नववर्षको पहिलो दिन मात्र फुल्ने सहलेश फूल



सिरहा – आज देखि नेपालीहरुको राष्टिय नववर्ष २०७६ शुरु भएको छ । विक्रम सम्वतका रुपमा प्रचलित यस नयाँ वर्ष सगँ विभिन्न शास्त्रीय मान्यताहरु पनि जोडिएका छन् । त्यसो त नयाँ वर्षका दिन मात्र फूल्ने सहलेस फूलले प्रकृतिले पनि यस नयाँवर्षको महत्व उकासिएको प्रष्टिन्छ ।
इसाको छैटौंरसातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख ओइलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ ।
दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्रा्िष्ट्रयस्तरमा पूजनीय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग सहलेश जोडिएको छ ।योे फूल प्रदेश २ को सिरहा जिल्ला अन्तरगत लहान नगरपालीका १२ र २२ मा पर्दछ ।लहान बजार बाट ४ किमीको दुरी मा रहेको यस फूलवारीमा रहेको छ । यो हारमको रुखमा मालाको आकारमा फूल्ने गर्दछ । यसलार्य सहलेश र मालीनिको प्रमेको प्रतिकको रुपमा
प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन दुर्लभ फूल सहलेश फुल्ने गर्दछन् । यो फूल का कारण नै प्रत्येक वर्ष त्याहाँ मेला पनि आयोजना गरिन्छ ।यस मेलाका अवसरमा विभिन्न निसन्तानले सन्तान प्राप्तीको लागि ,दिर्घरोगीले रोग निवारणका लागि , लगायत  भाकल पुरा हुने जनविश्वास रहेको छ । भाकल पुरा भएपछि
काचो भेण्टा र कागजको छाता ¬.(¬झात )चढाउछन् । सो मेलामा छिमेकी देश भारतका साथै सबै जातजातिका र धर्म सम्प्रदायकाहरु आउदछन्

प्रतिकृया दिनुहोस