माघ ३० गते सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा

काठमाडौं । यहि माघ ३० गते सोनाम ल्होसारको पर्वको अवसरमा सरकारले सार्वजानिक विदा दिने भएको छ ।

तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा देशभर सार्वजानिक विदा दिने भएको हो । यसअघि ल्होछारको अवसरमा दिईँदै आएको विदा ओली नेतृत्वकै सरकारले ३ वर्ष अघि कटौती गरेको थियो ।

तामाङ समुदायको नेतृत्व गर्ने नेपाल तामाङ घेदुङको बारम्बारको आग्रहपछि हिजो बसेको मन्त्रिपरिषदको विदा पुनः दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री दावा तामाङले जानकारी दिए । यो वर्ष तामाङ समुदायले २०५७ सोनाम ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् ।

कोभिडको जोखिम अझै कायम रहेकाले भर्चुअल माध्यमबाट कार्यक्रमहरु गर्ने र घरघरमा मनाउने तयारी गरेको नेपाल तामाङ घेदुङका कार्यवाहक अध्यक्ष कुमार घिसिङले जानकारी दिए । यो वर्ष मुसा वर्गलाई विदाई गरी गोरु वर्गको स्वागत गरिँदैछ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

केदारनाथ यात्रा लगातार तेस्रो दिन पनि स्थगित

भारतको उत्तराखण्डमा अवस्थित केदारनाथ पदयात्रा मार्गमा रहेको चिरबासा नजिकैको पहाडबाट लगातार ढुङ्गा...