कार्तिक स्नान र आकाशदीप दानको कस्तो छ धार्मिक महत् ?

 

 मिति २०७७ साल कार्तिक १५ गते शनिबार आश्विनशुक्ल पूर्णिमा तिथि राती ७ / ३३ बजेसम्म त्यस उप्रान्त कार्तिक कृष्णपक्ष प्रतिपदा तिथि आरम्भ भएको हुनाले यो दिन देखी कार्तिकस्नान र आकाशदीप आरम्भ भएर कार्तिक १५ गते सोमबार कार्तिकशुक्ल पूर्णिमाको दिन कार्तिकस्नान र चतुर्मासव्रत समापन हुनेगर्दछ।यो महिनामा दामोदर भगवानको साथै तुलसी देवीको पूजा ,अर्चना र आकाशदीप बाल्नुपर्दछ। कार्तिक महिनामा जसले प्रात :स्नान गरेर आकाशदीपको दान गर्दछ भने उ सवै लोकको स्वामी र सम्पतीले सम्पन्न भएर यस लोकमा सुख भोगेर अन्त्यमा मोक्षको प्राप्त हुनेछ। स्नान गर्नकोलागी नदी ,तलाउ ,धारो कुवा आदिमा गएर यो महिनामा प्रात :स्नान गर्दछ भने उसले यमराजको यातना कहिल्यै भोग्नु पर्दैन। जलाशयमा गएर यो मन्त्र पढ्दै "कार्तिकेsहं करिष्यामी प्रात :स्नानं जनार्दन। प्रित्यर्थं तव देवेश दामोदर मया सह।" अर्थात् - जनार्दन !देवेश्वर दामोदर !लक्ष्मीसहित हजुरको खुसीकोलागी म कार्तिकमा प्रात :स्नान गर्दछु भनेर स्नान गर्नुपर्दछ। त्यसपछि तुलसीको मोठमा गएर राधा सहित भगवान श्रीकृष्णको पूजा ,अर्चना तिल र तुलसीले गरेर अर्घ निवेदन यो मन्त्र पढ्दै "गृहाणार्घ्यं मया दत्तं राधया सहितो हरे।नम :कमलनाभाय नमस्ते जलशायिने।नमस्तेsस्तु हृषिकेश गृहाणार्घ्यं नमोsस्तु ते।" अर्थात - भगवान !हजुर श्रीराधाको साथ मैले दिएको यो अर्घ्यको स्वीकार गर्नुहोस ,हरे !हजुर कमलनाभको नमस्कार गर्दछु।हृषिकेश !यो अर्घ्य ग्रहण गर्नुहोस ,हजुरको बार - बार नमस्कार छ।यति भनेर आकाशदीप बाल्नुपर्दछ। दामोदराय विश्वाय विश्वरूपधराय च। नमस्कृत्वा प्रदास्यामि व्योमदीपं हरिप्रियम्।। अर्थात् - म सर्वस्वरूप एवं विश्वरूपधारी भगवान दामोदरको नमस्कार गरेर यो आकाशदीप दिनेछु ,यो भगवानको परमप्रिय छ। कार्तिक महिना हिन्दू महिनाहरूको १२ महिनाहरू मध्ये एक महिना महिना हो।सौर्यमास प्रणाली अनुसार कार्तिक महिना तुला सक्रांतीको दिन देखि सुरु हुन्छ। चन्द्रमासका अनुसार कार्तिक महिना कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट सुरु हुन्छ। तर शाक्य पञ्चांगका अनुसार भने कार्तिक महिना तुला सक्रांतीको ५ दिन पछि सुरु हुन्छ। नेपालमा सौर्यमासलाई नै व्यवहारमा ल्याईएको छ।यो महिना शरदऋतुको दोस्रो महिना हो।अङ्ग्रजी महिनाको अक्टुबरको आधा महिना र नोवेम्बरको आधा महिना कार्तिक महिना भित्र पर्छ।प्राचीन हिन्दु परम्परा र मान्यता अनुसार कात्तिक महिनामा कुनैपनि देवकर्महरुगर्न नमिल्ने र गरिहालेमा पनि उल्टो फल प्राप्त हुने जनविश्वास रहिआएको छ। यसै कारण कार्तिक महिनामा शुभ-बिबाहहरु र विशेष पूजा आजाहरू गर्न नमिल्ने कुरा हिन्दु अभिलेख र ग्रन्थहरूमा उल्लेखित छ । कात्तिक महिनामा कार्तिक स्नानको ठुलो महत्व रहेको छ। यस महिनामा खास गरेर स्नान, दान, आदी कार्यहरू गर्न सकिन्छ। सन्ध्या स्नानं जपश्चैव देवतानां च पूजनम। वैश्वदेवं तथाsतिथ्यं षट् कर्माणि दिने दिने।। अर्थात् दैनिक सन्ध्या ,स्नान {नुहाउनु },जप ,देवपूजन वैश्वदेव र अतिथिको {तिथि न मिथी टुप्लुक्क आउने }सत्कार यि ६ कर्महरु दैनिक गर्नुपर्दछ। कार्तिक महिनामा तुलसीको महिमा ! तुलसी सर्वप्रथम समुन्द्र मन्थनगर्दा भगवानलाई आनन्द प्राप्त गर्नकोलागि उत्पत्ति भएको हो र श्रीहरि भगवानले यसलाई सर्वप्रथम धारण गर्नुभएकोले पवित्र भएको हो। तुलस्यां सर्वतिर्थानी तुलस्यां सर्वदेवता। कार्तिकेमासि तिष्ठन्ति नात्र कार्या विचारणा।। अर्थात् कार्तिक महिनामा सबै देवता र तिर्थहरु तुलसीमा बस्दछन ,यसमा कुनै विचार गर्नुपर्नेकाम छैन। त्यसैले तुलसीको पूजा गर्नुपर्दछ र तुलसीलाई छोयोभने पनि :- तुलसीस्पर्शनेनैव नश्यन्ति व्याधयो नृणाम्। अर्थात् तुलसीको स्पर्शमात्रले पनि मानिसको रोग - व्याधि नष्ट हुन्छ। तेतीमात्र नभएर यसको महत्व धेरै छ किनकी अरु बोट - बिरुवाहरुले दिउसो मात्र अक्सिजन दिन्छ तर तुलसीले दिन,रात अक्सिजन दिन्छ। त्यसिले यसलाई आफ्नु घर वर - पर रोपेमा प्रदुषण वातावरण रोकेर अक्सिजन प्रवाह गर्दै वातावरण शुद्ध र शान्त बनाउँछ। यन्मूले सर्वतिर्थानी यन्मध्ये सर्वदेवता। यदग्रे सर्ववेदाश्च तुलसी त्वां नमाम्यहम्।। अर्थात् तुलसीको फेदमा सबै तिर्थ ,मध्य भागमा सबै देवता ,माथिल्लो भागमा चारै वेदहरू बस्दछन्। त्यसैले तिमीलाई नमस्कार छ भनि दैनिक पूजा र प्रार्थना गर्योभने त्यो मान्छेलाई भुक्ति र मुक्ति मिल्ने गर्दछ। अव प्रश्न उठ्छ तुलसी कहिले टिप्नु हुँदैन भन्दा एकादशी ,पुर्णिमा ,औंसी ,संक्रान्ति ,आइबार,शुक्रबार यो दिन तुलसी टिप्नु हुँदैन। अरुदीन टिप्दा यो मन्त्र पढ्दै टिप्नु पर्दछ। तुलस्यमृतजन्मासी सदा त्वं केशव प्रिये। केशवार्थ चिनोमीत्वं वरदा भव शोभने।। त्वदङ्ग सम्भवैनित्यं पूजयामी यथाहरिम। तथा कुरू पविताङ्गी कलौ मल बिनाशिनी।। अर्थात् तुलसी तिमि अमृतवाट उत्पत्ति भएकीहौ र केशवको सधैं प्रिय छौ। म भगवानको पूजाकोलागि तिम्रो पात चुड्छु। मैले तिम्रो पात चुँडेको मलाईवरदान देउ ,तिम्रो मञ्जरीले सदा श्रीहरीको पूजागर्न सकुं ,तुलसी तिमि कलिको मल नाशक हौ। यसरी तुलसिको महिमा छ। त्यसैले तुलसीको बिउ घरमा रोप्नु पर्दछ। तुलसी विटपस्थानं गृहे यस्याव तिष्ठते। तद्गृहं तिर्थरुपंहि न यान्तिमकिंकरा :// अर्थात् जुन घरमा तुलसी छ ,त्यो तिर्थस्थल हो। त्यहाँ यमराजका दूत आउन सक्दैनन्।यदि घरमा तुलसी रोपेको छैन भने त्यो घरम़ा यमराजको दूतको बास हुन्छ भनिएको छ। त्यसैले कलिका मानिसहरुले बुझेर कार्य गर्नु पर्दछ। फेरी आयुर्वेद अनुसार तुलसीलाई अमृत भनिएको छ। किनकि यसले कफ - खोकीले दु :ख दिएमा तातो पानीमा हालेर खाए निकोहुन्छ,धेरै चिल्लो खाएमा यसलाई सेवन गर्दा ठिक गर्दछ, पिसाव रोकिएमा खुलाउने कार्य गर्दछ ,पाचन क्रियालाई सक्रिय तुल्याउने गर्दछ ,रगत शुद्धिकालागि प्रयोग गरिन्छ र तुलसीको पात महाऔषधि हुन्छ। यति मात्र नभएर तुलसीको महत्व ज्यादै छ। पत्रं पुष्पं फलं मूलं शाखा त्वक् स्कन्धसंशितम्। तुलसीसंभवं सर्वं पावनं मृत्तिकादिकम्।। अर्थात् तुलसीको पात ,फूल ,फल ,मूल ,हाँगा ,बोक्रा ,जरा र माटो सवै पवित्र हुन्छ।त्यसैले तुलसीको माला एक दिन जसले लगाएर जसले श्रीहरिको पूजा गरेकोछ भने त्यसले सय दिन पूजा गरेको पुण्य प्राप्त गर्दछ। फेरि जसले पितृहरुको कार्य गर्दा तुलसी हालेर पिण्ड दिएकोछ भने त्यसले दिएको एक दिनको पिण्डले पितृहरु सय बर्षसम्म अघाउनु हुन्छ। त्यसैले पिण्डमा तुलसी हालेर दिनु पर्दछ। यसरी तुलसीको महत्व बताइएको छ। जसले तुलसीको सफा - सुग्घर ,लिपपोत , पूजा ,पाठ , दर्शन ,पर्सन र आरती गरि अन्त्यमा अर्घ्य दिन्छ त्यो मान्छे अन्त्यमा बैकुण्ठ धाम जान्छ भनि शास्त्रले बताएको छ। तुलसीलाई अर्घ्य दिने मन्त्र :- तुलसी सहितो देव सदा शङ्खेन संयुतम्। गृहाणार्घ्यं मया दत्तं देवदेव नमोsस्तु ते // अर्थात् देव हजुर तुलसीको साथ मैले दिएको यस शङ्खयुक्त अर्घ्यको ग्रहण गर्नुहोस। देवदेव{देवताको पनि देवता } हजुरलाई नमस्कार गर्दछु।

प्रतिकृया दिनुहोस