विश्व हिन्दु महासंघ एक हुने तयारीमा ,चितवनबाट थालियो अभियान


चितवन ,४ माघ
विश्वहिन्दु महासंघ वासँवारी र सानोभर्याङ एक हने तयारीमा दुवै संघका नेतृत्वहरु लागिपरेका छन् । दुवै सघंमा आवद्ध केन्द्रिय र जिल्ला नेतृत्वहरु सहित दुई संघलाई एक बनाउन चितवनमा समिती गठन समेत गरिएको छ । दुवै संघमा आवद्ध ५÷ ५ जना को मिलन समिती गठन गरिएको हो । विश्वहिन्दु महासंघ वासँवारीका केन्द्रिय सदस्य गजेन्द्र बहादुर अर्याल, नारायणी अञ्चल सभापति बलराम शिवाकोटी उपसभापति कृण्णराज पन्त ,सदस्य लेखनाथ वास्तोला, जिल्ला सभापति बालकुमारी अर्याल, र जिल्ला सदस्य मन्जु पाण्डे त्यसैगरि सानोभर्याङ का केन्द्रिय सदस्य अनिता खरेल, धुव्र कुमार शिलवाल , चितवन सभापति प्रेम प्रसाद गैरे , कोषाध्यक्ष राम प्रसाद ओस्ती , उपसभापति राजेन्द्र आर्चाय र जिल्ला सदस्य महाप्रसाद सिलवालहरु बिच मिलन समिती बनेको छ । शनिवार सो समितीका संयोजक गजेन्द्र बहादुर अर्यालको संयोजकत्वमा भरतपुरमा बैठक बस्यो । सो बंठकले दुई संघको मिलनमा आवश्यक मार्ग खोजी दिगो मिलनमा जाने निर्णय गरेको छ । मिलन संघले १ हप्ता पछि बैठकमा मिलनका लागि भएका प्रगति बारेमा थप छलफल गरि अगाडि बढ्ने संयोजक अर्यालले प्रष्टाउनु भयो । साथै यहि माघ १५ गते देखि ओमकार परिवार को सक्रियता भरतपुर मा हुने महायज्ञको प्रचारप्रसारमा सक्दो सहयोग गर्ने छलफल समेत गरिएको संयोजक अर्याल बताउनु भयो ।दुई  विश्व हिन्दु महासंघ हुनैपर्ने भन्दै चितवनका धार्मिक अभियन्ता टंकनाथ पौडेलले पहल गरेको जानकारी दिनुभया । यदि एक हुन सकेन भने विश्व हिन्दु महासंघको पद त्याग गर्ने समेत तयार भएको पौडेलले बताउनुभयो  । 

प्रतिकृया दिनुहोस