आज अचला सप्तमी अर्थात् रथ सप्तमी

यतिखेर सूर्य भगवान उत्तरायण हुनु भईरहनुभएको छ। उत्तरायण सुरु भइसकेपछि सूर्यको ऊर्जा र तेज ग्रहण गर्नका लागि धेरै विधान गरिन्छ । यिनै विधिहरू गरिने तिथिहरू मध्य अचला सप्तमी अर्थात् रथ सप्तमी र आरोग्य सप्तमीको विशेष महत्त्व रहन्छ ।आज
माघ शुक्ल पक्षको सप्तमी तिथि परेको छ। यस दिनलाई भगवान् सूर्यको पनि जन्म तिथिका रूपमा मान्ने गरिन्छ । यस दिन व्रत बस्ने र पूजा अर्चना गरेमा आरोग्य प्राप्त हुने, सन्तान सुख प्राप्त हुने र सकारात्मक ऊर्जा मिल्ने बताइन्छ ।
भगवान् सूर्यको सातै वटा घोडाहरू यस दिन वाट वहाँलाई विराजमान गराएर वर्ष दिन भरि चल्न सुरु गर्ने विश्वास गरिन्छ,माघ शुक्ल पक्षको सप्तमी तिथिमा पर्ने यस दिनलाई भगवान् सूर्यको पनि जन्म तिथिका रूपमा विश्वास गरिन्छ । यस दिन व्रत बस्ने र पूजा अर्चना गरेमा आरोग्य प्राप्त हुने, सन्तान सुख प्राप्त हुने र सकारात्मक ऊर्जा मिल्ने बताइन्छ । भगवान् सूर्यको सातै वटा घोडाहरू यस दिन वाट वहाँलाई विराजमान गराएर वर्ष दिन भरि चल्न सुरु गर्ने विश्वास गरिन्छ, यस कारणले पनि आजको तिथिलाई रथ सप्तमी भनिएको हुन सक्दछ ।

प्रतिकृया दिनुहोस