कुष्माण्ड नवमीको महत्व!

 मिति २०७७ साल मंसिर ८ गते सोमबार कार्तिक शुक्लपक्ष कुष्माण्ड नवमी तिथि राती ३ / १३ वजेसम्म त्यस उप्रान्त दशमी तिथि आरम्भ भएकोले हामिहरूले कार्तिक शुक्लपक्ष नवमी तिथीको दिन देखिपूर्णिमा तिथीसम्म भगवान लक्ष्मीनारायण भगवान अमलाको बोटमा निवास गर्नुहुनेछ। यो दिन अमला अथवा पिपलको विवाह गरिदियो भने धेरै पुण्य प्राप्त भएर करोडौं जन्मसम्म पनि नाश हुदैन।पद्मपुराण अनुसार कार्तिक शुक्ल नवमीको दिन द्वापर युगको आरम्भ भएको थियो।यहि दिन भगवान बिष्णुले कूष्माण्ड नाम गरेको दैत्यको वध गर्नुभएको हुनाले यो दिनलाई कूष्माण्ड नवमी भनिएको हो।कूष्माण्ड दैत्यको शरीर बाट कुभिन्डो उत्पन्न भएको हुनाले यो दिन कुभिन्डो दान गर्नाले अनन्त कोटि फल प्राप्त गर्दछ। कुभिन्डो,सुन ,चाँदी ,पहेलो कपडा ,तामाको भाडोमा तिल राखेर दान गर्ने मनुष्यले आफुले चिताएको फल प्राप्त गर्दछ।यो दिन अमलाको बोटमा अमृत प्राप्त हुने भएकोले हरेक मानिसले अमलाको पूजा अवश्य गर्नुपर्दछ।
 
 
 
 
 
 

प्रतिकृया दिनुहोस