भोली जनैपूर्णिमा के छ त यसको महत्व

चितवन ,१८ साउन
यस वर्षको जनैपूर्णिमा भोली साउन १९ गते परेको छ । जनैपूर्णिमालाई रक्षाबन्धन पनि भनिन्छ । यस दिन रक्षा बन्धन लगाएपछि विभिन्न मिष्ठान परिकार सगै क्वाटी खाने चलन रहेको छ ।रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र चाड हो । यो चाड श्रावणशुक्ल पूर्णिमाको दिनमा हिन्दू धर्मावलम्बीले मनाउने गर्दछन् ।

रक्षाबन्धन वा जनैपूर्णिमाले सनातन वैदिक ब्राह्मणहरूलाई वर्षभरमा आत्मशुद्धिको अवसर प्रदान गर्छ 

 । यजमानहरूका लागि कर्मकाण्ड यज्ञ, हवन आदि गर्नुको साटो आफ्नै आत्मशुद्धिका लागि अभिषेक र हवन गर्दछन् । अहिले यो संस्कार हट्दै गएको भए पनि अवशेष बाँकी नै छ ।

वैदिककालदेखि नै द्विज जातिले पवित्र नदी एवं तीर्थ

यस दिन नेपालमा ब्रामह्णहरू नुहाई–धुवाई गरेर पूजा पाठ गरि सके पछि पवित्र धागो, जसलाई रक्षा बन्धन भनिन्छ । त्यसलाई बोकेर गाँउ गाँउ गएर सबै जनालाई रक्षा बन्धन बाँधेर टिका लगाईदिने गर्छन । त्यसको बदलामा मान्छेहरूले पुरोहित, ज्वाई, भानिज र बामह्णहरूलाई रूपयाँ पैसा दिने गर्छन ।

रक्षाबन्धन : ‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल ।’
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी धागोरडोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा हिन्दू धमावलम्वीबीच आज पनि त्यत्तिकै प्रचलित छ ।

समयको परिवर्तनसंगै तागाधारी (जनैधारी) हरूको संख्या घट्दै गए पनि जनैपूर्णिमाको दिन भने मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) उक्त मन्त्र पढ्दै ब्राम्हणले यजमानको नाडीमा बाँधिए रक्षा हुन्छ भन्ने प्रचलनलाई सबैले स्विकार गरेकै छन् ।

। यो कर्ममा आन्तरिक एवं बाह्य शुद्धि गोबर, माटो, खरानी, दतिउन, दुबो, कुश र मन्त्रहरूद्वारा गरिन्छ ।

पञ्चगव्य महाऔषधि हो । श्रावणी पर्वमा गाईको दूध, दही, घिउ, गोबर र गहुँतले पखालेर शरीर एवं अंतःकरणलाई शुद्ध गरिन्छ ।

यो उपाकर्मले व्यक्तिको शरीर, मन एवं आत्माका साथ संस्कारहरूलाई शुद्धि गर्छ ।

जनैपूर्णिमा र जनैको महत्व

जनैपूर्णिमामा व्रतबन्ध गरेका द्विजातिहरूले जनै अर्थात् यज्ञोपवित फेर्दछन् । सनातन हिन्दू धर्मका १६ संस्कारमध्ये एक उपनयन संस्कार गरेपछि जनै लगाउने गरिन्छ ।

जनै धारणको धार्मिक र वैज्ञानिक महत्व 

धार्मिक महत्व

द्विज बालकले जनै लगाएपछि नै यज्ञ तथा स्वाध्याय गर्ने अधिकार पाउँछ । द्विजको अर्थ हुन्छ अर्को जन्म । जनैलाई उपवीत, यज्ञसूत्र, ब्रह्मसूत्रजस्ता नामले पनि चिनिन्छ । जनै धारण गर्ने परम्परा वैदिक कालदेखि चलिआएको छ ।

उपनयन संस्कार भएका वा व्रतमा बाँधिएका व्यक्तिले जनै लगाउँछन् । यसले ब्रह्म (ईश्वर) को नजिक लान सहयोग गर्छ । जनै तीनवटा पवित्र डोरो, सूत्र वा धागोबाट बन्छ । यसलाई देब्रे काँधमाथि तथा दाहिने हातमुनि पारेर लगाइन्छ ।

तीन सूत्रले ब्रह्मा, विष्णु र महेशलाई बुझाउँछ । यसलाई देवऋण, पितृऋण र ऋषिऋण अनि सत्व, रज र तमको प्रतीक पनि मानिन्छ । यी तीन सूत्रहरू गायत्री मन्त्रका तीन चरण र तीन आश्रमका पनि प्रतीक हुन् ।

जनैको लम्बाइ ९६ अंगुल हुन्छ किनकी जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ । बत्तीस विद्या चार वेद, चार उपवेद, ६ अंग, ६ दर्शन, तीन सूत्रग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् । चौसट्ठी कलामा नृत्यकला, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण आदि पर्छन् ।

जनैको वैज्ञानिक महत्व

जनै लगाउने व्यक्ति सफाइको नियममा बाँधिएको हुन्छ । सफाइले उसको दाँत, मुख, पेट आदिका रोगबाट बचाउँछ ।

जनैलाई दाहिने कानमा बेर्दा कानको नसा थिचिन्छ अनि मस्तिष्कको सुषुप्त तन्तुले काम गर्छ ।

दाहिने कानको नसा अण्डकोष र गुप्तांगसँग जोडिएको हुन्छ । मूत्र विसर्जन गर्दा दाहिने कानमा जनै बेर्दा शुक्राणुको रक्षा हुन्छ ।

कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ र एवं पेटसम्बन्धी रोग र रक्तचापको समस्या हट्छ ।

जनै धारण गर्दा विद्युत् प्रवाह रेखा नियन्त्रणमा रहन्छ र काम क्रोध नियन्त्रण गर्न सहज हुन्छ ।

जनैले पवित्रताको अनुभव गराउँछ । मनलाई खराब काममा लाग्नबाट यसले जोगाउँछ ।

पौराणिक कथा :
पौराणिक कथा अनुसार देवराज ईन्द्र र दैत्यराजबीच १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरूले देवताहरूमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे ।

यसरी गौरवहीन जीवनदेखि देवराज ईन्द्र बाँच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिएका थिए । त्यो दिन श्रावणशुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन ईन्द्रको कल्याण एवं विजय कामना होस् भनी रक्षाको विधान श्रावण मासको पूर्णिमाको शुभ मुहूर्तमा इन्द्रलाई रक्षाको बन्धन बाँध्दै निम्न मन्त्र जप्नुहुन्छ ।
येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।।

तत्पश्चात् ईन्द्राणीले ईन्द्रको दाहिने हातमा रक्षासूत्र बाँधे र जुन रक्षासूत्र बाँध्नाले देवराज ईन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो ।

त्यही रक्षासूत्रको सम्झना गर्दै रक्षाबन्धन बाँध्ने प्रचलन रही आएको छ । प्रथम विश्वयुद्धमा ब्राम्हमण, क्षेत्री र मगरहरूको मुसलमानले जनै फालिदिएपछि मगरजातिमा जनै धारण गर्नेक्रम रोकिएको मगरहरूको भनाइ छ ।

अर्को एक कथा अनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बाँध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बाँध्दछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । त्यसै अनुरुप यस दिन यमदूत र यमुनाको कथा अनुसार दिदी बहिनीले दाजुभाईलाई राखी बाँध्ने प्रचलन पनि चल्दै आएको छ ।

तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । आजका दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।

नयाँ जनै लगाइसकेपछि पुरानो जनै फुकाल्दा यस्तो मन्त्र पढिन्छ–
एतावद्दिन पर्यन्तं ब्रह्मत्वं धारित्वं मया । जीर्णत्वात्वत्परित्यागगच्छसूत्र यथासुखम् ।।

मलमूत्र विसर्जन गर्दा जनै दाहिने कानमा बेर्नुपर्छ र हात सफा गरेपछि मात्र निकाल्नुपर्छ । दाहिने कानमा गंगाको वास हुने भएकाले त्यसो गरिएको हो ।

जनैलाई कम्मरमाथि राख्नुपर्छ र मैलो वा अपवित्र हुन दिनुहुँदैन .राष्ट गुरु योगी नरहरिनाथका अनुसार मानवको १६ सस्कार मध्येको एक उपनयन सस्कार हो र यो सस्कार सबै जातजाति र मानव समुदयाले गर्नुपर्दछ । महिलाहरुले भने उपनयन या ब्रतवन्ध सस्कारका बेला मात्र कुशको जनै धारण गरे पुग्छ । 

प्रतिकृया दिनुहोस