कृष्णदासजी महाराजको प्राकट्य दिवसमा धार्मिक कार्यक्रम


१६ फागुन ,चितवन ,जगतगुरु श्रीवैष्ठव कृष्णदासजी महाराजको प्राकट्य दिवसको अवसरमा मंगलवार धार्मिक कार्यक्रम गरिएको छ । । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले देश भरै रहेका विभिन्न प्रतिष्ठानका शाखाहरुमा विभिन्न कार्यक्रम गरि प्राकट्य दिवसको मनाइएको हो । सुन्दरकाण्ड, रामचरित्र मानस, लगायतको पाठपारायण गरिएको थियो । धार्मिक कार्यसहित भण्डारा लगाएर जन्मोत्सव मनाइएको छ । कृष्णदाजसजी महाराज महायोगका प्रर्वद्वक समेत हुन् । उनका देशभरी महायोगका साधकहरु रहेका छन् । महायोग साधनाले मानव जीवनका कैयन रोग निवारणमा सहयोग पुग्ने धार्मिक विश्वास पाइन्छ ।
केही दिन अगाडी सम्पन्न चतराधाममा आयोजित नेपालकै पहिलो श्रीरामतारक ब्रहम महायज्ञमा आद्यजगत गुरु श्रीरामानन्दाचार्य पदबाट प्रतिष्ठित गर्दै उनलाई जगतगुरु घोषणा गरिएको थियो ।

प्रतिकृया दिनुहोस