कोजाग्रत व्रत आज , कस्को पुजाँ , कसरी गर्ने त ?

 मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार आश्विन शुक्लपक्ष चतुर्दशी तिथि साँझ ५ / २५ बजेसम्म त्यस उप्रान्त आश्विनशुक्ल शरदपुर्णिमा तिथि {कोजाग्रतपुर्णिमा }आरम्भ बडादशैंलाई बिदागर्ने दिन हो।वैदिक हिन्दुधर्मालम्वीहरुको महानचाड आश्विनशुक्ल प्रतिपदादेखि आरम्भ भएर कोजाग्रतपुर्णिमाको दिन दिनभर व्रतबसी साँझमा दियो ,कलश ,गणेशको पूजा गरिसकेर माझमा तामाको कलश माथी तामाको थाली राखेर दिक्पाल को साथै सुनको प्रतिमा राखी लक्ष्मीको प्राणप्रतिष्ठागरी लक्ष्मीपूजा अर्चना तिल ,तुलसी अर्पण गरेर दिपमालिकाको साथै राती जाग्राम भजन - किर्तन ,जुवाखेली मनाइने गरिन्छ। सर्वप्रथम प्रातकालमा स्नान ,सन्ध्या ,नियमित पूजागरि व्रतबसेर राती लक्ष्मीजिको सोडोपस्चारले अर्चना गर्नुपर्दछ। त्यसपछि "नारिकेलोदकं पित्वा अक्षक्रीडां समारभेत्। निशिथे वरदा लक्ष्मी :को जागर्तिती भाषिणी।।" अर्थात् नरिवेलको पानी खाएर जुवा खेल्नु तव आधारातमा लक्ष्मीजी बरदान दिनकोलागि को जागाछ भन्दै लोकको चेष्टाहेर्दै जगत् घुम्दै जो जन जागाछ त्यसलाई धन दिन्छु भन्दै आउनुहुन्छ। त्यसैले अरुदीन जुवा खेल्नु हुँदैन कलिको वास भएकोहुनाले तर यो दिन जुवा खेल्नाले कलिनाश भै लक्ष्मी प्राप्त हुन्छ। जुवा खेल्नुपर्दछ। रात्रीमा "तस्मै वित्तं प्रयच्छामि यो जागर्ति महितले। " अर्थात् जो जागरण गरेर बसेकोछ त्यसलाई धनले परिपूर्ण गराईदिनु हुन्छ। त्यसैले धन - दौलत नहुनेहरुले पनि यो व्रत गरे सम्पूर्ण धन ,दौलत प्राप्त भै सु:ख भोगगर्न पाउँदछ। यै व्रत मगध देशका कुशनाम गरेका ब्राह्मणका छोरा वलितले गरेका थिए। यिनी सम्पूर्ण शास्त्रमा पारङ्गत् ,स्नान ,सन्ध्यामा तत्पर कसैसँग नमागी ग्रहण गर्नेगर्दथे।तर तिनकी पत्नी महाचण्डी भने रिसाहा ,क्रोधी ,सुल्टोकाम भन्योभने खाली उल्टोकाम मात्र गर्दथिन्। किनकी यिनले जवसम्म लक्ष्मी प्रसन्न हुन्नन् तवसम्म आफ्ना श्रीमान, जो कसैले जे काम भनेपनि उल्टो काममात्र गर्दछु भनेर प्रतिज्ञा गरेकीथिइन्। एकदिन यिनले आफ्ना श्रीमानलाई सवैलाई सुख देखाउनकालागि धन चोरेर लेराउ अनि म खुसिहुन्छु। यदि धन ल्यायेनौ भने म तिमीलाई कुट्दछु भनी कहिले केहि नखाई ,कहिले धेरै खाएर रिसाउन थालिन अनि एकदिन घरमा बाबुको श्राद्ध आएछ वलितले पनि म अव के गरौ भनि चिन्ता गरि बसेको अवस्थामा उनका साथी गणपति टुप्लुक्क आएर वलितलाई भन्न थाले मित्र चिन्ता लिनुपर्दैन तिम्रो पत्नीलाई उल्टोकाम अह्राइदेउ ,सवैकाम सुल्टो गर्नेछिन्। यस्तो गणपतिको वचन सुनेर आफ्नी पत्नीलाई भन्न थाले भोलि घरमा श्राद्ध छ चाँडो काम नगर्नु ,मिठो - मिठो नपकाउनु ,जुवा खेल्ने ,हिंसा गर्ने {मासुखाने }ब्राह्मणहरु बोलाउनु भन्नथाले। यिनकी पत्निलेपनी पतिको वचन सुनेर बिहान सवेरै उठेर ,चोखो - नितो गरेर ,मिठो - मिठो परिकार बनाईन अनि वेध पढेका जुवा नखेल्ने ,हिंसा नगर्ने वैष्णव ब्राह्मणहरु बोलाएर श्राद्ध समापन भयो। वलितले पिण्ड सेलाउनकोलागि आफ्नी पत्नीलाई यो पिण्ड गङ्गाजिमा सेलाएर आइजो भनि सुल्टो वाक्य भनेको हुनाले तिनले पनि उल्टो काम त्यो पिण्ड घरको सेप्टीटेङ्किमा हाल्दिइन्। अनि वलित तिनलाई छोडेर विरक्ति भएर जहाँसम्म लक्ष्मी प्रसन्न हुन्नन् तवसम्म घर जान्न भनि निर्जन {कोहि नभएको }वनमा एउटा धर्मा नाम गरेको नदीको तिरमा वृक्षको बोक्रा लगाएर बसेका तिस दिनमा कोजाग्रत पुर्णिमा आइपुग्यो अनि नाग कन्या पनि त्यहिँआइ आजको दिन लक्ष्मीको व्रत बसी राती पूजा गरि सकेर नरिवेलको पानी खाई जुवा खेल्नको लागि तिन जना मात्र थिए "चतुर्भिस्तु विनाक्षाणां क्रिडनं नैव जायते "अर्थात् तर नागकन्या तिनजना मात्र थिए ,चारजना नभईकन कसरि जुवा खेलौं ,तीनजनाले मात्र जुवा खेल्नु हुँदैन्। भनेर ति वलितलाई लेराएर खेले अनि वलितको सवै सामान लगौंटी ,जनाईहारे अनि आफ्नु शरीर थापे त्यहि बेलामा लक्ष्मीनारायण टुप्लुक त्यहीं सवारी भयो त्यसपछि नारायणले लक्ष्मीलाई भन्नुभयो यस ब्राह्मणलाई तिमीले धन ,सम्पत्ति देउ किनकी यसले तिम्म्रो व्रत गरेकोछ भनेको हुनाले लक्ष्मीले पनि ति वलित ब्राह्मणलाई के हेर्दिनु मात्र भएको थियो। ति ब्राह्मण त सारै राम्रा भएर राती जाग्राम बसी नागकन्याको सम्सर्गमा लक्ष्मीको पूजा गरि नरिवेलको पानी खाई फेरी जुवा खेल्न बसे अनि ति नागकन्याहरुलाई जिती घरमा लगे यता ति पत्नी पनि खुसिभइन। यस्तो लक्ष्मीको व्रत छ। त्यसैले जसले आजको दिन घरमा सवालाख बत्ति ,त्यसको आधा ,अथवा दशहजार ,अथवा एक हजार ,वा एकसय बत्ति घ्यु वा तिलको तेलमा बालेर लक्ष्मीको तस्विर {बिग्रह }अगाडी राख्दछभने त्यसको घरमा लक्ष्मीको बासभइ धन - धान्यले परिपूर्ण हुनेछ। अनि गाउँ ,शहर ,चोक ,मन्दिर ,बगैंचा सवै घरहरुमा बत्ति बाल्नु ,अनि ब्राह्मणलाई दान ,भोजन यति गर्ह्योभने त्यसलाई सम्पूर्ण ऐश्वर्य प्राप्त भएर अन्त्यमा लक्ष्मीनारायणको दिव्य धाम बैकुण्ठ प्राप्त हुन्छ। 
 

प्रतिकृया दिनुहोस