शुरु भयो यो वर्षको चैते नवरात्रि

 काठमाडौ , चैत १२ । यो वर्षको चैते नवरात्रि आज वुधवारबाट शुरु भएको छ ।  चैत शुक्ल प्रतिपदाको दिनदेखि सुरु हुने यो  नवरात्रिमा   कोरोनाको प्रभावका कारण बाहिर जानसक्ने अवस्था छैन । सोमबारदेखि सरकारले एक हप्ते लकडाउन जारी गरेकोले मन्दिर जान समेत समस्या हुने अवस्था छ । त्यसैले यो नवरात्रमा सबैले आआफ्नै घरलाई नै मन्दिर सम्झिएर नवरात्र मनाउनुपर्ने देखिन्छ ।

कोरोनाको कारण यतिबेला परिवारसँग रमाएर बस्नुको विकल्प नै छैन । साथीहरुसँग भेटघाट गर्ने अवस्था छैन । यस्तो अपस्थामा आएको नयाँ वर्षमा कसरी मनाउने घरमा नै बसेर चैते दशैं ? दशैंको समयमा पोषणविद्हरुले खानपानमा समेत ध्यान दिन सुझाव दिने गर्छन् ।

कोरोनाको प्रकोप फैलिएको बेलामा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सहायक सिद्ध हुने फलहरुको बढी प्रयोग गर्नु उपयुक्त हुने पोषणविद्हरुको सुझाव छ । चिकित्सकहरु यो समयमा धेरै भन्दा धेरै रोग प्रतिरक्षा क्षमता बढाउने खालको खानेकुरा खानुपर्ने बताउँछन् ।

घरमै कसरी मनाउने नवरात्रि ?

नवरात्र आफैंमा विशेष महत्वपूर्ण हुन्छ । शारदीय नववर्षको समयमा मुख्य दशैं मनाउने गरिन्छ भने यो वसन्त ऋतुमा मनाइने दशैं हो । यो पनि शारदीय नववर्षमा जस्तै विशेष खालको पर्व हो । जसमा ९ दिनसम्म विधि पूर्वक विभिन्न देवीहरुको पूजागर्ने गरिन्छ । त्यसैले पनि यो पर्वको समेत शास्त्रमा महत्व छ ।

सनातन धर्मालम्बीहरुले धुमधामका साथ मनाउने यो दशैं यो वर्ष अरु वर्षको भन्दा भिन्न छ । कोरोना भाइरसको कारणले यो वर्षको दशैं समेत प्रभावित भएको छ । तर, यो एउटा अवसर समेत हो । जुन घरभित्रै सबैसँग दशैं मनाउने अवसरको रुपमा समेत यसलाई लिन सकिन्छ । यो नौ दिनमा घरमै बसेर के के गर्ने ?

चैते दशैंको पहिलो देवी भगवतीको प्रतिमा घरमा नै स्थापित गरेर पूजा गर्न सकिन्छ ।

यदि तपाईं नवरात्रिको उपवास राख्न असमर्थ हुनुहुन्छ भने पनि खानामा विशेष ध्यान दिएर नवरात्र मनाउन सकिन्छ । यो समयमा उपवास बस्न नसक्नेहरुले जबर्जस्ती व्रत बस्दा यसले झनै समस्या सिर्जना गर्नसक्छ ।

यो समयमा सकेसम्म सात्विक खाना लिनु स्वास्थ्य र धार्मिक हिसाबले समेत शुभ मानिन्छ । अहिले कोरोना भाइरसको प्रकोपका कारण आहारको शुद्धतामा विशेष ध्यान राख्नु आवश्यक मानिन्छ ।अनलाइनखबर

प्रतिकृया दिनुहोस

साताको लोकपृय

केदारनाथ यात्रा लगातार तेस्रो दिन पनि स्थगित

भारतको उत्तराखण्डमा अवस्थित केदारनाथ पदयात्रा मार्गमा रहेको चिरबासा नजिकैको पहाडबाट लगातार ढुङ्गा...