महारुद्र शिवालय मन्दिरमा गूरु पूर्णिमा मनाइयो

पूर्वि चितवन , असार २१
गुरु पुर्णिमाको पावन अबसर पारेर पूर्वि भिचतवनमा रहेको शिवालय योग साधना केन्द्र ले आइतवार प्रथम वार्षिकउत्सव मनाएको छ । सोहि अवसरमा पतंजलि योग समिती चितवन रत्ननगर नगर समितीले रत्नगरमा रहेको महारुद्र शिवालय मन्दिरमा गूरु पूणिमा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
पतंजलि योग समिती चितवनका रत्ननगर नगर अध्यक्ष खडानन्द सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रमका
रत्ननगर नगरपालिका वडा २ का अध्यक्ष तिलक राज शर्मा पौडेल प्रमुख अतिथी रहनु भएको थियो । पतंजलि योग समिती का लेखनाथ वास्तोलाको संयोजकत्वमा भएको सो कार्यक्रममा पतंजलि योग समिती चितवनका उपाध्यक्ष केदार नाथ देबकोटा विशिष्ठ अतिथी रहनु भएको थियो । कार्यक्रममा नगरसमिती उपाध्यक्ष हरिशरण पाठक, सचीव बैकुण्ठ अधिकारी, नगर महिला अध्यक्ष गिता सिंखडा, नगर युवा अध्यक्ष वसन्त देबकोटा
र अतिथीहरुमा कृष्ण राज पन्त, कमल नारायण श्रेष्ठ ,नारायण प्रसाद श्रेष्ठ, अम्बिका बास्तोला,सुजन कण्डेल लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिकृया दिनुहोस