दोस्रो खिचरा मेला भरतपुर २६ मजडिहा ढुरुङ्गामा


सिमरी ,२९ पुष

थारु समुदायको सस्कृति र पहिचानका लागि पश्चिम चितवनको दोस्रो खिचरा मेला २०७६ आयोजना गरिएको छ ।  सो मेला को मंगलवार  वागमती प्रदेशका भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा उद्घाटन गर्नु भयो । मेला को उद्घाटन गर्ने   क्रममा प्रमुख अतिथी मन्त्री लामाले सामुहिक खेतीमा आवद्ध हुन आग्रह गर्नुभयो ।  पश्चिम चितवनको भरतपुर २६ मजडिहा ढुरुङ्गा नारायणी नदी किनारमा आयोजीत दोस्रो खिचरा मेला उद्घाटनका क्रममा मन्त्री लामाले  सामुहीक खेतीले लागत कम हुने र उत्पादन पनि बढ्ने भन्दै सामुहिक खेतीमा लाग्न सुझाउनु भएको हो । सो अवसरमा उहाँले कृषिलाई पर्यटन सगँ पनि जोड्न पर्ने विचार राख्नुभयो । विषादी युक्त खानाले वर्तमानमा समस्या आइरहेको भन्दै विषादी रहित तरकारी लगायत खाध्यान्न उत्पादनमा उहाँले जोड दिनुभयो । उहाँले माघी लगायतका थारु समुदायका चाडवाडमा खाने परिकारहरु स्वथ्यकर भएको समेत भन्नुभयो । थारु समुदायले मनाउने खिचरा मेलाले एकता को सदेश दिएको बताउनु भयो । सो कार्यक्रममा भरतपुर १८ का वडा अध्यक्ष ज्ञान प्रसाद खनालले आदीवासी जनजातिको चाडपर्व संरक्षणमा वडाको साथ र सहयोग रहने धारणा राख्नुभयो । उहाँले खिचरा मेला आगामी वर्षहरुममा भव्यताका साथ मनाउन वडाले सक्दो सहयोग गर्ने बताउनु भयो ।
उहाँले यस वर्ष घोल क्षेत्रमा ५६ प्रतिशत भन्दा बढि वडाको बजेट विनियोजन गरेको बताउनु भयो । पात र डोरीले पोको पारिएको थारु समुदायको प्रसिद्ध परिकार चिचर खोलेर उद्घाटन गरिएिको सो कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनका उपाध्यक्ष झलक महत्तो , मेघौली पर्यटन विकास समितीका अध्यक्ष हरिशचन्द्र महत्तो , भरतपुर २६मा रहेको आदिवासी थारु संग्रालय सिसईका अध्यक्ष राम प्रसाद चौधरी , थारु पत्रकार संघ चितवनका अध्यक्ष सुमित्रा महत्तो लगायतले बोल्नु भएको थियो । थारु समुदायका नयाँवर्ष माघीपर्वका अवसरमा आयोजीत सो खिचरा मेलामा थारुका भेषभुषा मा सजिनु भएकाहरुले उल्लेखनिय सहभागिता जनाउनु भएको थियो । खिचरा मेला , हमार सस्कृति हमार पहिचान ,सस्कृति र पर्यटन विकास करेके हमार अभियान भन्ने नाराका साथ आज पुष २९ देखि माघ १ सम्म मेला सञ्चालन हुदै छ । मेलाको उद्घाटन सत्र पछि झमटा नृत्य , फगुवा नृत्य ठेकरा नृत्य , का साथै राष्टिय कलकार अमित सिहं चौधरी ,आस्था चौधरीले विभिन्न थारु भाषाका गीत गाएर दर्शकलाई नचाएका थिए । गत वर्ष १ दिन थारुजातिको नयाँ वर्ष माघीका दिनमात्र आयोजना गरिएको मेला यसपटक १ दिन थपिएको मेला मुलसमारोह समितीका संयोजक मनोज चौधरीले बताउनु भयो । । मेलामा थारु जातिका खानाका परिकारहरु चिचर , माछा र हासँ ढीक्री लगायतका परिकारहरु खाने व्यवस्था मिलाइएको छ । माघ १ गते राष्ट्रिय कलकारहरु प्रिती आले , रमेशराज भट्टराई सहित अमित सिहं चौधरी ,सहित कलकारहरु आस्था चौधरीले लक्ष्मण सुनाँर, अस्विन कुमार ,एरोड लामाहरुको पनि प्रस्तुती रहने मुल समारोह समितीका सदस्य बिजय महत्तोले जानकारी दिनु भयो । कार्यक्रम थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ४ का कार्यवाहक अध्यक्ष रोमा गुरौको अध्यक्षतामा भएको थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ४ पुर्विगहिडवार को आयोजना तथा भरतपुर २६ मा रहेको मजडिहा  युवा क्लव ढुरुङ्गा को सहआयोजनामा र सो कार्यक्रम भएको थियो   भरतपुर २६ मा रहेको थारु संग्रालय सिसई ,भिमढुगां युवा क्लव लगायतको सक्रियतामा मेला आयोजना गरिएको हो ।

प्रतिकृया दिनुहोस