आज पनि सामूहिक गौ पूजन हुदै


चितवन ३० कार्तिक ःश्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रम भरतपुर १ रहेको योगी नरहरिनाथ आश्रम गौ संरक्षण केन्दमा हिजो र आज सामूहिक गौ पुजा हुदैछ । । गौ संरक्षण केन्द्रमा प्रत्येक वर्षको लक्ष्मी पूजाको दिनमा सामुहिक गाई पूजा हुने गरेकोमा यसपटक दुवै दिन नै गौपुजन कार्यक्रम आयोजना गरिएको हो । कोभिड–१९ को संक्रमण त्रासका कारण यसवर्ष गौ संरक्षण केन्द्रले औैपचारीक गौपुजन कार्यक्रम नगरिएको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका अध्यक्ष रामप्रसाद वस्तीले बताउनुभयो । नेपाल धर्म र संस्कृतिमा धनी रहेकाले हाम्रो मौलिक संस्कृति संरक्षण गर्नका लागि समेत सामुहिक गाई पूजा गरिएको वस्तीको भनाइ छ । राष्ट गुरु योगीनरहरिनाथको संकल्प र प्रयासमा
वागीश्वरीमा २०४९ सालमा ६ वटा स्थानीय जातका गाई राखेर गौशाला शुरु गरिएको आश्रमका पूर्व अध्यक्ष शान्त प्रसाद पोखरेलले बताउनु भयो । हाल गौ संरक्षण केन्द्र हाल १सय ७० वटा भन्दा बढि स्थानीय जातका गाई संरक्षण गरिएको छ । विभिन्न ठाउँमा छाडा छोडिएको स्थानीय जातको गाई ल्याएर संरक्षण शुरुवात गरिएको गौ संरक्षण अभियानलाई सबैको सहयोगले वर्तमान अवस्थामा पुगेको आश्रमका प्रमुख संरक्षक योगी श्रीषनाथले बताउनु भयो । उहाँले स्थानिय गाईको गुणले गर्दानै लक्ष्मी स्वरुपमा पुजाँ गर्ने प्रचलन रहेको पनि बताउनु भयो वागीश्वरीमा गाई पूजासँगै आर्कषक शैलीमा गोबरको गोवर्धन पर्वत बनाई सामूहिक गोवर्धन पूजा समेत गरिएको छ । श्रद्धालुहरु हिजो शनिवार विहान देखि नै आश्रमा गौ पुजनका लागि पुगेका थिए । केन्द्रले भने दिउसो १ बजे पछि मात्र गौपुजन विधि पूर्वक गरेको थियो । गौपुजन का लागि आउदा स्वास्थ्य सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।
। वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा यहाँ हरेक वर्ष सामूहिक गोवद्र्धन पूजा गरिंदै आएको छ । गाई संरक्षणका लागि ट्रष्ट स्थापना गरेर विभिन्न व्यक्तिले सहयोग गरेका छन् । श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रम का अध्यक्ष शैलेन्द्र पियाले आश्रममा गौशालाका साथसाथै गुरुकुल , प्राकृतिक चिकित्सालय लगायत योगध्यान कार्यक्रमहरु सञ्चालन भइरहेको जानकारी गराउनुभयो । सो गौपुजन कार्यक्रममा योगी पिताम्बर , गौ अभियन्ता इन्दिरा पान्डे सगै आ।श्रमका निवर्तमान अध्यक्ष टंकनाथ पौडल , उपाध्यक्ष ऋषिराज पान्डे , परिषदका पूर्व कोषाध्यक्ष उमाशकर अग्रवाल ,रामकृण्ण श्रैष्ठ, सहकोषाध्यक्ष विनु पौडेल, सदस्य भेषराज दवाडी,डा कृण्ण काफ्ले ,लोमश श्रेष्ठ नवराज ढकाल लगायत परिषद्मा जोडिनुभएका समाजसेवीहरु ,दाताहरु तथा भक्तहरु , गौ सेवकहरु लगायत विभिन्न महानुभावहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस