गौ संरक्षण केन्द्र मा सामूहिक गौ एवं गोवर्धन पूजन कार्यक्रम सम्पन्न

वागीश्वरी, मंसिर २ ।
श्रीवागीश्वरी आध्यात्मिक परिषद योगि नरहरिनाथ गौ संरक्षण केन्द्र मा यस पटक पनि सामूहिक गौ एवं गोवर्धन पूजन कार्यक्रम सम्पन्न गरिएको छ ।
कोरोना भाइरसको जोखिम अझै रहेकोले स्वास्थ्य सर्तकताका साथ सामुहिक गौ पूजन कार्यक्रम गरिएको गौ संरक्षण केन्द्रका अध्यक्ष राम प्रसाद वस्तीले बताउनु भयो । उहाँले गौ पुजाँ का लागि आउने सबैलाई अनिवार्य मास्क लगाएर आउन अनुरोध पनि गर्नुभएको अनुसार सबै जनाले मास्क नै लगाएर सबै भक्त आउनु भएको बताउनु भयो । । साथै उहाँले सामाजीक दुरी कायम गरि भिडभाड नहुने गरि गौ पूजन कार्यक्रम गरिएको समेत प्रष्टाउनु भयो । सो गौपुजन कार्यक्रममा आश्रमका प्रमुख संरक्षक श्रीष नाथ योगी , लगायत विभिन्न धार्मिक सस्थाका व्यक्तित्वको समेत उपस्थिति रहेको थियो ।
श्री सत्य ॐ बाबा आरोग्य आश्रम हेटौडा उपमहानगरपालिका का प्रमुख ॐ बाबा उपस्थिति भएर कार्तिक ३० गते आइतवार केन्द्रमा गाई तथा गोबर्धन पुजा गर्नुभयो । उहाँ सो अवसरमा भक्तहरुका साथ उपस्थित हुनुभै गाई तथा गोबर्धन पूजामा सहभागी
हुनु भएको थियो । साथै सो अवसरमा उहाँ सम्लग्न आश्रमलाई योगि नरहरिनाथ गौ संरक्षण केन्द्रको आजीवन सदस्यता प्रदान गरिएको छ । श्रीवागीश्वरी आश्रम योगि नरहरिनाथ धार्मिक वनका सस्ंथापक सचिव एवम् नेपाल सरकारको
निबृत प्रमुख जिल्ला अधिकारी  ,सामाजिक व्यक्तित्व लक्ष्मीशरण
घिमिरेको संयोजनमा ॐ बाबा आरोग्य आश्रम परिवार उक्त कार्यक्रममा सहभागिता जनाउनु भएको योगार्चाय यदुनाथ पोखरेलले जानकारी दिनुभयो । कार्तिक २९ र ३० गते दुवै दिन आयोजित सो सामूहिक गौ पूजन कार्यक्रममा योगी पिताम्बर , गौ अभियन्ता, इन्दिरा पान्डे , आश्रमका संरक्षक
शान्त प्रसाद पोखरेल, अध्यक्ष शैलेन्द्र पिया , देवघाट क्षेत्र विकास समिति का पूर्व अध्यक्ष तथा परिषदका निवर्तमान अध्यक्ष टंकनाथ पौडेल ,समाजसेवी कैलाश कोइराला , उपाध्यक्ष ऋषिराज पान्डे , , उपाध्यक्ष ईश्वरी खराल, परिषदका पूर्व कोषाध्यक्ष उमाशकर अग्रवाल ,रामकृण्ण श्रैष्ठ, सहकोषाध्यक्ष खत्री विनु पौडेल, ेवघाट क्षेत्र विकास समिति सदस्य एवं परिषद सदस्य नवराज ढकाल,योगी निरञ्जन ,परिषद् सल्लाहकार जयराम सदस्य, भेषराज दवाडी,डा कृण्ण काफ्ले , अशोक पोखरेल,नारायण  सापकोटा, लोमश श्रेष्ठ ,कृण्ण केसी ,शिर्जना अर्याल, लक्ष्मण पौडेल, गौ समितिका उपाध्यक्ष केशव सुवेदी,लगायत पुर्व परिषद्का महासचिव हिरामणि चापागाई , पूर्व सन्त सम्मेलनका उपाध्यक्ष गौमाया गुरुङ, पुर्व केन्द्रिय , लालमणि पौडेलसदस्य कमल गुरुङ, परिषद्मा जोडिनुभएका समाजसेवीहरु ,दाताहरु तथा भक्तहरु , गौ सेवकहरु लगायत विभिन्न महानुभावहरुको उपस्थिती रहेको थियो  । वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा यहाँ हरेक वर्ष सामूहिक गोवद्र्धन पूजा गरिंदै आएको छ । गाई संरक्षणका लागि ट्रष्ट स्थापना गरेर विभिन्न व्यक्तिले सहयोग गरेका छन् ।

प्रतिकृया दिनुहोस