पुर्वि चितवनमा शिवरात्री विशेष महाअनुष्ठान गरिदै


पुर्वि चितवन , २४ माघ विश्व हिन्दु महासंघ नारायणी अञ्चल ,चितवन जिल्ला रत्नगर समितिको आयोजनामा रत्ननगर २ रहेको महारुद्ध शिवालय मन्दिर परिसरमा विषेश अनुष्ठान गरिदैछ । अनुष्ठानकै क्रममा माघ २० गते भव्य १०८ शिवङ्गि सहित नगर परिक्रमा गरिएको छ । यहि माघ २९ गते १०८ शिवलिङ्ग
, गणेश मुर्ति र शनिको मुर्ति प्राण प्रतिष्ठा,लघु रुद्धि र होम गरिने आयोजकले जनाएको छ । सोहि अवसरमा आगामि फागुन १ गतेबाट यज्ञ को पुर्वाङ गरिने र २ गतेबाट ८ गतेसम्म कथा प्रवचन को कार्यक्रम रहेको छ । लमजुङ
निवासी पंन्डित केदारनाथ देवकोटा प्रमुख वाचकत्वमा रामायण कथा वाचन गरिने बेलुका लक्ष्ववर्ती कार्यक्रम रहेको हिन्दु महासंघ नारायणी अञ्चल सदस्य लेखनाथ वास्तोलले जनाउनु भयो । उहाँका अनुसार फागुन ३ गते शनिवार भव्य शनिदेवको पुजाँ अर्चना गरिने , ९ गते शिवरात्रीको पावन अवसरमा शिवरात्री पर्व विशेष शिव उत्सव कार्यक्रम गरि अनुष्ठान को समापन गरिने छ । महाअनुष्ठानको भव्यताका साथ सम्पन्न गर्न विश्व हिन्दु महासंघ केन्द्रिय समिती अन्चल समिती , जिल्ला समिती र नगर समिती सबै लागि परेको विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य गजेन्द्र बहादुर अर्यालले जानकारी दिनुभयो । सो शिवालय मन्दिरमा विगतका वर्षहरुमा पनि शिवरात्रिका विशेष अवसरमा धार्मिक अनुष्ठान गरिदै आएको विश्वहिन्द अञ्चल सदस्य लेखनाथ वास्तोलाले बताउनु भयो । महाअनुष्ठान सम्पन्न गर्नका लागि विश्वहिन्दु महासंघका केन्द्रिय उपाध्यय हरिविलास खनाल संयोजकत्वमा मुल सचिवालय समारोह समिती समेत गठन गरिएको छ । जसमा विश्व हिन्दु महासंघ अञ्चल अध्यक्ष बलराम शिवाकोटी ,उपाध्यक्ष कृण्णराज पन्त ,सदस्य लेखनाथ वास्तोला महासंघ जिल्ला अध्यक्ष बालकुमारी अर्याल , रत्ननगरसमिती
अध्यक्ष सुनीता अधिकारी लगायत रहनु भएको छ ।

प्रतिकृया दिनुहोस