अर्याल बन्धु समाज चितवनको कुलपुजा एवं चौंथो अधिवेशन सम्पन्न

 

भरतपुर ,१७ पुष । अर्याल बन्धु समाज चितवनको बुधवार चौंथो अधिवेशन तथा १४ औं साधारणसभा एवं कुलपुजा कार्यक्रम सम्पन्न गरिएको छ । वन्धु समाजको कुल मन्दिर परिसर भरतपुर ११ छिम्केश्वरी टोलमा सम्पन्न साधरणसभाबाट बुधवार नै अध्यक्षमा जनकबन्धु अर्याल निर्विरोध चयन हुुनु भएको छ ।
समाजको उपाध्यक्षमा ऋषिकेश अर्याल, सचिवमा श्रीप्रसाद अर्याल, कोषाध्यक्षमा कमला अर्याल, सहसचिवमा रविन्द्र अर्याल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा चेतनाथ अर्याल, गोविन्द अर्याल,भेषराज अर्याल, प्रेमप्रसाद अर्याल, मनोज अर्याल, केशवराज अर्याल, हरिराज अर्याल, केशवप्रसाद अर्याल अर्याल सर्वसम्मत निर्वाचित हुनुभएको हो निर्वाचन समितिका संयोजक अधिवक्ता विण्णु अर्याल जानकारी दिनु भयो । सो निवार्चन समितिमा पूर्व उपाध्यक्ष राजेन्द्र अर्याल , पूर्व सल्लाहाकार रामबाबु अर्याल , हुनुहुन्थ्यो ।
ब्राह्मण समाज नेपालका केन्द्रीय उपाध्यक्ष ध्रुवराज शर्मा अर्याल प्रमुख अतिथि रहनुभएको को सो कार्यक्रममा विशिष्ठ अतिथि भरतपुर महानगरका लेखा प्रमुख जगन्नाथ अर्याल रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि शर्माले सस्थापक अध्यक्ष अर्याल बन्धुहरुको सामुहिक कुलपुजाँ कार्यक्रमले वन्धुविच आत्मियता थपिएको बताउनु भयो । उहाँले बन्धु समाज स्थापना भएको १४ वर्षे को दौरानमा वन्धुबिच सद्भाव बढाउन सकेको भन्नुहुदै स्थापनाका क्रममा भएका भोगाईहरु साट्नु भएको थियो । सो कार्यक्रममा विशिष्ठ अतिथि महानगर लेखा प्रमुख अर्याले अर्याल बन्धुहरु एकठाउँमा जुट्ने अवसर सस्थाले जुटाएको बताउनु भयो । उहाँले समाजले बन्धुबिच सुखदुख साट्ने , सस्कारलाई बचाई राख्ने गरेको भनाई राख्नु भयो ।

समाज उपाध्यक्ष इन्दिरा देवी शर्मा अर्यालले स्वागत मन्त्वय राख्नुभएको सो कार्यक्रममा सल्लाहाकार जगदिश अर्याल ,घननाथ अर्याल ,लिला अर्याल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा सस्थापक अध्यक्ष ध्रुवराज शर्मा अर्यालले रु २५ हजार, क्षेत्रपुर निवासी बन्धु समाजको आजिवन सदस्यहरु ऋषिकेश अर्यालले १२ हजार , गीतानगर निवासी लिला अर्याल र ओम प्रकास अर्यालले ,१०÷१० हजार ,१०० थान कुर्चि दिपक अर्याल क्षेत्रपुरबाट यसैगरी , घनश्याम अर्याल गैडाकोटबाट ५१ सय , हरिकला अर्याल माडी बाट ५१ सय ,लक्ष्मी प्रसाद अर्यालले साउन्डबक्स सौजन्य लगायतका सहयोग पनि गर्नुभएको छ ।
समाजका सचिव जनकबन्धु अर्यालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमला अर्यालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको सो कार्यक्रमको अध्यक्षता अध्यक्ष सोमनाथ अर्यालले गर्नुभएको थियो । बन्धु समाजको स्थापना २०६३ सालमा भएको थियो ।
हाल समाजमा हालसम्म चितवन नवलपरासीका ३१० अर्याल हरु आजिवन सदस्य नै रहेका छन् ।

प्रतिकृया दिनुहोस