आज श्रावण पुत्रदा एकादशी , ,आज नै खिर खाने दिन

काठमाडौं, १५ साउन – आज श्रावण पुत्रदा एकादशी  ,आज  नै १५साउन नेपाली परम्परा अनुसार खिर खाने दिन  ।  पुत्रदा एकादशी श्रावण शुक्ल पक्षका अलवा पौष शुक्ल पक्षको एकादशीलाई पनि भनिन्छ ।  भन्ने गरिन्छ । यस दिन ब्रत बसेमा पुत्र लाभ र शुख प्राप्त हुने विश्वास छ । 

पद्म पुराणका अनुसार पुत्र लाभका लागि पुत्रदा एकादशी व्रत निकै राम्रो मानिन्छ । सन्तानहीन या पुत्रहीन मानिसहरुले यो व्रत लिएको खण्डमा फल प्राप्ति हुने विश्वास छ ।  

यस एकादशीको व्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमीकै दिनदेखि लसुन प्याज खानुहुँदैन । यस दिन बिहानै नुहाए ब्रत बसेमा सुख प्राप्त हुने र अधुरो काम बन्ने विश्वास छ । 

परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खिर खाई यो पर्व मनाउने गरिन्छ । असार साउनमा धान रोपाईंको काम सकेर खुशीयाली स्वरुप खिर खाने चलन बसेको मानिन्छ ।
१५ असारमा दही चिउरा र साउनमा खिर खाने चलन छ । साउन महिनाभर पायक पर्ने दिनमा खिर खाने चलन बसेपनि साउन १५ लाई भने विशेष दिन मानिन्छ ।

 

प्रतिक्रियाहरु

प्रतिकृया दिनुहोस