माघ ३० गते सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा

काठमाडौं । यहि माघ ३० गते सोनाम ल्होसारको पर्वको अवसरमा सरकारले सार्वजानिक विदा दिने भएको छ ।

तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा देशभर सार्वजानिक विदा दिने भएको हो । यसअघि ल्होछारको अवसरमा दिईँदै आएको विदा ओली नेतृत्वकै सरकारले ३ वर्ष अघि कटौती गरेको थियो ।

तामाङ समुदायको नेतृत्व गर्ने नेपाल तामाङ घेदुङको बारम्बारको आग्रहपछि हिजो बसेको मन्त्रिपरिषदको विदा पुनः दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री दावा तामाङले जानकारी दिए । यो वर्ष तामाङ समुदायले २०५७ सोनाम ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् ।

कोभिडको जोखिम अझै कायम रहेकाले भर्चुअल माध्यमबाट कार्यक्रमहरु गर्ने र घरघरमा मनाउने तयारी गरेको नेपाल तामाङ घेदुङका कार्यवाहक अध्यक्ष कुमार घिसिङले जानकारी दिए । यो वर्ष मुसा वर्गलाई विदाई गरी गोरु वर्गको स्वागत गरिँदैछ।

प्रतिकृया दिनुहोस