वागीश्वरी सामुहिक गौ पुजन एवं लक्ष्मी पूजा गरियो


वागीश्वरीधाम , कार्तिक ,१९ ।भरतपुर महानगर १ मा देवघाटधाम वागीश्वरी रहेको श्री वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रममा परिसरमा एक भव्य समारोहका विच सामुहिक गौ पुजन एवं लक्ष्मी पूजा गरिएको छ । आश्रममा द्वारा सञ्चालित श्री योगी नरहरिनाथ गौ संरक्षण को आयोजना भएको सो कार्यक्रम महेश सन्यास आश्रम देवघाटधामका का विठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजको प्रमुख आमन्त्रित्व एवम गोरक्ष पीठाधीश महन्त योगी श्रृषनाथस् महाराजको संरक्षकत्वमा सम्पन्न भएको छ । आश्रमले तीन दशक अघि देखि आश्रममा स्थानिय प्रजातिका लोपोन्मुख गाईहरुको संरक्षण गर्दे आएको छ । सो क्रममा प्रमुख अतिथि महाराजले गौ सेवाको महत्व अपार भएको बताउनु भयो । परिषदका अध्यक्ष शैलेन्द्र पियाको अध्यक्षतामा सम्पन्न समारोहमा देवघाट क्षेत्र विकास समिति अध्यक्ष वद्रि अधिकारी, पूर्व अध्यक्ष टंकनाथ पौडेल, परिषद्का , वरिष्ठ उपाध्याक्ष ,ईश्वरीप्रसाद खराल, महासचिव भोजराज भट्टराई लगायतले बोल्नुभएको थियो । सो केन्द्रमा हाल १५० भन्दा बढि गाईहरु सरंक्षित गरिएको छ । सो गाईका लागि पोषक आहार,पराल पनि दाताको सहयोगबाट आउने गरेको समितिका राम प्रसाद वस्तीले बताउनु भयो ।सो कार्यक्रमको सहजीकरण गौ समितिका सचिव यदुनाथ पोखरेल गर्नुभएको थियो । यसै गरि सो सन्र्द्रभमा सचिव यदुनाथ पोखरेल ले सचिव पदवाट दिनु भएको राजिनामा स्वीकृत गरि उक्त रिक्त स्थानमा सचिवमा श्री रामप्रसाद पोखरेल लाई मनोनयन गरिएको छ । केन्द्र विगत देखि नै सामुहिक गौ पूजन कार्यक्रम गरिदै आएको छ । स्थानिय प्रजातिका यस आश्रममा संरक्षित जुरो हुने गाईहरुको गहुत , गोबर, दुध अतिनै उपयोगी मानिन्छ ।

प्रतिकृया दिनुहोस