योगी नरहरिनाथ : नेपालका अमूल्य निधि

योगी नरहरिनाथको जन्म विक्रjhnjhhhhhhhhhjjjj  म संवत् १९७१ साल फागुन १७ गते भएको थियो । उहाँको देशवसान २०५९ साल फाल्गुण १३ गते राति भएको थियो । विद्वान् योगी थापा कुलमा जन्मिएर पनि ब्राम्हण भन्दा माथिको कहलिनु भयो भने डा.स्वामी प्रपन्नाचार्य पनि राई बंशमा जन्मिएर पनि सिद्धहस्त ब्राम्हणभन्दा उच्चकोटीको मानिनु हुन्छ । स्व. योगी नरहरिनाथ तथा वेदका प्रकाण्ड हुनुहुन्थ्यो । योगी नरहरिनाथ र स्वामी डा.प्रपन्नाचार्य यी दुवै ऋषितुल्य हुनुहुन्थ्यो । डा. प्रपन्नाचार्यले विद्यापारिधि वेदमै गर्नु भएको हो । मैले बुझेसम्म २०३५ साल भन्दा अगाडि योगी नरहरिनाथसँग स्वामी प्रपन्नाचार्यको भेटघाट हुन सकेको थिएन । तर पछिका दिनमा योगीजीको स्वामी प्रपन्नाचायसँग संगत बढेको थियो । स्वामी प्रपन्नाचार्य मलाई धेरै विश्वास गर्नु हुन्थ्यो । म उहाँका विचारहरूलाई जनसमक्ष प्रस्तुत गर्न उदत्त भइरहन्थें । योगी नरहरिनाथ तथा स्वामी प्रपन्नाचार्य यी दुवै नेपालका अमूल्य निधिहरू हुन् । स्वामी प्रपन्नाचार्य पाँचथरको नांगीमा जन्मिएर नेपालको एक सिद्धहस्त योगी तथा देशभक्त स्रष्टा तथा नीतिशास्त्रका ज्ञाता बनेर उहाँले विभिन्न जातमा विभाजित नेपालीहरूलाई एकताको सूत्रमा आबद्ध गर्न सक्ने भावनाबाट अनेक ग्रन्थ तथा लेखहरू प्रकाशित गरेर मार्गदर्शन गर्नुभयो ।

योगी नरहरिनाथको चमत्कारी व्यक्तित्व थियो । योगीजीको कुटी मृगस्थलीमा सधैं एउटा गाईको बाछा अंगरक्षक सरह रहने गथ्र्यो । त्यो गाईको बाछोलाई योगीजीले अत्यन्तै माया गर्नुहुन्थ्यो । योगी बिमार भएपछि त्यो बाछाले कहिले छोडेन । योगीको देहावसानपछि बाछाले आँसुका धारा चुहाइरह्यो । यो घटना यो लेखक स्वयंले देखी जानेको विषय हो । उहाँ स्वर्गीय भएको खबर सुनेर मृगस्थली पुगेको बेलामा एउटा गाईको बाछोले उहाँको वरिपरि घुमिरहेको थियो । योगीको देहावसान भएपछि पनि उहाँको समाधी राखिएको स्थलमा पनि यो बाछो घुम्ने गथ्र्यो यसरी योगीको मृत शरीर र समाधी वरिपरि घुम्नु यो अत्यन्त दैविक चमत्कार जस्तो लाग्छ । यसबाट गाईमा चेतनाको हिरण्मय शक्ति व्याप्त छ भन्न सकिन्छ । योगी इतिहास निर्माणका योद्धा हुनुहुन्थ्यो । योगी नरहरिनाथले देश भ्रमणको बेला राष्ट्र निर्माता पृथ्वीनारायण शाहबाट भाइ भारदारहरूको भेलामा निर्देशन दिएका अद्वितीय हस्तलिखित उपदेशहरू पत्ता लगाएर प्रकाशित गराएर नेपाली जनमानसमा महान उपलब्धि प्रस्तुत गर्नु भएको थियो । योगीले पृथ्वीनारायण शाहका दिव्य उपदेश प्रकाशित गरेपछि दिव्य उपदेशले नेपाललाई मार्गदर्शन गर्ने मूल नीतिका रूपमा देखा प¥यो । त्यसैगरी, इतिहास प्रकाशन सन्धिपत्र–संग्रह– सात भागसम्म, शिखरिणी यात्रा, गोर्खा वंशावली, हिमवतखण्ड, नेपालका चौध अञ्चल आदि इत्यादि ग्रन्थहरू प्रकाशित गराएर देशका लागि ठूलो योगदान गर्नु भएको छ । योगी नरहरिनाथले हिन्दू तथा बौद्ध धर्मको व्याख्या, खोज अनुसन्धानमा जीवन बिताउनु भयो ।

 

प्राचीन समयमा नेपाल अहिलेको भन्दा धेरै ठूलो थियो । पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दूकुश, उत्तरमा कैलाश मानशरोवर र दक्षिणमा गंगासम्मको भूभाग ‘हिमवतखण्ड’ हो । समयकाल परिस्थितिले हिमवतखण्ड विभिन्न टुक्रामा विभाजित हुन पुगेको थियो । चन्द्रगुप्त विक्रमादित्यका छोरा समुन्द्रगुप्तको प्रयागको अभिलेखमा–‘कामरूप (आसाम) र कर्कपुर (कुमाऊ)को बीचको देशलाई ‘नेपाल’ भनी लेखिएको कुरालाई हेर्दा प्राचीनकालमा हिमवतखण्ड नेपाल भन्नाले आजको भन्दा ठूलो र प्रभावशाली थियो भन्ने कुरा थाहा हुन्छ । हिमवतखण्डको यो क्षेत्र पृथ्वीभरमा एउटा स्वर्णभूमि हो । वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा हिमवतखण्डलाई– ‘भारतबर्षे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि’ भनेको कुरालाई हृदयांगम गर्दा यो क्षेत्र कति महान् छ भन्ने कुरा बुझिन्छ । पृथ्वीनारायण शाहको नेतृत्वमा चन्द्र–सूर्य अंकित झन्डा फहराएर हिमवतखण्डको अस्मिता र मौलिकतालाई जीवन्त रहेको हो । विशाल नेपालको सिर्जना हुनुभन्दा अगाडि हिमवतखण्डको यो क्षेत्रमा थुपै्र ससाना राज्यहरूमा विभाजित भएका थिए । यस क्षेत्रमा शक्तिशाली बेलायती साम्राज्यको आँखा परिसकेको थियो । पृथ्वीनारायण शाहजस्तो सपूत यस क्षेत्रमा नजन्मिएका भए यो क्षेत्रको अस्मिता उसैबेला गुमिसक्ने स्थिति थियो । नेपालको एकीकरण हुनुभन्दा अगाडि नेपाली भाषा अनेक जातीय भाषाहरूको बीचमा अन्तरभाषाका रूपमा व्यापक भइसकेकाले सबै नेपालीहरूको साझा भाषाको रूपमा नेपाली भाषा राज्यको सरकारी भाषाका रूपमा स्वतः रूपान्तर हुँदा नेपालको राष्ट्रिय एकतामा थप बल पुगेको थियो ।

 

योगी नरहरिनाथको चमत्कारी व्यक्तित्व थियो। योगीको कुटी मृगस्थलीमा सधैं एउटा गाईको बाछा अंगरक्षकसरह रहने गथ्र्यो। त्यो गाईको बाछोलाई योगी अत्यन्तै माया गर्नुहुन्थ्यो। योगी बिमार भएपछि त्यो बाछाले कहिल्यै छोडेन

योगी एक सफल अन्वेषक मात्र नभएर एक कुशल वक्ता पनि हुनुहुन्थ्यो । घण्टौंसम्म बोल्दा पनि उहाँ थाक्नु हुन्नथ्यो । योगी नरहरिनाथ नेपालको यस्तो व्यक्तित्व हुनुहुन्थ्यो कि नेपालको राजनीतिक परिवर्तनहरू–२०१७ सालको राजनीतिक परिवर्तन होस् वा २०३६ सालको जनमतसंग्रह वा २०४६ को सत्ता परिवर्तन होस् सबैमा योगीजी मुछिनु भएको छ । पञ्चायतकालमा नयाँ शिक्षा योजना कार्यान्वयनको विरुद्धमा उहाँ सशक्त विरोधमा उत्रिएकाले आफ्नो प्रभुत्वको बेलामा नक्कली आरोप लगाएर डा. मोहम्मद मोहसीनको भित्री आदेशमा अपमानित तरिकाले जेल पनि पर्नु भएको थियो । योगी नरहरिनाथ जस्तो ऋषितुल्य व्यक्तित्वमाथि पनि षड्यन्त्र गरेर जेलमा राख्नु त्यो बेलाको यो अमानवीय दुःखद घटना थियो । एउटा घटनाको स्मरण गरौं । २०१७ साल साउन महिनामा नेपाली कांगे्रसका कार्यकर्ता भनिएका तर गोर्खापरिषद्का व्यक्तिको नेतृत्वमा गोर्खामा ठूलै लुटपाट मच्चियो । नेपाली कांगे्रसका कार्यकर्ताहरूको थिचोमिचो पनि बढ्दै गएको अवस्थामा कर्मवीर महामण्डलका अध्यक्ष योगी नरहरिनाथ पनि असोजतिर गोर्खा पुगेका थिए ।
२०१७ साल कात्तिक ९ गते दिउँसो ती हजार जति मानिसहरूको जुलुस कर्मवीर महामण्डलको झन्डा लिई ‘नेपाली कांगे्रस धोका हो, पक्षपाती सरकार मान्दैनौं’ भन्ने कांगे्रसविरोधी कडा नारा लगाउँदै अड्डा अगाडि जुलुस आउँदा प्रहरीहरूसँग भिडन्त भई ढंगामुढा लाठी चार्जपछि गोलीकाण्ड भयो जसमा सात जना ठहरै मरेको र १० जना गोलीबाट घाइते र ७÷१० जनाको हातखुट्टा भाँचिएकाले सम्हालिन नसक्ने आतंकको सिर्जना भयो । यी सबै कुरा योगी नरहरिनाथको उघ्र भाषणको कारणले भएको भनियो । कात्तिक ९ गते गोर्खाकाण्ड भयो । नरहरिनाथलाई पक्राउ गर्ने आदेश पनि भयो । तर गोर्खामा योगी कतै भेटिनुभएन । गोर्खाकाण्ड भएको तेस्रो दिनमा योगी नरहरिनाथ जुम्लामा देखिएको हल्ला आयो । जबकि कस्सिएर हिँड्दा गोर्खाबाट जुम्ला पुग्न १० दिन लाग्छ भने कसरी योगी पुग्नुभयो ?

योगी नरहरिनाथसँग सम्बन्धित २०१७ सालको एक घटनाको सम्झना आउँछ । राजा महेन्द्र बेलायत गएको अवस्था छ । योगीलाई कांगे्रस मास्न राजदरबारले लिखत दिएर पठाएको छ भन्ने झुठा रिपोर्ट प्रधानमन्त्री बीपी कोइरालाका कानमा प¥यो । बीपी पनि त्यही कुरालाई विश्वास गरेर बोल्न थाल्नु भएको थियो । बेलायतबाट राजा महेन्द्र फर्केर आएपछि योगीसँग मुछेर प्रधानमन्त्रीले दिएका वक्तव्यका सम्बन्धमा राजा महेन्द्रलाई चित्त नबुझेकाले प्रधानमन्त्रीलाई बोलाएर (बेलायतबाट ल्याएका उपहार श्रीमती प्रधानमन्त्री सुशीलालाई छालाको ब्याग, बीपीलाई टेप रिकर्डर, घडी, ब्रास्लेट राजाले दिँदै) पुस १ गते भन्दा केही दिन अगाडि राजाले सोधेको कुरालाई लिएर बीपीले आफ्नो आत्मवृत्तान्तमा भनेका छन्– ‘तपाईंले हामीलाई किन मुछ्नु भो त्यो जोगीकाण्डमा ? बिनाप्रमाण किन वक्तव्य दिनुभयो ? हामीलाई दोष लगाउनु भयो ?
सरकार । मैले होइन जोगीले मुछेको छ । जोगीलाई कारबाही हुँदै छ ।’ ‘तपाईंले त्यो कारबाही हुँदाहुँदै किन पब्लिक वक्तव्य दिनुभयो ?’ भनेर राजाले गुनासो गरेको कुरालाई लिएर बीपीले भनेका छन्– ‘महाराजाधिराजले मलाई आदेश बक्सेको छ कि यो धर्म नमान्ने प्रधानमन्त्री र त्यसको सरकारको विरुद्ध विद्रोह गरे हुन्छ भनीकन ऊ हिँड्थ्यो ।’ राजा महेन्द्र र प्रधानमन्त्री कोइरालाबीचको सम्बन्ध विच्छेदको अध्याय यहींबाट सुरु हुन्छ ।

तर गोरखाकाण्ड र योगी नरहरिनाथबीचको वास्तविकता त्यस्तो थिएन । ‘कर्मवीर महामण्डलले गरेको अनुरोधअनुसार ५ सय रुपैयाँ चन्दा श्री ५ महाराजाधिराज सरकारबाट बक्सेको छ’ भन्ने कुरा राजा महेन्द्रका सैनिक सचिव शेरबहादुर मल्लले लेख्नु भएको कागज योगीजीले बोक्नु भएको र त्यही कागजलाई अरूहरूले पनि देखेको हुँदा त्यसैलाई राजदरबारबाटै कांगे्रसको विरोधमा जनतालाई विद्रोह गराउन योगीलाई पत्र दिई पठाइएको थियो भन्ने भ्रम खडा गराएर बीपीसमक्ष पोल पु¥याइएका कारणले राजा र प्रधानमन्त्रीबीचमा फाटो पार्नेे जालो बन्न गयो । यही बेलिबिस्तारको क्रममा योगी नरहरिनाथलाई पक्राउ पुर्जी पठाई जुम्लाबाट पक्राउ गरेर नेपालगन्जमा ल्याई त्यतैबाट सेना प्रयोग गरेर कालीगण्डकीमा हात्तीमाथि चढाएर नदी पार गराउने निहमा नरहरिनाथलाई नदीमा डुबाएर समाप्त पार्ने षड्यन्त्रअनुसार नरहरिनाथलाई हात्तीमा चढाएर केहीबेरमा नदी पार गर्ने क्रममा हात्ती फसेपछि नरहरिनाथ पनि डुब्न पुगे । तर नरहरिनाथमा पौढन सक्ने क्षमता रहेछ उनी बाँचे । यो कुरा बीपीलाई जानकारी थियो वा थिएन यसै भन्न सकिँदैन
चार वेदका ऋचाहरू योगीलाई कण्ठस्थ थियो । कतिपय, योगीलाई मान्छेको कम्प्युटर भन्थे । योगी भन्नुहुन्थ्यो– ‘कैलास–मानसरोवरदेखि हिन्दमहासागरसम्म जसको राज्य र घर छ त्यो हिन्दू हो ।’ विश्व विकासको जगज्जेष्ठ हिमालय हो । मानव हाम्रो दर्शन ज्येष्ठ हो । मनु यहीं जन्मेका, वेद यही जन्मेका, उपनिषद् तराईमा बनेका हुन् । हाम्रा पुर्खाहरू कतैबाट आएका भनिन्छ, हाम्रो मूल थलो यही हिमवतखण्ड नेपाल हो । नेपाल नै सभ्यताको मूल थलो हो । मानव सभ्यताको थलो हिमालयको फेद हो । हामीले हाम्रो राष्ट्रियतालाई गौरव सम्झनु पर्दछ । हामी यहींका रैथाने हौं, भगुवा होइनौं । हाम्रो देशलाई हामीले नै समृद्ध बनाउन सक्नुपर्छ । विदेशी सहायताले हामीलाई बिगार्छ । काम गर्दा सानो हुन्छु भन्ने भावना राख्नुहुन्न ।’ योगी नेपाली समाजमा अमर हुनुहुन्छ । सिद्धहस्त देशभक्त योगी नरहरिनाथको १०४औं जन्मजयन्तीको अवसरमा हामी सबै श्रद्धाञ्जलि अपर्ण गर्छौंंंं ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस