देवघाटधाममा माघे सक्रान्ति मेलाको तयारी पुरा

देवघाटधाम , पुष २९
नेपालको प्रसिद्ध देवघाटधाममा माघे सक्रान्तिका बेला आउने भक्तहरुलाइ सहज व्यवस्थापन का लागि तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । वेणी संगम देवघाटधाममा सोमवार आयो जीत पत्रकार सम्मेलनमा देवघाट क्षेत्र विकास समितीका अध्यक्ष शिवराज पौडेले मकरमेलाको तयारी पुरा भएको बताउनु भयो ।

त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थलमा भक्तजनहरुको घुइँचो लाग्ने हुँदा मेलालाई सुरक्षित र सहज बनाउन हरेक वर्ष चुनौती सामना गर्नुपर्ने पौडेलले बताउनुभयो ।
देवघाट मेलाको नामले समेत परिचित मेलालाई व्यवस्थित बनाउन १५ वटा विभिन्न उपसमिति बनाएर काम अघि बढाइएको छ । मेलामा खानेपानी, विद्युत्, यातायात, जलयात्रा, पार्किङ, प्राथमिक उपचारलगायतका विषयमा कुनै पनि गुनासो नआउने गरी तयारी गरिएको पौडेलले बताउनुभयो । देवघाटमा माघे सङ्क्रान्ति मेला भर्नका लागि अघिल्लो रातबाट नै भक्तजनहरु आउने हुँदा सोहीअनुसारको व्यवस्थापन गरिएको पौडेलको भनाइ छ ।
दर्शनार्थीलाई हिँड्न र स्नान गर्न सहज होस् भनेर बाटो सम्याउने, ढुङ्गा राख्ने काम भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले बताउनुभयो । देवघाटको जीर्ण बन्दै गएको झोलुङ्गेपुलसमेत मर्मत गरी दुई लाममा भक्तजनलाई नदी वारपार गर्ने व्यवस्था गरिएको घिमिरेले जानकारी दिनुभयो ।

मेला अवधिभर देवघाट क्षेत्रमा मासु मदिरापान निषेध गरिएको आयोजकले जनाएको छ ।
अघिल्ला वर्षका मेलामा कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालीम शिक्षालयका गोताखोरको टोली मात्रै उद्धारमा खटिने गरेकामा यस वर्षबाट नेपाली सेनाको गोताखोर टोलीसमेत थपिएको घिमिरेले बताउनुभयो । गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली र मुक्तिनाथबाट आएकी कालीगण्डकीको वेणी सङ्गम देवघाटमा माघे सङ्क्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास छ ।
स्वदेशका मात्रै नभएर भारतका हिन्दूहरु पनि यस दिनमा स्नान गर्न यहाँ आउने गर्दछन् । माघे सङ्क्रान्तिमा देवताहरु पनि  देवघाटको वेणि सगममा स्नान गरि देवताहरुको भेला हुने गर्दछ भन्ने मान्यता रहेको छ । यस अवसरमा वेणि संगममा स्नान गर्दा देवताहरु सगै स्नान गर्न पाहिने र मुक्ति मिल्ने भन्ने मान्यता रहेको पाइन्छ । 

प्रतिकृया दिनुहोस