यो वर्ष वर्ष पनि देवघाटमा मकर सङ्क्रान्ति मेला नहुने

त्र विकास समितिले जिल्ला कोभीड -१९ व्यवस्थापन समिति, चितवनको निर्णय अनुसार माघे संक्रान्ति मेला २०७८ संचालनमा रोक लगाइएकोले

चितवन ।  यस वर्ष पनि पवित्र तीर्थस्थल त्रिवेणी देवघाटमा मकर सङ्क्रान्ति मेला नहुने भएको छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस पनि वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएको छ ।क्षेत्र विकास समितिले जिल्ला कोभीड -१९ व्यवस्थापन समिति, चितवनको निर्णय अनुसार माघे संक्रान्ति मेला २०७८ संचालनमा रोक लगाइएकोले सो निर्णय कार्यान्वयन का लागि सबैलाई अनुरोध गरेको छ ।  देवघाटमा माघे सङ्क्रान्तिका अवसरमा दुई दिनअघि देखिनै आएर मेला भर्ने प्रचलन छ । छिमेकी मुलुक भारत र नेपालभरिबाट भक्तजन यहाँ आउने गर्छन् ।    ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । भविष्य पुराण, विष्णुबचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घीउ, चाकु, तिलको लडडु, सागपात, तरुल खाइन्छ । उक्त्त दिन वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ । 

पवित्र तीर्थस्थल देवघाट चितवन, नवलपरासी र तनहुँ जिल्लाको सङ्गमस्थलमा रहेको छ ।  देवघाटधाममा प्रसिद्ध कालीगण्डकी र त्रीशुली नदीको  सङ्गम रहेको छ । मकर मेलाका वेला देवघाटधाममा देवताहरुले भेला गर्ने र मकर स्रक्रान्तिका दिन व्रहम्मुर्हतमा देवताहरुले पनि मा नै स्नान गर्ने भन्ने मान्यता रहेको छ । यस दिन संगममा आएर स्नान गर्दा भगवानसगै स्नान गर्न पाहिने भन्ने मान्यताका अनुसार एकाविहानै देखि स्नान गर्नेहरुको भिड लाग्ने गर्दछ । टाढाबाट आउने भक्तहरु मसान्तीको दिन बेलुका ने देवघाट पुगेर वासँ वस्ने गर्दछन् । भजनकिर्तन गर्दे सवेरै स्नान गरि फर्कन्छन्  वराहपुराण, पद्मपुराण, स्कन्दपुराण आदिमा देवघाट क्षेत्रको महिमाबारे चर्चा गरिएको पाइन्छ । दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूलीसँगै सेती, मस्र्याङ्दी, दरौँदी, मादी,लगायत नदी पनि मिसिएर यहाँ आइपुग्छन् । माघेसङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, ठूली एकादशी, बालाचतुर्थी, ग्रहण ,  ग्रहणको बेला ,साउनको सोमवार , शिवरात्री लगायतका चाडपर्वमा यहाँ भक्तजनहरुको घुइचो लाग्ने गर्दछ ।कति भक्तजनहरु जीवनको उतरार्धमा देवघाटक्षेत्रमा नै आएर वस्ने गर्दछन् । यहाँ स्नान गर्नाले मोक्ष पाइने विश्वास पाहिन्छ ।देवघाट क्षेत्रमा पछिल्लो  समयमा सबैका लागि सस्कृत शिक्षा भन्ने अभियान अन्तरगत  समावेशी गुरुकुलहरु ,सञ्चालन गरिएका छन् । स्थानीय निकायहरुले पनि धार्मिक पयर्टन प्रवद्धनलाई जोड दिदै देवघाट क्षेत्रलाई महत्व दिइएको पाहिन्छ ।  

प्रतिकृया दिनुहोस