हात्ती महोत्सव १६ औं सस्करण

पुर्वि चितवन ,मंसिर २७ 

सबैभन्दा ठुलो जनावर हात्ती र मानवको सम्बन्ध वैदिक काल देखि रहदै आएको शास्त्रहरुमा उल्लेख पाइन्छ । वर्तमानमा वैदिक सनातनीहरुले   हात्तीका प्रजातिलाई भगवान् गणेशको रुपमा पुजाँआजाँ गर्ने गर्दछन् । बाटामा हात्ती देखे भने सम्मानले निहुरिन्छन् । पुराणकाललमा राजाहरु चयन गर्न का लागि हात्तीहरु प्रयोग गरिने गरिन्थ्यो  । 
नेपालको तेस्रो पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  हात्ती महोत्सवको  गरिने भएको छ । ‘हात्ती मेरो साथी’ भन्ने मुलनाराका साथ आयोजना गर्न लागिएको यस वर्षको  हात्ती महोत्सव १६ औं  सस्करण हो ।  यस पटकको हात्ती महात्सव नेपाल भम्रण वर्ष २०२० मा केन्द्रित पनि गरिने शुक्रवार  आयोजक क्षेत्रीय होटल संघ, चितवनले पत्रकार सम्मलेन मार्फत जानकारी गराएको छ ।  विश्व सम्पदा सुचिमा सुचिकृत चितवन राष्टिय निकुञ्ज नजिक रहेको पर्यटकीय क्षेत्र सौराहामा हुने हात्ती महोत्सव विशेषत   वन्यजन्तुको संरक्षण र पर्यटन  प्रवद्धनमा टेवा पुग्ने लक्ष्यका साथ  आयोजना  गर्न लागेको आयोजकले जनाएको छ ।
सौराहको पार्क आयोजना गरिने यस पटकको महोत्सवमा ४ दिन थपि ९ दिनसम्म  सञ्चालन गरिन लागिएको छ । गत वर्षहरुमा  हात्ती महोत्सव पुष ११बाट शुरु गरि पुष १५ सम्म गरिने मा यसपटक  १८ गतेसम्म चल्ने क्षेत्रीय होटल संघ, चितवनका अध्यक्ष दिपक भट्टराइले जानकारी दिनुभयो । नेपाल भम्रण वर्ष लाई लक्षित गरि समय थपिएको अध्यक्ष भट्टराइले प्रष्टाउनु भयो । महोत्सवमा वन्यजन्तुलाई माया गर्नुपर्छ भन्ने सन्देश दिन कार्यक्रमहरु पनि गरिने महोत्सव का संयोजक संघका वरिष्ठ उपाध्यक्ष राममणी खनालले बताउनु भयो  । पर्यटन वर्षलाई प्रदेश सरकारले हात्ती पोलोलाई आफ्नो खेलको तालिकामा राखेको   छ ।
सौराहाको बाघमारा चौरमा हुने महोत्सवको  प्रमुख आर्कषणको र हात्तीको वनभोजसँगै हात्तीको छावाहरुको फुटबल, हात्तीपोलो, हात्ती दौड , हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पेन्टिङ तथा हात्तीका गतिविधिसँग सम्बन्धित विभिन्न खेल हुनेछन् ।। त्यसैगरि महोत्सव अवधिमा राष्टिय कलकारहरुको  सांस्किृतिक कार्यक्रमको आयोजना  गरिने  बताइएको छ । १६ औँ हात्ती महोत्सवको उद्धघाटन पुर्व प्रधानमन्त्री ,नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले गर्ने र महोत्सवको समापन प्रदेश नम्वर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले गर्ने कार्यतालिका रहेको संघका अध्यक्ष भट्टराईले जानकारी दिनु भएको छ ।
कार्यक्रममा रत्ननगर वडा ६ का अध्यक्ष बलराम दाहलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमममा   महोत्सव सह संयोजक ऋषि तिवारी  ,क्षेत्रीय होटल संघ, सौराहा चितवनका  निर्वतमान  अध्यक्ष सुमन घिमीरे , नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सृजना अर्याल लगायतले  , बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामागं, रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा लगायतले महोत्सव बारे बोल्नु भएको थियो /

प्रतिकृया दिनुहोस