भास्कराचार्य : बीजगणितका जनक

अषार,२३,अषार । , यसपटक हाम्रा कुन प्राचीन वैज्ञानिक ऋषिले बीजगणित अर्थात् अल्जेब्राको बारेमा अध्ययन अनुसन्धान गरेका रहेछन् छोटो चर्चा गरौँ । आजभन्दा करिब १५०० वर्षअगाडि ईसापूर्वको बाह्रौँ शताब्दीमा पूर्वीय दर्शनका एक वैज्ञानिक भास्कराचार्य द्वितीय बीजगणितमा विभिन्न सङ्केतहरुलाई बीजारोपण गरेर यस क्षेत्रमा तत्कालीन समयमा ठूलो योगदान दिएका थिए । त्यसैले, उनलाई बीजगणितका पिता अर्थात् जनक पनि भनेर भन्ने गरिन्छ ।

भास्कराचार्य प्राचीन समयमा गणित र खगोलशास्त्रका धुरन्धर विद्वान् थिए । गणितज्ञ हुनुका साथै बीजगणितको क्षेत्रमा यिनले ठूलो योगदान पु¥याएका थिए । भास्कराचार्यद्वारा लिखित बीजगणित नाम गरेको प्राचीन पुस्तकमा बीजगणितका विभिन्न सूत्रहरुको लिपिबद्ध आलेख र निरुपण गरिएका प्रशस्त अभ्यासहरु भेटिन्छन् । उनको ‘बीजगणित’ नाम गरेको पुस्तक बीजगणितीय प्रविधिहरुको निकै मह¤वपूर्ण ग्रन्थ हो । त्यस ग्रन्थमा बीजगणितका विभिन्न क्षेत्रहरुका ज्ञानलाई जसरी आधुनिक समयमा अनेकौँ सङ्केतहरु र सूत्रहरुको प्रयोग गरेर विभिन्न अभ्यासहरुको निरुपण गरिन्छ त्यसैगरी निरुपण गरिएका प्रशस्त उदाहरणहरु देख्न पाइन्छन् ।

बीजगणितीय अवधारणाहरुलाई दर्शाउने भास्कराचार्यको ग्रन्थ ‘बीजगणित’मा लेखिएको एउटा प्रसिद्ध छन्दबाट पनि उनी बीजगणितका कति धुरन्धर विद्वान् थिए भन्ने कुरा प्रस्ट हुन्छ ।

गुणां गुणार्धं त्रिगुणान्तं
द्विगुणान्तं च योजयेत् ।
स्वनिधिर्लब्ध्वा चान्यत्र
कुत्रापि न व्यसेद्गणः।।

यसमा दुई गुणाको गुणनफलको योगफल निकाल्न, आधा गुणनफल, तीन गुणाको गुणनफल र दुई गुणाको गुणनफलको योगफल जोड्नुपर्छ भनिएको छ । अझ यसलाई स्पष्ट पार्न थपरुपमा व्याख्या गर्दै भनिएको छ, यसले सम्पत्तिको संरक्षणको अवधारणालाई जोड दिन्छ, अर्थात् सम्पत्ति जुनसुकै ठाउँमा स्थानान्तरण गर्दा पनि घटबढ हुँदैन । यस श्लोकले भास्कराचार्य द्वितीयको बीजगणितीय सूत्रको व्यावहारिक उपयोगलाई गहन तरिकाले प्रदर्शन गरेको छ ।

यसरी अल्जेब्रा अर्थात् बीजगणितको क्षेत्रमा एउटा ऐतिहासिक कार्य गरेका छन्, आचार्य भास्करले । उनको योगदानले अनिश्चित बीजगणितीय समीकरणहरुलाई हल गर्न सजिलो बनाएको छ । त्यस्ता अनिश्चित समीकरणहरुलाई हल गर्नका लागि एल्गोरिथम सिद्धान्तको पनि उनले प्रतिपादन गरेका छन् । भास्कर आचार्य वास्तवमै आजभन्दा करिब १५०० वर्षअगाडिका एक महान् गणितज्ञ वैज्ञानिक थिए ।

उनको बीजगणितको व्यवस्थित प्रविधि, सूत्रहरुको बेजोड प्रस्तुतिको आजसम्म पनि निरन्तर सफल प्रयोग भइरहेको छ । यी भास्कराचार्य संसारभरिका खगोलशास्त्रीहरु र गणितका विद्वान्हरुका लागि प्रेरणाको स्रोत बनेका छन् । यस्ता महान् गुरू श्री भास्कराचार्यलाई हाम्रो सदा वन्दन र अभिनन्दन छ । यो पनि थाहा पाऊँ कि आधुनिक बीजगणितका योगदानकर्ता इसापूर्व नवौँ शताब्दीमा इराकमा जन्मिएका अल–ख्वारिज्मी हुन् ।

वसुधैव कुटुम्बकम्

‘वसुधैव कुटुम्बकम्’– यो एउटा संस्कृत वाक्यांश हो । यो वाक्यांश महाउपनिषद् नामक प्राचीन हिन्दुग्रन्थबाट लिइएको हो । यो वाक्यांशले विश्व एक परिवार हो भन्ने बुझाउँछ । आजभन्दा ५–७ हजार वर्षअघिदेखि उद्धृत यो वाक्यांश आज पनि उत्तिकै प्रासङ्गिक छ । यसले वैश्विक परिप्रेक्ष्यमा व्यक्तिगत या पारिवारिक नभएर सामूहिक कल्याणलाई प्राथमिकता दिन्छ । यसले अरुको कल्याणका बारेमा सोच्न सिकाउँछ । आजको समयमा त झन् यसको मह¤व अरु बढेको छ ।

विश्वलाई एकजुट बनाउनु, अरुको कल्याणका बारेमा सोच्नु, विशेष गरेर अहिलेको जल्दोबल्दो समस्या जलवायु परिवर्तन र विश्व कल्याणका बारेमा चर्चा गर्नु, शान्ति र सद्भाव कायम गर्नु, विभिन्न मतभेदहरुप्रति सहिष्णुता दर्शाउनु, विश्व परिदृश्यमा देखा परेका मह¤वपूर्ण मुद्दाहरुको समाधानका लागि तत्पर रहनु, यी सबै हाम्रा दर्शनहरुले निर्देशित गरेका वसुधैव कुटुम्बकम्को मूल मन्त्रबाट अभिप्रेरित भएका मुद्दाहरु हुन् ।

वसुधैव कुटुम्बकम, वसुधा, इव अनि कुटुम्बकम् तीन शब्द मिलेर बनेको छ ।

अयं निजः परो वेति
गणना लघुचेतसाम्,
उदरचरितानां तु
वसुधैव कुटुम्बकम् ।

उक्त कवितांश महोपनिषद्को मूल श्लोकबाट लिइएको हो । यसको आशय वसुधा अर्थात् पृथ्वीमा भएका सबै जीवप्राणीहरु, इव अर्थात् झैँ, कुटुम्बकम् अर्थात् एकअर्कामा दाजुभाइ, दिदीबहिनी हुन् । पूर्वीय दर्शनमा यो वाक्यले समाजमा मह¤वपूर्ण नैतिक मूल्य बोकेको मान्ने गरिन्छ । यो वाक्यांशलाई त अझ गत वर्ष भारतले जी–२० राष्ट्रहरुको सम्मेलन भवनमा नै मूल मन्त्रको रुपमा सजाएर पूर्वीय मूल्यलाई अझ उजागर गरेको थियो । यस्तो अभियानबाट एउटा सर्वोच्च र सार्वभौमिक समाजलाई एउटै आत्मामा अभूतपूर्ण तरिकाले जोडेको हुन्छ । माथि भनिएको श्लोकले व्यक्तिको आफ्ना गुणहरुलाई पनि प्रतिबिम्बित गर्दछ । पृथ्वीमा भएका सबै प्राणीहरु एकअर्काप्रति समर्पण भावले लाग्दछन् भन्ने कुराको पनि अर्थ जनाउँछ ।

लोकप्रिय हिन्दु शास्त्र श्रीमद्भागवतगीता, महापुराणहरु र अन्य हिन्दु धर्मशास्त्र, इतिहास र साहित्यहरुमा वसुधैव कुटुम्बकम् भन्ने वाक्यांशले उच्च आध्यात्मिक चेतनालाई जनाउँछ । वसुधैव कुटुम्बकम्को यस्तो महानतम विचार आज पनि उत्तिकै प्रासङ्गिक मानिन्छ । यसले विश्वभाइचारालाई बढावा दिन्छ । यस्तो विचारले व्यक्तिगत सम्बन्धलाई मात्र नभएर सामाजिक सम्बन्धलाई समेत प्राथमिकतामा राखेको हुन्छ । यस्तो विचारले अरुको कल्याणको चाहना राखेको हुन्छ । यस्तो विचारले सर्वकल्याणका लागि भएका अनेकौँ प्रयासहरु जस्तैः जलवायु परिवर्तन, शान्ति र विकास, सामाजिक सद्भाव र सहिष्णुतालाई अझ बढी एकजुट र मजबुत बनाउन सहयोग गर्दछ । एकले अर्काको अस्तित्व स्वीकार गर्नु, एकले अर्काको शान्तिलाई प्रश्रय दिनु यो वाक्यांशको अभिप्राय हो । यस्तो वाक्यांशको प्रयोगले हाम्रो संस्कृति कति समृद्ध र कति परिपक्व छ भन्ने दर्शाउँछ । हामी त्यस्तो सांस्कृतिक धरोहरमा जन्मिएका र हुर्किएका सन्तति हौँ, जसले अहम् ब्रह्मास्मिदेखि वसुधैव कुटुम्बकम्सम्म अवलम्बन गरेको छ ।
https://www.chitwanpost.com.np/20250706-30565

प्रतिकृया दिनुहोस