स्वास्थ्य सर्तकता अपनाउदै चितवनको वागीश्वरीमा आज सामूहिक गौ पूजन गरिदै

चितवन कार्तिक २९
श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रम भरतपुर १ रहेको योगी नरहरिनाथ आश्रम गौ संरक्षण केन्दमा आज र भोली सामुहिक गौ पुजन कार्यक्रम शुरु हुदैछ । आश्रममा रहेको गौ संरक्षण केन्द्रले प्रत्येक वषको तिहारमा सामुहिक गौ पुजन कार्यक्रम आयोजना गर्ने गर्दछ । केन्द्रले कार्तिक २९ र ३० गते दुवै दिन गौ पुजन कार्यक्रम आयोजना गरेको छ । आज विहान ८ बजे देखि गौ पुजन शुरु गरिन लागिएको हो । आश्रममा वृृहत गोबरको गोवर्धन पर्वत बनाई सजाइएको पनि छ । केन्द्रले विहिवार गौशालाको साथै आश्रम स्थलको सरसफाई गरेर शुन्दर पनि बनाएको छ । सिमा सुरक्षा सशस्त्र प्रहरी गण १७ आपटारीका प्रमुख दिपक थापा सहितको सशस्त्र प्रहरीप्रहरीका टोली र आश्रम परिवारहरुको उपस्थितिमा सरसफाई गरिएको हो । गौशाला का साथै आश्रम परिसर तिहारको अवसरमा पनि वृहत रुपमा सरसफाई गर्ने कार्यक्रम यस वर्ष पनि गरिएको गौ संरक्षण केन्द्रका पुर्व अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयो । आश्रम परिसर का सार्थ गौशालाको सरसफाईमा सशस्त्र प्रहरी गण १७ परिवारले विगत देखि नै सहयोग गर्दे आएकोमा आभार पनि प्रकट गर्नुभयो । सो अवसरमा सशस्त्र प्रहरी गण १७ आपँटारीका प्रमुख थापाले गाईगोठमा नै खेल्दै आफु हुक्रिएको भन्नुहुदै गौशालामा गाईहरुको संरक्षण गरिनु सर्हानिय कार्य भएको बताउनु भयो।
यस पटक कोरोना भाइरसको जोखिम अझै रहेकोले स्वास्थ्य सर्तकताका साथ सामुहिक गौ पूजन कार्यक्रम गरिन लागिएको गौ संरक्षण केन्द्रका अध्यक्ष राम प्रसाद वस्तीले बताउनु भयो । उहाँले गौ पुजाँ का लागि आउने सबैलाई अनिवार्य मास्क लगाएर आउन अनुरोध पनि गर्नुभएको छ । साथै उहाँले सामाजीक दुरी कायम गरि भिडभाड नहुने गरि गौ पूजन कार्यक्रम आयोजना गरिन लागिएको समेत प्रष्टाउनु भयो । सो अवसरमा कार्यक्रममा उपस्थित रहनुभएका आश्रमका संरक्षक शान्त प्रसाद पोखरेल नेपालका स्थानिय प्रजातीका गो वंश सरंक्षको सरक्षण अभियानमा आश्रम लागिरहेको बताउनु भयो । उहाँले यस वर्ष देखि लक्ष्मी पुजा र गोवर्धन पुजाँ दुवै दिन नै गौ पूजन कार्यक्रम आयोजना गरेको समेत बताउनु भयो । गौ पुजाँ कार्यक्रम २ दिन आयोजना गरेपछि भिडभाड पनि कम हुने समेत भनाई राख्नु भयो । गाीै पुजा कार्यक्रम विहान सो सरसफाई कार्यक्रमा योगी निरञ्जननाथ ,आश्रममा सञ्चालित गुरुकुलका निवर्तमान प्राचार्य यदुनाथ पोखरेल,गौसेवक रुद्ध प्रसाद अर्याल , भुपाल आर्चाय , सुनिता लगायत आश्रमका सदस्यहरु , गौसेवकहरुको उपस्थिति रहेको थियो । आश्रमको गौशालामा हाल स्थानिय प्रजातीका १ सय ७० भन्दा बढि गाईहरु रहेका छन् । स्थानिय प्रजातिका गाईको गो मुत्र ,गोबर , दुध लगायत स्वास्थ्यका दृष्टिकोणबाट पनि उपयोगी मानिएको छ । गाईका गोमुत्रहरु संकलन गरि गौ अर्क पनि गौ केन्द्रले उत्पादन गरिहेको योगी निरञ्जन नाथले जानकारी दिनुभयो । आश्रममा गौशाला , गुरुकुल , प्राकृतिक चिकित्सालय , धार्मिक वन लगायत विभिन्न समिति रहेको आश्रमका अध्यक्ष शैलेन्द्र पियाले जानकारी दिनुभयो ।

,

 

प्रतिकृया दिनुहोस