माघेसक्रान्तिमा मगरसंघ परिसर शारदानगरमा मगर समुदाय


शारदानगर,२७ पुष
मगरसमुदायको महान चाड माघेसक्रान्ति विशेष कार्यक्रमकोे तयारी पुरा भएको नेपाल मगर सघं भरतपुर २० वडा समिती शारदानगरले जानकारी दिएको छ । माघेस्रकान्तीकै अवसरमा संघको कार्यलय शारदानगरले शुभकामना आदान प्रदान तथा मगर मौलीक सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । माघेस्रकान्ति माघ १ गते आयोजना गर्न लागिएको सो कार्यक्रमका बारेमा संघ शारदानगका अध्यक्ष सुवेदार ज्ञान बहादुर रानामगरले बताउनु भयो । उहाँका अनुसार कार्यक्रमका लागि कार्यलय परिसर सरसफाई ,निमन्त्रणा पठाउने कार्य गरिसकिएको छ । सास्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुलाई नै निमन्त्रणा गरिएको र का साथै मगर मौलिक कौडा नृत्य ,पञ्चेबाजा बजाउने ,खेलकुद लगायतका विविध कार्यक्रम गरिने छ । मगरका पहिचान झल्कने भेषभुषा उपस्थित हुने मगर समुदायका खानाका परिकार त्यहि नै खाने व्यवस्था समेत गरिएको संघ सचिव घन बहादुर थापा मगरले जानकारी दिनुभयो ,आफनो समुदायको सस्कृतिको संरक्षण र एक आपसमा भेटघाटकका लागि पनि माघे सक्रान्ति संघ परिसरमा नै मनाउन लागिएको सचिव थापामगरले प्रष्टाउनु भयो । यस पर्वको अवसरमा मगर समुदायले तरुल ,शखरखण्ड , बंगुरको कुखुराको मासु लगायत का परिकार खाने र  विहान सामुहिक  पुजाँ समेत गरिने आयोजक ले जनाएको छ । 

प्रतिकृया दिनुहोस