यो वर्ष वर्ष पनि देवघाटमा मकर सङ्क्रान्ति मेला नहुने

त्र विकास समितिले जिल्ला कोभीड -१९ व्यवस्थापन समिति, चितवनको निर्णय अनुसार माघे संक्रान्ति मेला २०७८ संचालनमा रोक लगाइएकोले

चितवन ।  यस वर्ष पनि पवित्र तीर्थस्थल त्रिवेणी देवघाटमा मकर सङ्क्रान्ति मेला नहुने भएको छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस पनि वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएको छ ।क्षेत्र विकास समितिले जिल्ला कोभीड -१९ व्यवस्थापन समिति, चितवनको निर्णय अनुसार माघे संक्रान्ति मेला २०७८ संचालनमा रोक लगाइएकोले सो निर्णय कार्यान्वयन का लागि सबैलाई अनुरोध गरेको छ ।  देवघाटमा माघे सङ्क्रान्तिका अवसरमा दुई दिनअघि देखिनै आएर मेला भर्ने प्रचलन छ । छिमेकी मुलुक भारत र नेपालभरिबाट भक्तजन यहाँ आउने गर्छन् ।    ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । भविष्य पुराण, विष्णुबचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घीउ, चाकु, तिलको लडडु, सागपात, तरुल खाइन्छ । उक्त्त दिन वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ ।   

प्रतिकृया दिनुहोस