वटसावित्री व्रत तथा शनि जयन्ती भोली यसो गरे हुन्छ शनि दोष निवाारण ।

शनिदेवको पूजा एवं आराधना गर्नाले सम्पूर्ण शनिको ग्रहजन्य दुश्प्रभाव र अशुभफल नाश भई मनोवाञ्छित शुभफल मिल्ने शास्त्रीय कथन छ ।

वटसावित्री व्रत तथा शनि जयन्ती भोली ज्येष्ठ कृण्ण औसींको दिन परेको छ । यो दिन शनि भगवान तथा को विशेष पुजाआजा गर्ने गरिन्छ ।

यस दिन शनिलाई प्रसन्न पार्न सकेमा शनिको दोष निवारण हुने र शनि प्रसन्न भई संकटमुक्त भइने धार्मिक मान्यता छ ।

 भोली ज्येष्ठ कृण्ण औँशीमा बटसावित्री व्रत लिने चलन छ । यो व्रत कथा सावित्री र सत्यवान्को प्रेम कथामा आधारित छ । राजा अश्वपतिकी छोरी सावित्रीले जंगलमा बस्ने दृष्टिविहिन पिता दुमतसेनका पुत्र सत्यवान्लाई आफ्नो वर रोजेकी थिइन् ।

सत्यवान्सँग निस्वार्थ प्रेममा रहेकी सावित्रीले आफ्नो महलका सबै सुख त्याग गरी जंगलमा बस्न थालिन् । सत्यवान् दाउरा काट्ने क्रममा रुखमाथि घाइते भएपछि मृत्युका देवता यमराज सत्यवान्को प्राण हर्न आएका थिए । आफ्नो निस्वार्थ प्रेमको प्रभावमा सावित्रीले यमराजलाई पनि फिर्ता पठाउन सफल हुन्छिन् । सत्यवान्को जीवन रक्षार्थ सावित्रीले देखाएकी आशक्ति र आलाप दुवै आजसम्म पनि उदाहरणका रूपमा लिइन्छ ।

 ज्येष्ठ कृष्ण औँशीको दिन शनि जयन्तीको रूपमा मनाउने गरिन्छ । मानिन्छ कि यस दिन शनिदेवको पूजा एवं आराधना गर्नाले सम्पूर्ण शनिको ग्रहजन्य दुश्प्रभाव र अशुभफल नाश भई मनोवाञ्छित शुभफल मिल्ने शास्त्रीय कथन छ ।
जो जातक शनिको दुष्प्रभावले अनेकौं समस्या झेलिरहेका छन्, उनीहरूका लागि शनि जयन्ती कल्याणकारी अनि रामवाण सिद्ध हुन सक्छ । जसको जन्म कुन्डली, वर्ष कुन्डली, गोचरदशा, महादशा, अन्तरदशा, प्रत्यान्तरदशा, सुक्ष्मप्रत्यान्तरदशा, अढैया, साढ़ेसाती आदिमा शनिको कुदृष्टि भई अप्रिय फल एवम् आफ्नो भाग्यमा रोकावटका साथै अनेकन समस्याहरूबाट पीडित हुनेहरूलाई शनि जयन्तीका दिन शनिदेवलाई प्रशन्न पार्न सके मनोवाञ्छित फल मिल्ने शास्त्रोक्त कथन छ ।शनि जयन्तीका दिन शनिको उपासना एवम् बिभिन्न उपायका काम गर्नुपर्दछ
 यस शनि जयन्तीको दिन  दिन फलाम, निलम, तेल, सिसा, तिल, मास एवम् कालो वस्तुहरूको अधिपति शनिदेव रहेकै कारण उपरोक्त वस्तुहरू असहायहरूलाई दान गर्नाले शनिदेव प्रसन्न हुने विश्वास गरिन्छ । हनुमानजीको उपासना गर्नुहोस् ।

प्रतिकृया दिनुहोस