घर घरमा नै दिपप्रज्वलन ,हवन ,मन्त्रजाप , शंखघण्ट बजाएर मनाइयो नववर्ष २०७७

घर घरमा नै दिपप्ज्वलन ,हवन ,मन्त्रजाप , शंखघण्ट बजाएर मनाइयो योपटक नववर्ष २०७७
चितवन वैशाख १ । आज वैशाख १ गते विक्रम संवत् २०७७ नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरि घरमा नै वसेर मनाइएको छ । विभिन्न मठ मन्दिर ,गंगा तटहरुमा गएर मनाउने नववर्ष यस वर्ष भने लकडाउनका कारण घरमा धार्मिक अनुष्ठान गरि मनाइएको छ ।
यस दिन नेपालमा रहेका विभिन्न धार्मिक संघसस्थाका अनुयायिहरुले घरमा नै वसेर होम , हवनं मन्त्र जप लगायत साझँमा दिपप्रज्वलन गर्न आव्हान गरे अनुसार नै मनाइएको छ ।

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिवक्रम संवत् २०७७ बेैशाख १ गते साँझ ६स्३० बजे घरघरमा साथै मठ मन्दिरमा दीप प्रज्वलन गरि नयाँ बर्षलाई स्वागत गर्न

आव्हान गरेको थियो । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति,का उपाध्यक्ष अस्मिता भण्डारीले

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुने शक्ति विश्व भरका सबै मानवमा प्राप्त होस् भन्ने कामनाका साथ नववर्षमा घरघरमा साथै मठ मन्दिरमा दीप प्रज्वलन गरिएको बताउनु भयो यसैगरि । नववर्षको पहिलो विहानीमा पतन्ञ्जली योग समिती नेपाल अन्तरगत रहेका सबै समितीका सदस्यहरुले घर घरमा नै हवन् ,गायत्री मन्त्रजप ,महामृत्युन्जय मन्त्र जाप गरेर मनाएको पतन्जलि योग समिती नेपालले जनाएको छ 

 

पतन्जली योग महिला समिती नेपालका सह प्रभावी अर्चना घिमिरेले पतन्जलि योग समिती नेपालका देशैभरिका सदस्यहरुले घरमानै वसेर हवन र मन्त्रजाप गरेको बताउनु भयो । त्यसैगरि राष्टिय धर्म सभा नेपालले नववर्षको पहिलो साझँ आफ्ना सबै सदस्यहरुले साझँ दिप प्रज्जवलन र शंख घण्ट ,डमरु बजाएर मनाएको धर्मसभाका उपाध्यक्ष अरुण कुमार पान्डले जानकारी दिनुभयो । त्यसैगरि श्री वागिश्वरी आध्यात्मिक परिषद योगी नरहरीनाथ आश्रममा पनि आज विहान हवन लगायतको धार्मिक अनुष्ठान गरिएको छ । त्यस्तै नेपाल पुरोहित समाजले पनि आज सूर्यास्तको समयमा घरघरमा दिप बाली धार्मिक कार्यमा प्रयोग गरिने वाध्यवादन बजाएको छ । समाजका वाग्मति प्रदेश अध्यक्ष लिलाराज आर्चायले आफ्नो समाज मार्फत सबैलाई सृृूर्यास्तका समय घरघरमा दिपबाली गर्न आवहान गरेको बताउनु भयो । धार्मिक कार्यमा प्रयोग गरिने वाध्यवादन बजाएर नेपालका धार्मिक संघसस्था मार्फत सबैलाई घरघरमा नै वसेर कोभिड १९ को संक्रमणका अन्तयको कामना स्वरुप दिपप्रज्वलन लगायत शंखं घण्ट बजाउन आवहान गरेका थिए । यसै गरि गत नव वर्ष देखि नारायणघाट तर्फको नारायणी नदी किनारमा गंगा आरती शुरु गरेको थियो । श्री गण्डकी नारायणी महाआरतीको आयोजनामा प्रत्येक साझँ त्यहाँ शुरु गरिएको गंगा आरतीले आज १ वर्ष पुरा गरेको छ । लकडाउनका कारण आरतीका आयोजक परिषद्ले दैनिक साझँ हुने ५ वटा आरतीलाई विधि र विधानमा कुनै कमि हुन नदिई एउटा मात्र आरती शुरु गरेको परिषद्का अध्यक्ष प्रेमनिधी भारद्धाजले बताउनु भयो । उहाँले आरतीमा भक्तहरुधेरै आउने हुनाले र कोभिड १९ संक्रमणको जोखिमबाट जोगिन आरतीमा भक्तहरुको आगमन रोक्न वाध्य भएको प्रष्टाउनु भयो । उहाँले आरतीमा लाइभ प्रसारण मार्फत थोरै जनाको सहभागितामा कार्यक्रम गरेको जानकारी दिनुभयो । आज पनि लाइभ प्रसारण मार्फत आरती निरन्तरता दिएको बताउनु भयो ।

यससूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति हो आज ।

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि ईश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उहाँले भन्नुभयो । उहाँ अध्यक्ष रहेको राष्टिय धर्मसभाले नयाँवर्षको अवसरमा विगतका वर्षहरुमा भव्यरुपमा पशुपतिमा दिपप्रज्वलन गर्ने गर्दथ्यो । लक डाउनका कारण पनि सबैलाई घर घरमा दिप प्रज्वलन गर्न राष्टिय धर्मसभाले पनि आवाहान गरेको थियो।

प्रतिकृया दिनुहोस