भरतपुरमा पहिलोपटक सामुहिक चौरासी पुजा

भरतपुर १० का नन्दमाया देवकोटा , भरतपुर ८ रुद्ध कुमारी कोइराला , शन्तमाया तामाङ, कपिलवस्तु वुद्धभुमी ७ गोपाल गिरीको आज सामुहिक चौरासीपुजा गरिएको हो


फागुन ५ ,शरदपुर चितवन
आफ्नो घरमा चौरासी पुजाको आयोजना गर्न नसकेकाहरु का लागि आज भरतपुरमा सामुहिक चौरासी पुजा लगाइएको छ । भरतुपर महानगरपालिका–९ मा रहेको शरदपुर ज्येष्ठ नागरिक मिलन केन्द्र र ब्राह्मण समाज नेपाल जिल्ला कार्यसमिति चितवन चौरासी पुजाको कार्यक्रम आयोजना गरेका हुन् ।  हिजो बुधवार परेको पुर्णीमा तिथी का दिन भरतपुर महानगरका ३ जना सगै कपिलवस्तुका १ गरि ४ जनाको सामुहिक चौरासी पुजा लगाइएको छ । भरतपुर १० का नन्दमाया देवकोटा , भरतपुर ८ रुद्ध कुमारी कोइराला , शन्तमाया तामाङ, कपिलवस्तु वुद्धभुमी ७ गोपाल गिरीको आज सामुहिक चौरासीपुजा गरिएको हो । पुजाँ सम्पन्न भए सगै आयोजक दुवै सस्थाले उहाँहरुलाई सम्मान समेत गरेको छ । ब्राह्मण समाज चितवनका सस्थापक अध्यक्ष कासीराम पौडेलले उहाँहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । चोरासी पुजा सम्पन्न भएसगै आफ्नो चौरासी पुजा गर्न पाएकोमा कपिलवस्तु वुद्धभुमी ७ का वर्ष ८३ का गोपाल गिरी सार्है प्रफूल्ल देखिनुभयो । २ छोरा र ३ छोरीका बुबा गिरीको कान्छी छोरी बिन्दु भट्टराईले सामुहिक चौरासी पुजाँसम्म ल्याउने प्रबन्ध गर्नुभएको थियो । उहाँले पनि चौरासी पुजा गर्ने बुवाको रहर पुरा गर्न पाएकोमा खुशी लागेको बताउनु भयो ।
मानव सेवा आश्रम शरदपुरमा वस्दै आउनुुभएको ८६ वर्षे सन्तमाया तामाङ पनि आज चौरासी पुजा गर्न पाएको सार्है खुशी हुनुभएको छ । चौरासी पुजाका लागि उहाँ हिवलचियरमा नै बसेर आश्रमका सहयोगीको साथमा पुजास्थल समाज भवनमा आउनु भएको थियो । पुजा समय भर नै उहाँ हिव्ल चियरमा नै बसेर सहयोगीको साहारामा पुजा गर्नु भएको थियो ।

तीन छोरी चार छोरा सन्तानको आमा उहाँ केहि वर्ष देखि आश्रममा आश्रित हुनुहुन्छ । हाम्रो समाजमा ज्येष्ठ नागरिकहरु जसले ८० वर्ष उमेर पार गर्नुभएको हुन्छ उहाँहरुका परिवारले यो पूजा गरिदिने प्रचलन छ । कतिको यो पुजा गर्ने ईच्छा हुन्छ । र परिवारले सो पुजा गरिदिने पनि गर्दछन् । तर कति परिवारहरुको मन हुदाहुदै पनि , आर्थिक अभाव, ठाउँ लगायतको ,असुविधाले त ,कति अस्हाय पनि हुने हुनाले चौरासी पुजा आयोजना गर्न सकेका हुदैनन् । यस्ता अवस्थाका लागि सामुहिक चौरासी पुजा कार्यक्रम आयोजनाको आवश्यकता रहेको भरतपुर ९ संगम टोल विकासका सल्लाहाकार एवं पूर्व अध्यक्ष देवराज सापकोटाले बताउनु भयो ।
सो सामुहिक चौरासी पुजा कार्यक्रमका प्रमुख पन्डित ,डाक्टर ,ज्योतिष दन्डपाणी उपाध्याय अर्यालले ८० वर्ष ८ महिना देखि चोरासी पुजा गर्न मिल्ने बताउनु भयो । उहाँले चौरासी पुजाको लागि १ हजार चन्द्रमाको दर्शन गरेको हुनुपर्नै शात्रिय मान्यता भएको पष्टाउनु भयो । उहाँका अनुसार ८० वर्ष ८ महिनामा ९ सय ६८ पूर्णीमा पर्ने र मलमासको ३२ पूर्णीमा सो वर्षसम्मको जोड्दा १ हजार पुर्णीमा हुन हुनाले ८० वर्ष ८ महिना पुगेपछि यो पुजा गर्न मिल्ने छ । कतिपयले ३२ मलमासको पूणिमा नमान्ने पनि गर्छन् । चौरासी पुजामा नवग्रह , २८ नक्षत्र लगायत भगवानहरु पूर्ण आयु दिनुभएकोमा धन्यवाद दिदै पुजाँसतआयुको अपेक्षाको पुजाँ गरिने गरिन्छ ।

चन्द्र दर्शन पूजा गरेपछि ८४ जुनीबाट छुट्कारा पाइने पुराणमा उल्लेख गरिएको भरतपुर महानगरपालिका–११ सोहि कार्यक्रममा सहभागी अर्का पण्डित शेखर शास्त्रीले बताउनु भयो ।
ब्राह्मण समाज नेपाल जिल्ला कार्यसमिति चितवनका अध्यक्ष रुद्रप्रसाद पौडेल समाजको सामाजीक कार्य अन्तरगत चौरासी पुजा कार्यक्रम आयोजना गरिएको बताउनु भयो । जेष्ठनागरिक लक्षित सो कार्यक्रमम गर्न पाएकोमा जेष्ठनागरिक मिलन केन्द्रका अध्यक्ष रेवतीरमण अधिकारीले पनि खुशी लागेको बताउनु भयो । कार्यक्रमा नै सहभागी समाज सचिव केशरी अधिकारी यस कार्यक्रमले समाजमा सकारात्मक संदेश दिने बताउदै अंोमकार परिवारमा पनि ममता बढ्ने बताउनु भयो । अध्यक्ष पौडेलले वर्षमा एक पटक १० जनाको सामूहिक निःशुल्क चौरासी पूजा गर्ने योजना समाजको रहेको समेत सो अवसरमा जाकारी गराउनु भयो । समाजले २०७६ सालमा भागवत यज्ञ गरेको थियो । सो यज्ञबाट संकलित रकमले १३ कोठाको सभा हल सहितको भवन निमार्ण सम्पन्न्न गरेको छ । आज सोहि भवनमा रहेको जेष्ठनागरिक सभाहलमा चौरासी पुजा गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस