रोसमेत प्रकाशन हुने गरेको छ । यो संवत् इसापूर्व ५६ वर्ष ८ महिना १५ दिनका दिन शुभारम्भ भएको हो भने नेपाल संवत् भन्दा ९३६ वर्ष पहिले सुरु भएको हो । इसापूर्व ५७ मा प्रारम्भ भएको विक्रम संवत भारतमा मालव विक्रम संवत्का नामले चल्दै आएको छ भने इ.सं. १०७६ मा सुरु भएको चालुक्य विक्रम संवत् जम्मा ९४ अंकसम्म प्रयोग भएर त्यसपछि प्राप्त भएको छैन ।
विक्रम संवतको नामको सम्बन्ध
इतिहासकारहरूले विक्रम संवत् बारे आ–आफ्ना धारणा राख्दै आएका छन् । यो संवत् विक्रमादित्य नाम गरेका राजाले स्थापना गरेका हुन भन्ने कुरामा इतिहासकारको विचार मिलेको छ तर ती विक्रमादित्य कुन समयका कहाँका राजा हुन भन्ने विषय हालसम्म विवादास्पद नै देखिन्छ । कतिपय इतिहासकारले भारतको मालव वंशका विक्रमादित्यले सुरु गरेको मालवीय विक्रम संवत् हो भनेका छन् तर ती राजाको ऐतिहासिकता पुष्टि हुनसकेको छैन । इतिहासकार योगी नरहरी नाथले देवमाला वंशावलीमा विक्रमादित्य चक्रवर्ती राजा थिए उनको राज सिंहासन काठमाडौंको बत्तीसपुतली राममन्दिर भएको स्थानमा थियो भनेका छन् । पशुपति पुराणले किरातवंशी राजालाई जितेपछि लिच्छवि वंशका प्रथम राजा धर्मपाल भूमिवर्मा विक्रमादित्य थिए उनैको पालामा विक्रम संवत् सुरु भएको भनेको छ ।
यसैगरी काठमाडौंको सांखु बज्रयोगिनीको मन्दिर नजिकै राजा विक्रमादित्यको टाउकोको बज्राचार्य पूजारीले युगौंदेखि अहिलेसम्म पूजा गर्दै आएकाले विक्रमादित्यले साँखुमा राज्य गरेका थिए भनिन्छ । नयनाथ पौडेलले सम्पादन गरेको भाषा वंशावलीमा हालको नारायणहिटिमा रहेका नारायण मन्दिर र जोडी धारा स्थापना गरेर धर्मागत राजाले विक्रम संवत् चलाएको भन्ने उल्लेख छ । उल्लेखित कथनलाई पुष्टि गर्ने विक्रम संवतको सुरुआतको तिथिमितिसंग ठ्याक्कै मिल्ने ऐतिहासिक प्रमाण भने हालसम्म प्राप्त भएको देखिँदैन । त्यसैले विक्रमादित्य राजाले नै यो संवत् स्थापना गरेको हो भनि एकिन गर्नसक्ने स्थिति छैन ।
धर्मशास्त्री र ज्योतिषीहरूको मतमा विक्रम संवत् कुनै व्यक्ति विशेषको होइन यो त ज्योतिष ग्रन्थको सूर्य सिद्धान्त अनुसार गणना गरिएको संवत् हो । पराक्रमी सूर्य नै विक्रमादित्य हुन् । संस्कृत भाषामा सूर्यका सहस्र नाम छन् । विक्रम र आदित्य पनि सूर्यकै नाम भएकाले सूर्य सिद्धान्तले गणना गरिएको संवत् को विक्रम संवत् नाम रहेको हो भन्ने धारणा कतिपय ज्योतिषीहरूको छ । विक्रम संवत् नेपालमा कसरी आयो भन्ने ठोस प्रमाण नभए पनि नेपालमा विद्वान ज्योतिषीहरूले लिच्छविकालदेखि नै पञ्चाङ्ग पात्रो गणना गर्दथे । सोही पात्रो अनुसारको सांस्कृतिक पर्व उत्सव कार्यमा विक्रम संवतको प्रयोग हुँदै आएको थियो भन्ने मत पनि पुराना ज्योतिषीहरूमा रहेको पाइन्छ यद्यपि लिच्छविकालीन अभिलेखमा विक्रम संवत्को नाम उल्लेख गरिएको छैन । विक्रम संवतमा आधारित सांस्कृतिक पर्वलाई हेर्ने हो भने ज्योतिषीको धारणामा केही हदसम्म सत्यता देखिन्छ ।
आधुनिककालका नेपाली अभिलेखमा प्रयुक्त संवतहरूमध्ये विक्रम संवतको महत्त्वपूर्ण स्थान छ । हरेक नागरिकको नागरिकता प्रमाणपत्र र शैक्षिक प्रमाणपत्र आधुनिक नेपाल निर्माणपछिका सरकारी कागजात विक्रम संवतमा भएकाले यसको महत्त्व जनजनमा जोडिएको छ । नेपाली मौलिक चन्द्रसूर्य झण्डा जस्तै विक्रम संवत् पनि चन्द्रमा र सूर्यको समन्वय गरेर गणना गरिने भएकाले यो मौलिक नेपाली संवत् हो ।
नेपालमा विक्रम संवतको महिमा
नेपालको सन्दर्भमा विक्रम संवतको निम्नानुसारको महत्त्व छ ।
१) अहिले नेपालबाहेक विक्रम संवत् राष्ट्रिय संवतको रूपमा विश्वका कुनै पनि देशमा प्रयोग छैन । यसैले यो हाम्रो राष्ट्रको बेग्लै पहिचान बोकेको अनुपम संवत् हो । अझ विक्रम संवतको पञ्चाङ्ग गणना पद्धतिमा चान्द्रमान र सौरमान दुबैलाई समेटिएको छ । चन्द्रसूर्य झण्डा र हाम्रो राष्ट्रिय पञ्चाङ्गको स्वरूपले राष्ट्रियताको भावलाई समेत बोकिरहेको छ भन्न सकिन्छ ।
२) भक्तपुरको विस्का जात्रा :
प्राचीन र मध्यकालीन नेपालको हृदयकेन्द्रको रूपमा रहेको भक्तपुर नगरमा अहिले पनि राष्ट्रिय पहिचान बोकेको बिस्का जात्रा विक्रम संवतको नयाँ वर्षमा सञ्चालन हुँदै आएको छ । यसले हाम्रो सांस्कृतिक पहिचान बोकेको छ । विक्रम संवत् र बिस्का जात्राको सम्बन्ध भएकाले यो हाम्रो आफ्नै सम्बत हो भन्न सकिन्छ ।
३) विक्रम संवतमा मानिने पर्व :
सुदूर पश्चिम क्षेत्रमा विक्रम संवतको सूर्यको मेष विषुवत् रेखा प्रवेशमा विखु पर्व भव्य रूपमा मनाइन्छ । विक्रम संवत्मा आधारित भएर पहाडी क्षेत्रमा असारको पन्ध्रमा दहिच्युरा खाने पर्व मानिन्छ । साउने संक्रान्तीमा छालाका रोगको संचेतना पर्व कण्डारक पूजा गरी लुतो फाल्ने पर्व मानिन्छ । साउन १५ गते खीर खाने पर्व मनाइने हाम्रो परम्परा छ । आश्विन संक्रान्ती विश्वकर्मा पूजा र वास्तु पर्व मनाइन्छ । पुस १५ मा गुरुङ जातिको तमुह्लोसार पर्व मनाइन्छ । विक्रम संवतको माघ १ गते माघे संक्रान्ती घ्यू–चाकु पर्व, नुवाकोट तारुकामा गोरु जुधाउने पर्व, थारू जातिको माघी पर्व, मगर जातिको माघी पर्व मनाइन्छ । यस्ता पर्व र संस्कृतिसँग विक्रम संवतको अभिन्न सबन्ध जोडिएको छ ।
४) सहलेस फूल बगैंचा र विक्रम संवत् :
प्राकृतिक रूपमा वैशाख १ गतेमात्रै फूल फूल्ने सिरहाको सहलेस फूल र सोही दिन सहलेस बगैंचामा मनाइने पर्वको महिमा विक्रम संवतसंग अभिन्न संवन्ध जोडिएको छ भन्न सकिन्छ । यो संवत् प्रकृतिसापेक्ष छ भन्न सकिन्छ ।
५) राष्ट्रिय दिवस र पर्वहरू :
नेपाल राज्यले मनाउँदै आएका धेरै दिवस विक्रम संवतको पात्रोमा आधारित छ्न् । प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, संविधान दिवस, सहिद दिवस, धान दिवस, राष्ट्रिय योग दिवस, कानुन दिवस, निजामती दिवसलगायत विभिन्न दिवस मनाउने कारण पनि नेपालमा विक्रम संवतको महिमा रहेको छ ।
निष्कर्ष :
आधुनिक कालका नेपाली अभिलेखमा प्रयुक्त संवतहरूमध्ये विक्रम संवतको महत्त्वपूर्ण स्थान छ । हरेक नागरिकको नागरिकता प्रमाणपत्र र शैक्षिक प्रमाणपत्र आधुनिक नेपाल निर्माणपछिका सरकारी कागजात विक्रम संवतमा भएकाले यसको महत्त्व जनजनमा जोडिएको छ । नेपाली मौलिक चन्द्रसूर्य झण्डा जस्तै विक्रम संवत् पनि चन्द्रमा र सूर्यको समन्वय गरेर गणना गरिने भएकाले यो मौलिक नेपाली संवत् हो । आफूलाई अग्रगामी गणतन्त्रवादी मान्ने केही उग्र विचारबाहकले विक्रम संवत् विक्रमादित्य राजाको नामसँग वा राजतन्त्रसँग जोडिएको भन्ने आक्षेप लगाउँदै यो संवत्प्रति विगत केही वर्षदेखि घृणा फैलाउने काम गरेका छन् ।
यसको नेपाली मौलिकता नबुझेर विक्रम संवतको महिमा घटाउन खोजेका छन् । नेपालका सबै जात जातिको वर्ष र पर्वलाई यो सवंतले योजकको रूपमा काम गरेकाले यो संवतको विशेष महत्त्व छ । आधुनिक नेपालको इतिहास संस्कृतिको अध्ययन र संरक्षणमा समेत विक्रम संवत् जोडिएको हुनाले यसको संरक्षण गर्नुपर्छ । नयाँ वर्षलाई उत्सवमय रूपमा मनाउनुपर्छ । दीप प्रज्वलन, आध्यात्मिक धार्मिक गतिविधि, सामाजिक सेवा, तीर्थ भ्रमण आदि कार्यक्रम के आफू अनुकुल हुनसक्छ त्यसैगरी मनाउनुपर्छ ।
(पाण्डे विश्व हिन्दु महासंघको उपसभापति हुनुहुन्छ ।)
◾ थप सामग्री : https://ehimalayatimes.com/2026/04/439819/

प्रतिकृया दिनुहोस