मेघौलीमा रहेको मगर सांस्कृतिक संग्राहलयको उद्घाटन

माघे सक्रान्ति  पर्व  मगरसमुदायले   विभिन्न कार्यक्रमहरु गरि मनाएका छन् । यो पर्वका अवसरमा कतिले  एकआपसमा भेला भएर शुभकामना आदान प्रदान गरि मनाएका छन् ,भने कतिले विभिन्न कार्यक्रम गरि यो पर्वलाई विशेष बनाएका छन् । यो पर्वका अवसरमा नै पश्चिम चितवनमा रहेका मगर समुदाय मेघौलीमा निमार्ण भएको मगर समुदाय सास्कृतिक संग्रालय भएकेै ठाउँमा भेला भए । पश्चिम चितवनका नेपाल मगर प्रारम्भीक समिति मेघौली शुक्रनगर र जगतपुरका मगर समुदायको सक्रियतामा निमार्ण भएको मगर सांस्कृतिक   संग्रालयको उद्घाटन का क्रममा उनीहरु एकै ठाउँम भएका हुन् । भरतपुर महानगरपालिका २७ मेघौलीमा निमार्ण गरिएको सो मगर सांस्कृतिक संग्राहलको पुर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का उपाध्यक्ष विक्रम पाण्डेले उद्घाटन गर्नु भयो । भवनको उद्घाटनका क्रममा मन्त्री पान्डेले परिर्वतन गाउँ र   झुपडीबाट हुनुपर्ने बताउनु भयो  उहाँले बिकासका लागी आँफु सदैव  जनताको साथमा नै रहेको भन्दै मगर समुदायको  भाषा, कला, संस्कृतिको संरक्षणमा संग्रालय उपयोग गर्न आग्रह गर्नुभयो । सोहि कार्यक्रममा पाण्डेले संग्राहलयको लागि एक लाख एक हजार रुपैयाँ सहयोगको घोषणा समेत गर्नुभएको छ, । कार्यक्रममा नै उपस्थित प्रदेश सांसद रीना गुरुङले  नेपालका प्राय सबै समुदायले मनाउने माघेसक्रान्ति पर्वमा  सरकाले सार्वजनिक विदा नदिनु  सरकार विदेशी सस्कृति भित्राउने लक्ष्य साथ अघि बढेको  प्रष्टिेने  बताउनु भयोे । उहाँले संग्रालय मगर समुदायको मात्रै नभएर सबै जनजातिको सम्पदा भएको समेत भनाई राख्नु भयो । । नेपाल बिभिन्न जातजाती, भाषाभाषी मिलेर बनेको मुलुक भएकाले पनि सबैको सम्मान राज्यको दाइत्व भएको सांसद गुरुङले बताउनु भयो। नेपाल मगर प्रारम्भीक समिति मेघौली शुक्रनगर र जगतपुरको आयोजनामा भएको सो कार्यक्रममा संग्रालय निमार्णमा  बिभिन्न सहयोग गर्ने   चन्दा दाताहरुलाई सम्मान गरीएको थियो । 
समितीका अध्यक्ष मगरको दिपक थापामगरको  अध्यक्षतामा भएको कार्यक्रमममा कार्यक्रममा सो संग्रालयको जग्गा दाता देउमाया थापा मगर, भरतपुर महानगरपािलका वडा , २८का अध्यक्ष  आश बहादुर कुमाल, मेघौली पर्यटन विका समितिका अध्यक्ष हरिसचन्द्र्र महत्तो , मेघौली खानेपानीका अध्यक्ष शीव प्रसाद भुर्तेल ,उपाध्यक्ष विर वहादुर पुन मगर, सचिव देववहादुर पुन मगर लगायतलकाले बोल्नु भएको थियो । सो संग्रालयमा मगर  समुदायको पहिचान झल्कने खालका समानहरु राखिएको छ । 

प्रतिकृया दिनुहोस