थारु समुदायको नयाँ वर्ष माघीपर्वमा मेला र महोत्सव

हमार सस्कृति हमार पहिचान ,सस्कृति र पर्यटन विकास करेके हमार अभियान भन्ने नाराका साथ पुष २९ देखि माघ १ सम्म मेला आयोजना गर्न लागिएको ा


सीमरी ,२७ पुष


थारु समुदायको नयाँ वर्ष माघी (खिचरा) पर्वमा विभिन्न मेला र महोत्सव आयोजना गरिएको छ । थारु समुदायले माघेस्रकान्तिका दिन नयाँ वर्ष मनाउने गर्दछन् । यहि पर्वका अवसरमा थारु समुदायको वाहुल्यता रहेका विभिन्न स्थानमा मेला र महोत्सवको आयोजना गरिएको छ । पुर्वि चितवनमा पनि माघी पर्वको अवसर पारेर विगत वर्ष ७ देखि खिचरा महोत्सव आयोजना गर्ने गरिएको छ । पुष २७ आज उद्घाटन गरिएको सो महोत्सव माघ  ८  सम्म सञ्चालन हुदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले महोत्सव आयोजना गरेको महोत्सवको पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदारले उद्घाटन गर्नु भयो   । यस महोत्सवको मुख्य उद्देश्य थारु समुदायको सँस्कृतिको संरक्षण गर्नु रहेको आयोजकको भनाइ छ । सोही अनुरुप महोत्सवमा थारुसँगै विभिन्न जातजातिको परम्परागत भेषभुषा हितको सांस्कृतिक कार्यक्रमलाई जोड दिइएको सांस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिनुभयो

 

महोत्सवमा १५० वटा स्टल रहने छन् । तिनीहरुमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहेका छन् 

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिका साथै मिस नेपालद्धारा थारु भेषभुषासहितको पहिरनमा मेला अवलोकन, मिस्टर एण्ड मिस थारुको फेसन शो र खुल्ला नृत्य प्रतियोगिता राखिएको प्रचार संयोजक राजु चौधरीले जानकारी दिनुभयो ।

यस्तै महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, अन्तर विद्यालयस्तरीय चित्रकला, हाजिरी जवाफ प्रतियोगिता, ४० वर्षमाथिका पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटोरसेल्फी फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले जनाएको छ । यस्तै महोत्सवमा बाल उद्यान, मोटर बोटिङको व्यवस्थासमेत गरिएको छ


यसैगरि  थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ४ पुर्विगहिडवार को आयोजना तथा भरतपुर २६ मा रहेको मजडिहा युवा क्लव ढुरुङ्गा को सहआयोजनामा पश्चिम चितवनको भरतपुर २६ मजडिहा ढुरुङ्गा नारायणी नदी किनारमा दोस्रो खिचरा मेला हुने भएको छ । थारु समुदायको नववर्षको अवसर पारेर गत वर्ष जस्तै यसपटक पनि खिचरा मेला आयोजना गरिएको मेला मुल समारोह समितीका संयोजक मनोज चौधरीले बताउनु भयो । हमार सस्कृति हमार पहिचान ,सस्कृति र पर्यटन विकास करेके हमार अभियान भन्ने नाराका साथ पुष २९ देखि माघ १ सम्म मेला आयोजना गर्न लागिएको ा संयोजक चौधरीले जानकारी दिनुभयो भयो । उहाँका अनुसार मेलामा झमटा नृत्य , फगुवा नृत्य ठेकरा नृत्य , थारु ,भोजपुरी र नपाली नाचगान गरिने छ । गत वर्ष १ दिन थारुजातिको नयाँ वर्ष माघीका दिनमात्र आयोजना गरिएको मेला यसपटक १ दिन थपिएको आयोजकले जनाएको छ । मेलामा थारु जातिका खानाका परिकारहरु चिचर , माछा र हासँका लगायतका परिकारहरु समेत हुने मेला सहआयोजक मजडिहा युवा क्लवका अध्यक्ष विक्रम महत्तोले बताउनु भयो । सो अवसरमा गरिने सास्कृतिक कार्यक्रमा राष्ट्रिय कलकारहरु प्रिती आले , रमेशराज भट्टराई , अमित सिंह चौधरी ,र हरुको प्र्रस्तुती समेत रहने थारु समुदायको गीतकारका रुपमा परिचित याद बहादुर महत्तोले जानकारी दिनुभयो । कार्यक्रममा स्थानिय कलकारहरु लक्ष्मण सुनाँर, अस्विन कुमार ,एरोड लामाहरुको पनि प्रस्तुती रहने बताइएको छ । थारु समुदायको सस्कृति र पहिचान का लागि पनि खिचरा मेला आयोजना गरिएको थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ४ का अध्यक्ष रमा गुरौले बताउनु भयो । मेलामा निशुल्क अवलोकनको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।माडी नगरपालिकाको आयोजनामा हुन लागेको महोत्सवमा थारु कल्याणकारिणी सभा क्षेत्र नं १ माडी र नेपाल आदीबासी जनजाति महासंघ नगर समन्वय परिषद् माडी सहआयोजनामा माडीमा पनि प्रथम खिचरा महोत्सव हुने भएको छ । माडीको पर्यटन प्रवद्र्धनको उद्देश्यले माडी खिचरा महोत्सव आयोजना गरिएको सो महोत्सवको  पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेे महोत्सव मूल आयोजक समिति संयोजक रामेश्वर चौधरीले  बताउनु भयो  महोत्सव यही पुस २९ गतेबाट माघ ६ गतेसम्म चल्ने  छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोटिहोम एकैसाथ १ हजार ८ कन्याको पुजन गरिदै

भरतपुर । योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी कोटिहोम महायज्ञमा भोलि (शनिबार) एक हजार भन्दा बढी ...