आज जितिया पर्व : राष्ट्रपति भण्डारीबाट सुभकामना संदेश

काठमाडौं । काठमाडौं २५ भदौ । नेपालको तराई क्षेत्रमा मैथिली र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको आज महत्वपुर्ण दिन हो । यो पर्व
यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाउने गरिन्छ ।।
राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माणमा अग्रसर हुन उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

उनले जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना पनि गरेकी छन् । । विगतमा नाच्दै गाउँदै तामझामका साथ मनाइने यो पर्वमा यस वर्ष कोरोनाको प्रकोपका कारण खासै शुनशान जस्तै भएको छ । जितिया पर्व आएको हो कि होइन जस्तो भएको छ गाउँघरमा । यस वर्ष सबै जितिया मनाउने महिलाहरुले घरमा नै बसेर मनाउदै छन् 

साथै विविध जातजाति, भाषाभाषी, संस्कृति र भूगोलका सम्पूर्ण नेपालीबीचमा समेत परस्पर सदभाव, सहिष्णुता, समझदारी र ऐक्यबद्धताको भावनालाई सबल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने राष्ट्रपति भण्डारीको विश्वास छ ।

आज जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ ।

भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्छन् ।

खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन् । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।

अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको ब्रत बस्ने गर्छन् ।

जितिया पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन् ।

प्रतिकृया दिनुहोस