ओमकार परिवारले लगाउने महायज्ञको छलफलमा नै दाताहरुले दिए दान


शरदपुर , पुष १८
ओमकार परिवारको सहभागिता र वाह्रमण समाज चितवनको आयोजनामा लगाउन लागिएको श्रीमद्भागवत महापुराण तथा धनधान्यान्चल विराट ज्ञान महायज्ञ शुरु नहुदै दाताहरुले भने दान दिन थाल्नु भएको छ । महायज्ञ छलफल भेलामा भरतपुर ९ शरदपुर निवासी अन्जना घिमिरेले रु १३ लाख ५१ हजार सहयोग गर्नेु भएको छ । पाञ्चायन मन्दिर पनि निमार्ण गर्ने उदेश्य अनुरुप महायज्ञकै अवसरमा उहाँले १२ लाख रकम र यज्ञको कर्ता समेत रहनुहुने उहाँले थप १लाख ५१ हजार सहयोग गर्नुभएको हो । यसै गरि महायज्ञ स्थल संगम टोल विकास सस्थाबाट १ लाख५५ हजार भरतपुर १२ का वसन्त अर्यालले पनि ५ लाख हनुमानको मन्दिर बनाउन सहयोग गर्नुहुने महायज्ञका आर्थिक संयोजक राम प्रसाद ओस्तीले जानकारी गराउनु भयो । उहाँले महायज्ञ शुरु हुनु पुर्व दाताहरुबाट विभिन्न सहयोग गर्ने क्रम जुटिरहेको बताउनु भयो । त्यसैगरि वैदिक सनातन सस्कृतिमा भुमिदानको महत्व ठुलो रहेको भन्दै सो महायज्ञमा भुमिदानको समेत व्यवस्था मिलाइएको मुल आयोजक समितीका संयोजक टंकनाथ पौडेलले बताउनु भयो । उहाँका अनुसार महायज्ञमा ६०१ कित्ता जग्गा भुमिदानको लागि व्यवस्था समेत गरिएको छ । १ कित्ता वरावर २१ हजार १ सय ११ मुल्य राखिएको छ ।हालसम्म ५३ कित्ता जग्गा समेत दान गर्ने दाताहरुले बोल्नु भएको छ । वैदिक सनाता सस्कृतिको रक्षार्थ लगाउन लागिएको महायज्ञमा चितवनका नै प्रखर वाचक वालकृण्ण अर्याल प्रमुखवाचक रहनु भएको छ । ओमकार परिवारको लागि सभाहल तथा योगाहल निमार्ण गर्ने , जेष्ठ नागरिक सेवा सञ्चालन गर्ने,पान्चायन मन्दिर निमार्ण गर्ने लगायतका उदेश्य अनरुप महायज्ञ गरिन लागेको आयोजकले जानकारी दिएको छ । आगामी माघ १५ गते देखि भरपुुर महानगरपालिका ९ शरदपुर संगमटोल रहेको वा्रहमण समाज चितवनको कार्यलय परिसरमा मा महायज्ञ हुने भएको छ ।महायज्ञका लागि १०५१ सदस्यीय मुल आयोजक समिती र३९ उपसिमिती गठन गरिएको सहसंयोजक ठाकुर प्रसाद कण्डेलले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस