आजबाट वैदिक सनातनीहरुको महान् पर्व बडादशैँ शुरु

काठमाडौं, कार्तिक १। आजबाट वैदिक सनातनीहरुको महान् पर्व बडादशैँ  शुरु भएको छ । बडादशैँको पहिलो दिन आज विहानको शुभसाइतमा   वैदिक सनातन सस्कृति मान्नेहरुले  आफ्नो घर तथा मठ मन्दिरहरुमा  घटस्थापना गरेकाछन् ।

पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ ।

घटस्थापनाको साइत बिहान आज ११ः४६ बजे उत्तम रहेको थियो ।एक महिनाअघि शुरु भएको अधिकमास ३० गते राति ०१ बजेर ५३ मिनेटमा सकिएसँगै आज १ गतेबाट हिन्दुधर्मालवम्बीहरुको महान चाड दशै सुरु भएको हो  । यसैदिनदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ भए पनि योपल्ट कोरोना सङ्क्रमणका कारण मुलुकका सबै शक्तिपीठ देवस्थलमा जमघट गर्न र मेला भर्न निषेध गरिएकोले घरघरमै नवरात्र दुर्गा भवानीको आराधना गर्न सरकारले अनुरोध गरेको छ ।शक्तिस्वरूपा दुर्गाभवानीको नौरुप–शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रसिद्ध छ । घटस्थापना गरिएको स्थानमा शंख, डमरू, घण्टी बजाउदै सप्तसति चण्डी पाठ गरी दुर्गा भवानीको स्तुतिगान गरिन्छ ।

गुठी संस्थानले मुलुकका राजगुठीअन्तर्गत दुुई हजार ३५० देवस्थलमा नित्य पूजा गर्न मात्र भनेको छ । शक्तिपीठमा भीडभाड नगरी पुजारीले मात्र पूजा सम्पन्न गर्न भनिएको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए । हनुमानढोका दरबारस्थित दशैँघर, फौजी सङ्गठनका कोतघर लगायतमा पनि भीडभाड नगरी घटस्थापना हुने भएको छ ।

 विगत दुइ दर्शक लामो समय पुरोहितको काम गर्दै आएका अर्यालले यस बर्ष कोरोना भाईरसको जोखिम भएको कारण विधिपुर्वक मात्रै सामान्य पुजा हुने भएको छ ।

प्राय दशै शुरु हुन लागेपछि दिेशेषगरि देवीका मन्दिरहरु बेहुली जस्तै सिगारिने गर्दथ्यो । तर अहिले भने मठ ,मन्दिर हरु मा शुनशान देखिएको छ । 

प्रतिकृया दिनुहोस