श्री स्वस्थानी व्रत कथा  भोली बाट आरम्भ

पुष २४ ,चितवन 
 भोली शुक्रवार देखि माघमहात्मे  श्री स्वस्थानी व्रत प्रारम्भ हुदैछ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म एक महिना जारी रहने छ । माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्विक भावले श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।यो व्रत कथामा ३१ अध्यायहरु रहेका हुन्छन् । व्रत गर्ने र नगर्ने हरुले पनि यस अध्याय प्रत्येक दिन साझँ या विहान सुन्नु पर्छ भन्ने मान्यता रहेको छ ।   । स्वस्थानी व्रतकथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार  तपस्या गरी मनोकाङ्क्षा पूर्ण भएको कथासँग जोडिएको छ ।कथामा सतिदेवी दक्ष प्रजापतीकी छोरी हुन् तर दक्ष प्रजापतीले अन्य देवगणका अगाडी सतिदेवीकी पति आराध्यदेव भगवान शिवजीको अपमान गरेपछी, आवेगमा सतिदेवीले अग्नीकुण्डमा हामफालेर देहत्याग गर्द्छिन् । जल्दै गरेको उनको शरीरलाई हातमा राखेर महादेवले भावविह्वल भएर संसार परिक्रमा गरेका गर्दछन्  यसरी परिक्रमागर्दा सतिदेवीका शरीरका अङ्गहरु क्रमैसँग धर्तीका विभिन्न स्थानमा झरेको स्कन्द पुराणमा बताएको छ ।जुन जुन ठाउँम सतिदेवीको अगंपतन भयो त्यो ठाउँ नै प्रसिद्ध पिठ भएको बताइन्छ । 

सतिदेवीको शरीरको अन्तिम अंश पशुपति क्षेत्रको गूहेश्वरीमा झरेर गूहेश्वरी शक्तिपीठ भएको, त्यस्तै उे कपाल झरेकाले धनुषा जिल्लाको छिरेश्वर पीठ उत्पन्न भएको, जम्मु कश्मिरको त्रिसन्देश्वर पीठमा शतिदेवीको घाँटी झरेको स्वस्थानीमा उल्लेख छ ।  स्वस्थानी व्रतका बेला बिभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ । काठमाण्डौँस्थित शालीनदीमा प्रत्येक बर्ष पूर्णिमादेखि सुरु हुने माधवनारायण मेला पनि भोलीबाट सुरु हुदैछ  । यस बेला घरपरिवारको सुस्वास्थ्य र सुख शान्तिको कामना गर्दै शालीनदीमा महिलासँगै पुरुष हरु समेत व्रत बस्ने परम्परा रहेको छ । पौष शुक्ल पूणिर्मादेखि व्रत बस्ने भएकाले अघिल्लो दिन  आज हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी सङ्कल्पपूर्वक व्रत बस्ने चलन रहेको छ ।
साली नदीको पुराणका प्रसंगअनुसार नै सत्ययुगमा सतिदेवीले त्यहि नै स्वस्थानी व्रत १ महिना सम्म गर्नुभएको भन्ने भनाई अनुसार नै त्यस क्षेत्रमा चल्ने मेलामा  यो बेला व्यापक भिड लाग्ने गर्दछ । 

प्रतिकृया दिनुहोस