आज मुठी लिने दिन

 
चितवन , कार्तिक १३ . यश वर्ष धानको मुठी लिने दिने आज दिन न भरी रहेको छ। पन्डित खोमनाथ भट्टका अनुसार :मुठी लिने क्रममा धान खेतमा धुप हाल्ने पर्छ।पुर्व मुख गरि मुठी लिने या धान काट्ने :;;न्वागी खाने खाने ठुलो एकादशीको (हरि बोधनी एकादशी)को द्वाद्शीको दिन हवन गरिसकेपछी खाने प्रचलन रहेको छ। यस वर्षको न्वागी खाने दिन  मंसिर ११ गते द्धादशी मा परेको छ । त्यहि दिन आज मुठी लिएको धान हवन गरिनुका साथै न्वागी खाने चलन छ । त्यस चामलमा दही, केरा ,मिसाएर       खाने गरिन्छ । पहिला पान्चायन देवता ,अनि कुल देवता ,वास्तु देवता, स्थानीय नागनागिन देवता ,पितृ देवता, इष्ट देवता ,लाई छुट्टाछुट्टै चढाएर कृष्ण अर्पण गरेर बल्ल माली गाईलाई र जोत्ने गोरुलाई खान दिएर मनुष्य ले खानु पर्दछ ।
 
मुठ्ठी लिने मन्त्र यस्तो छ..अश्मन्न् ऊर्जं पर्वते शिश्रियाणामद्भ्य ओषधीभ्यो वनस्पतिभ्योऽधि संभृताम् ।
तां ना इषं ऊर्जं धत्त मरुतः संरराणा, अश्मंस्ते क्षुत् , मयि ता ऊर्क् , यं द्विष्मस्तं ते शुग् ऋच्छतु..

प्रतिकृया दिनुहोस