श्रद्धान्जली अपर्ण कार्यक्रम सम्पन्न

लंकु,२ पुष ।भरतपुर ४ लंकुमा रहेको श्री लक्ष्मीबैकुष्ठनाथ मन्दिरका पिठाधिश स्वामी जगन्नाथाचार्य दिवंगत आत्माको शान्तिको लागि मौनधारण का साथै हरेराम संकिर्तनको महत्व पनि रहेको बताउनु भयो । उहाँले मन्दिरका विभिन्न समयमा सहयोग गरिरहनुहुने समाजसेवी भुपतिदास सापकोटाको आमा नारायणी सापकोटा दिवंगत हुनुभएको १३ औ दिनको पुण्य तिथीको सन्र्दभ उहाँले यस्तो बताउनु भएको हो । दिवगत सापकोटाको स्मृतिमा मन्दिर परिवारले राखेको श्रद्धान्जली अपर्ण कार्यक्रममा मन्दिर परिवारले हरिनाम संकिर्तन गरि मौनधारण कार्यक्रम सम्पन गरेको थियो । सो सन्र्दभमा उहाँले धार्मिक तथा सामाजिक व्याक्तित्व भुपतिदास सापकोटाको परिवार सबैनै धर्मसस्कृति संरक्षणमा हरसमय लागिरहने भनाई राख्नु भएको छ । भएको भनाई राख्नुभयो ।सो अवसर दिवंगत नारायणी सापकोटाको सम्झनामा नेपाली कांग्रेस भरतपुर वडा ४ के आयोजनामा १३ औ दिनको पुण्य तिथी श्रद्धान्जली सभा आयोजना गरिएको थियो । सो श्रद्धान्जली सभालाई सम्बोधन गर्ने क्रममा  हिन्दु धर्म वैज्ञानिक , आधुनिक ,व्यवारिक भएको नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताउनु भएको छ । नेपाली कांग्रेस चितवनका जिल्ला सदस्य भुपतिदास सापकोटाको आमा नारायणी सापकोटा दिवंगत हुनुभएको १३ औ दिनको पुण्य तिथीको सन्र्दभ पारेर कांग्रेस भरतपुर ४ को आयोजना गरेको श्रद्धान्जली सभालाई सम्बोधन गर्नै क्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले सनातन देखि चलि आएको धर्म सस्कृति रक्षा गर्नु ,संरक्षण गर्नु संविधानमा नै लेखिएकोले नेपालको संविधानको सधै काग्रेसले सम्मान गर्ने बताउनु भयो । उहाँले पूर्व पार्टी सभापति स्व शुशिल कोइरालाको नेतृत्वमा बनेको संविधानमा सनातन देखि चलि आएको धर्मसस्कृतिको संरक्षण गर्नुपर्ने लेखिएको बताउनु हुदै यो बारे कांग्रेसले जनजनमा पुराउन नसकेको स्विकार्नु पनि भयो । र भन्नुभयो “हामी काग्रेसीजन सधै पनि सनातन सस्कृतिको पक्षमा छौ ”, ।पूर्व पार्टी सभापति श्रेष्ठले कोरोनामा १४ दिनको आइसोलेसन र हिन्दु सनातनीको १३ दिनको क्रिया कर्म उस्तै ÷उस्तै भएको भनाई राख्नुहुदै हिन्दु धर्मको वैज्ञानिकता वारे प्रष्टाउनु भयो । सो श्रद्धान्जली कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका उहाँले सो सन्र्दभमा जिल्ला सदस्य सापकोटाबाट आफु धेरै नै प्रभावित भएको बताउनु भयो ।उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा जिल्ला सदस्य सापकोटाको योगदान अमुल्य रहेको भनाईसमेत राख्नुभयो । उहाँ सो कार्यक्रमको प्रमुख अतिथि समेत हुनुहुन्थ्यो । जिल्ला सदस्य सापकोटाको निवास भरतपुर ४ लंकु धर्मपथ टोलमा आयोजित सो श्रद्धान्जली सभामा पूर्व जिल्ला सभापति टेकप्रसाद गूरुङ, वाग्मति प्रदेश सभा सदस्य मिलनवावु श्रेष्ठ पूर्व सांसद जगन्नाथ पौडेल ,भरतपुरमहानगर उपप्रमुख पार्वती शाह , क्षेत्रिय सभापति भरत लामिछाने ,नेपाली कांग्रेस चितवनका कार्यलय सचिव दुर्गा प्रसाद गैरे ,परिवारको तर्फवबाट भुपतिदास सापकोटा लगायतले बोल्नु भएको थियो ।। दिवंगत नारायणी सापकोटाको १०१ वर्षको उमेरमा गत मंसिर २० गते आफ्नै निवासमा निधन भएको थियो । उहाँको १ छोरा भुपतिदास सापकोटा र वुहारी शान्ति सापकोटा रहुनभएको छ ।। उहाँ सोहि वडाका पूर्व वडा अध्यक्ष पनि हुनुहुन्छ । त्यसैगरि पूर्व जिल्ला सदस्य साबित्री कण्डेल र मिना खरेलको आमा झगेडी –पार्वती खरेल दिवंगत हुनुभएको ९ औ दिनको पुण्य तिथिको सन्र्दभ पारेर कांग्रेस भरतपुर ४ वडा समितिले आज उहाँहरुको निवास भरतपुर ४ लंकु धर्मटोलमा नै श्रद्धान्जली सभा आयोजना गरेको छ । नेपाली कांग्रेस चितवनका जिल्ला जिल्ला सभापति जीतनारायण श्रेष्ठ प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पूर्व जिल्ला सचिव राजिव न्यौपाने , महासमिति सदस्य प्रकाश अधिकारी , भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरी , नेपाल टेड युनियन कांग्रेसका उपाध्यक्ष इन्दिरा सापकोटा क्षेत्रिय सहसचिव करुणाकान्त पोखरेल, परिवारको तर्फबाट सावित्री कण्डेल लगायतले बोल्नुभएको थियो ।दिवंगत आमा झगेडी खरेलकै कारण सन्तानहरु सतमार्गमा लाग्न प्रेरणा मिलेको भन्दै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले चितवनको पूर्व जिल्ला सदस्य कण्डेल र खरेलबाट पनि पार्टी संगठनमा धेरै सहयोग पुगको बताउनु भयो । उहाँको २ छोरा ९ छोरी रहनु भएको छ ।उहाँको छोरी उषा खरेल,सुवेदी नेपाली कागंस चितवनमा नै सकृय हुनुहुन्छ । उहाँको छोरी पूर्व जिल्ला सदस्य मिना खरेल महिला अधिकारका क्षेत्रमा शशक्त महिला अधिकारकर्मी हुनुहुन्छ ।परिवारका सबै राजनितिका साथै धार्मिक तथा सामाजीक क्षेत्रमा अग्रसर हुनुहुन्छ । उहाँको गत मंसिर २४ गते ८५ वर्षको उमेरमा निधन भएको थियो । कांग्रेस भरतपुर ४ वडा समिति का सभापति रेशमलाल कण्डेलको अध्यक्षतामा भएको दुवै कार्यक्रमको सहजिकरण वडा सचिव प्रलाद उप्रेतिले गर्नुभएको थियो । दुवै श्रद्धान्जली सभामा नेपाल महिला संघ चितवन , वडा समिति ४ लगायतले पनि समवेदनापत्र सहित श्रद्धान्जली अपर्ण गर्नुभएको छ । भरतपुर ४ लंकुमा रहेको श्री लक्ष्मीबैकुष्ठनाथ मन्दिर परिवार लगायत का धार्मिक संगसगठन पनि आज नै सापकोटालाई श्रद्धान्जली अपर्ण गरेकाछन् ।

प्रतिकृया दिनुहोस