सहयोग हस्तान्तरण चितवन

 ज्योतिनगर , कार्तिक १० 

मोहिनी निधी,नेपालीहरुको महान् पर्व तिहारको अवसर पारेर पश्चिम चितवनको ज्योतिनगरमा रहेको न्यू दिब्यज्योति युवा क्लवले शनिवार विभिन्न सहयोग हस्तान्तरणका साथै बृहत सांस्कृतिक कार्यक्रमको कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालीका वडा २६ का अध्यक्ष ज्ञान प्रसाद खनालले सो अवसरमा वडा २६ मा सञ्चालीत दिवा स्यार केन्द्रमा रहेका फरक क्षमता भएका बालबालीका पोशाक वितरण र क्यान्सका विरामीलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो । सो सहयोग हस्तान्तरण का क्रममा युवाहरुले वडाका , महानगरका विभिन्न क्षेत्रमा धेरै योगदान दिन सक्ने भन्दै यस्ता सामाजीक अभियानलाई आफुले सहयोग गर्नै बताउनु भयो । उहाँले युवाँहरु गोलबन्द भएर, सबै मिलेर वडा का विकास निमार्ण लाग्न समेत आग्रह गर्नु भयो । उहाले स्वावलम्बन समुहबाट संञ्चालीत दिवा स्यार केन्द्रमा रहेका मस्तिष्क पक्षघातका सबै बालबालिकाकाहरुलाई पोशाक र क्यान्सरका विरामी सन्तमान तमागंलाई रु दश हजार आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो । सन्तमान पनि सोही वडा निवासी हुनुहुन्छ । दशै ,तिहार जस्ता पर्वहरु थप रमाइलो र उत्साह थप्न स्थानिय क्लवहरुले विगत देखि नै सास्कृतिक कार्यक्रम गर्ने गरेको कार्यक्रमका अध्यक्ष न्यू दिब्यज्योति युवा क्लवका अध्यक्ष राजु रिमालले बताउनु भयो । क्लवले रक्तदान छात्रा वृद्धि ,लगायतका सामाजीक कार्य गर्दे आएको भन्दै तिहारका अवसरमा आयोजीत सास्कृतिक कार्यक्रममा पनि विभिन्न सहयोगका कार्यक्रम राखिएको जानकारी दिनुभयो । कार्यक्रममा राष्टिय कलकार सरीता गुरुगं ,श्रेष्ठ ,भजन गायक परसुराम पान्डे , भ्वाइस अफ नेपालको श्रीष १२ औ स्थानमा पर्न सफल अन्ज ुरानामगर ,ब्रोहुड ब्यान्ड लगायतका गायक गायीकाले आफ्नो प्रस्तुती दिएका थिए । भरतपुरमा रहेको डाइनामिक डान्स स्टुडियोका कलकारहरुले नृत्य प्रस्तुत गर्नुका साथै स्थानिय कलकारहरुले विभिन्न जातजातीका पहिरनमा नृत्य प्रस्तुत गरेका थिए । क्लवका लक्ष्मी कान्त घिमीरेले स्वागत मन्त्वय दिनु भएको सो कार्यक्रमको औपचारिक खन्ड महिला अधिकारकर्मी रुकु अधिकारले सञ्चालन गर्नु भएको थियो दोस्रो खण्ड कार्यक्रम प्रस्तोता पुष्पराज अधिकारीले सञ्चालन गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस