आज मातातिर्थ और्शी , आमालाई सम्झदै सन्तानहरु

चितवन २८, वैशाख,
नेपालीहरु मनाउने विभिन्न सस्कृति, चाडपर्व मध्ये माता तिर्थ औसी पनि हो । यो पर्वका दिन नेपालीहरुले आफ्ना जन्मदिने कर्म दिने आमाहरुलाई सम्झने गर्दछन । उक्त दिन
आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्। आमा जीवित हुनेहरूले आमालाई मीठा-मीठा परिकार बनाएर ख्वाउँछन्,लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन्। आमा नहुनेहरू भने यस दिन काठमाडौंउपत्यका को पश्चिम दिशातर्फ थानकोट जानेबाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडकोफेदीमा रहेको चन्द्रागिरी नगरपालिका वडा नं।–६ थानकोट नजिकैको मातातीर्थ लगायतका धार्मिक तिर्थस्थलहरुमा जाने गर्दथे ।  मातातिर्थमा औशीको दिन मेला नै लाग्ने गर्दथ्यो । तर गत वर्ष र यस वर्ष भने वन्दावमातातिर्थ स्थल पनि शुनशान भएको छ ।नयाँ भेरियन्टसहितको कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमण बढ्दै गएपछि यसबाट बच्न मातातीर्थ मेला स्थगित गरिएको चन्द्रागिरी नगरपालिकाले जनाएको छ  । गतवर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी गरिएकाले मेला स्थगित गरिएको थियो । मातातीर्थको पोखरीमा पवित्रमनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शनपाइन्छ भन्ने विश्वास पनि छ। उक्त कुण्डमा हेर्दादिवंगत माता प्रसन्न भै दिएको आशीर्वादकोप्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुखभोग गर्न पाउँछन् भन्ने विश्वास छ। मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो।

मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित कथाअनुसार धेरै वर्षपहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो । एकदिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए ।

कथाअनुसार पहिलोचोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेहरूले औँसीको दिन मृत आमाहरू त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई त्यसको नाम मातातीर्थ राखे भन्ने भनाई रहेको छ । 



प्रतिकृया दिनुहोस