अश्वमेध महायज्ञ विरगञ्जमा


विरगंज २२ फागुन
पर्सा जिल्लाकावीरगन्ज स्थित आदर्शनगर रंगशालामा आइतवारदेखि शुरु भएको ४ दिने अश्वमेध गायत्री महायज्ञ आज एक विशेष समारोहका बिच प्रधानमन्त्री केपी शर्माले समापन गर्नु हुने भएको छ । अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्तिपिठ नेपालको आयोजनामा भएको सो महायज्ञको उद्घाटन महायज्ञको उद्घाटन गर्दै अखिल विश्व गायत्री परिवारका अध्यक्ष एंव देव संस्कृति विश्वविधालय हरिद्वार भारतका कुलाधिपति डाक्टर प्रणव पाण्डेयाले गर्नु भएको थियो । आइतवार महायज्ञको उद्घाटन भएपनि
सोमबार बिहान एक हजार सात सय ५७ जना मुख्य यजमानहरूले एकै साथ पूजापाठ, गायत्री मन्त्र उच्चारण र हवन गरेर महायज्ञमा देवपूजन र हवन कार्यको शुभारम्भ गरेका थिए।हायज्ञ आयोजक समितिका संयोजनक एंव एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले विश्वमै तपोभूमी रुपमा रहेको नेपालको पवित्र भूमिमा पहिलो पटक अश्वमेध महायज्ञ आयोजना गर्न पाउदा गौरवान्वीत भएको बताउनु भयो ।
रगन्जका संयोजक वीजय सरावगीले अश्वमेध गायत्री महायज्ञमा तेश्रो दिन मंगलबारसम्म ४२ हजार भक्तजनले देवपूजन र हवन गरेका जानकारी दिनु भयो 
उनका अनुसार महायज्ञ अवधीभर ६० हजार भक्तजनले देवपूजन र हवन गर्ने गरी प्रबन्ध मिलाइएको छ।
अश्वमेध महायज्ञस्थलमा देवपूजन र हवनका लागि २५१ वटा आर्कषक हवनकुण्ड बनाइएको छ । महायज्ञ उद्घाटन पुर्व विशाल झाकी सहितको कलशयात्रा समेत विरगञ्ज महानगर पालीकाका २९ वटाबाट निकालीएको थियो । महायज्ञमा नेपालका साथै भारतका हजारौ भक्तहरुको उपस्थिती रहेको छ ।

 

प्रतिकृया दिनुहोस